banner
banner

राष्ट्रिय गानको मान कि मर्दन

शिव सिग्देल -
राष्ट्रिय गानमा राष्ट्र हुनुपर्छ । गानका आवाजले देशको माटो र झण्डा जुरुक्कै उचालेको हुनुपर्छ । राष्ट्रभावले भरिपूर्ण मनछुने खालको हुनुपर्छ र राष्ट्रवासीलाई देशप्रति आकर्षित पारेर जुरुक जुरुक पार्ने जोश र उत्साह थप्नसक्ने उर्जा हुनुपर्छ । गणतन्त्र नेपालको राष्ट्रिय गानमा त्यस्तो आकर्षण छ कि छैन, त्यो देशव्यापी बहसको विषय हो ।
जेजस्तो होस्, संविधान रहेसम्म र पद्धति चलेसम्म राष्ट्रिय गान यही हो र पुरानो राष्ट्रिय गानको चर्चा जरुरी छैन, नयाँ राष्ट्रिय गान चर्चाको विषय हो । मन परे वा नपरे पनि संविधानजस्तै बनेको छ यो राष्ट्रिय गान ।
राष्ट्रप्रति नतमस्तक, मरिहत्ते गर्ने कतिपयले यो राष्ट्रिय गानमा राष्ट्र नै देखिएन भन्ने पनि छन् । संविधानले यही राष्ट्रिय गान भनेपछि यसको मर्यादा पहिले सरकारले, अनि संविधान मान्नेहरुले राख्नुपर्छ ।
राष्ट्रिय गान सिनेमा सुरुहुनु पहिले, जुनसुकै कार्यक्रममा राष्ट्रिय गान बजाउनुपर्ने, अव त पशुपतिको आरती पहिले राष्ट्रियगान बजाउने भनिदैछ, कतै मरेको शव उठाउन, आर्यघाटमा आगो लगाउनु अघि पनि राष्ट्रिय गान बजाउने उर्दी आउन बेर छैन ।
राष्ट्रियगान स्कूलमा ठिक छ, राष्ट्रियगान नागरिकले गाउँदै हिड्ने खालको होस् न, तव राष्ट्रिय गान । थोपेरेर सुन्ने सुनाउने राष्ट्रिय गान भनेको यो त मान मर्दन भएन र ? प्रम भन्छन्– विकास र सफलताको मूल फुटेको छ, राष्ट्रिय गानको मान मर्दन पनि सफलताको मूल फुटेको होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper