banner
banner

बुझ्न सके हिन्दुधर्म महान छ

दीर्घराज प्रसाई– शंकराचार्यले बौद्ध ग्रन्थ डडाई दिएका थिए भनेर अफवाह फैलाइयो । तर बौद्ध भिक्षुक–भिक्षुणीहरु सन्यासी र गृहस्थी आश्रमको एकीन नभइञ्जेलसम्मको लागि बौद्ध ग्रन्थहरु संरक्षणको लागि पशुपतिनाथमा राख्न शंकराचार्यले आदेश गरेका थिए । बौद्ध धर्मले सन्यासी र गृहस्थी दुईटा बाटा लिएपछि विश्वमा नैं ठूलो प्रभाव पार्न सकेको हो । तर परचक्रीहरुले शंकराचार्यले बौद्ध ग्रन्थ नष्ट गरेका र बौद्धहरु मारेको कपोलकल्पित, मनगणन्ते कुरा लेखेर वदनाम गर्न खोजेको कुरा अहिले हामी सत्य ठान्दैछौं, जुन सरासर झूठा हुन् ।
परचक्रीहरुको खेल कस्तो हुन्छ भन्ने कुरा भारतको गोवामा हिन्दु र बौद्धका मूर्तिहरुका हात, टाउका, कुण्डल सबै काटिएका छन् जुन अहिले पनि हेर्न पाइन्छ । आजभोलि ‘कलियुगका देवता’ भनेर पर्यटकहरुलाई भनिदो रहेछ । नेपालमा पनि अहिले कुचक्रीहरुको प्रयासमा राष्ट्रिय एकताका आधार स्तम्भहरु लगायत नेपालको राजसंस्था, धर्म संस्कृतिलाई नकारात्मक बनाउने दुस्प्रयास भइरहेको छ ।
नेपालमा यस्ता भ्रामक कुतर्कहरु प्रस्तुत गरेर हिन्दु र बौद्ध, विभिन्न जातजातिहरुबीचमा वैमनुष्यता पैदा गराएर धर्र्मिनरपेक्षतालाई लाद्न खोजेको झैं नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रका मून्य र मान्यता समाप्त गर्न लागेको अवस्थामा हामी सचेत हुन आवश्यक छ । राजाबाट प्रधानमन्त्री नपाएको झवा“कमा विदेशीहरुलाई गुहार्दै, कांग्रेस, एमाले लगायत माओवादीलाई समेत सत्ताको मोह देखाएर जनतालाई आन्दोलनमा भिडाइएका हो । माओवादी पनि कांग्रेस, एमालेको का“धमा चढेर भ्रष्टहरुको हतियार बनेर फसिसकेका छन् । मोहनशम्सेरलाई तर्साएर सन् १९५०को असमान सन्धि र दिल्ली सम्झौता गराएको जस्तो माओवादीलाई १२ बु“दे सहमतिमा हस्ताक्षर गराएर ‘न घर न घाट’ को बनाएको कुरा छर्लङ्ग छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper