banner
banner

निशान छाप नै अशुद्ध किन ?

बुद्धिनारायण श्रेष्ठ ः हाम्रो संविधानको अनुसुची घ मा अंकित निशाना छापमा राखिएको नेपालको नक्सा अनुसार नेपालको ३७२ वर्र्गिकलोमिटर भूभाग गुमेको छ । किन यस्तो हुन पुग्यो ? यो विषयमा गम्भीरता आवश्यक छ ।
तत्कालीन ६ सय १ सभासदमध्ये कसैको पनि ध्यान यस नक्सामा नपर्नु ठूलो लापर्वाही हो । संविधानको कुनै पनि पानामा नेपालको शुद्ध नक्सा नहालिनु पनि त्यत्तिकै लापर्वाही हो । वास्तवमा नेपालको नक्सा संविधान पुस्तकको आवरण पृष्ठमा राखिनु पर्ने हो । कुनै पृष्ठमा पनि नराखिनु लापरवाही नै हो । राखिएन, यति नभए पनि संविधानको अनुसुचीमा समेत राखिएन, ठूलो त्रुटी हो ।
मेरो प्रश्न छ– अनुसुची–१ मा नेपालको राष्ट्रिय झण्डाको फोटोसहित वनावट वर्णन राख्न हुने । तर नेपालको नक्सा समावेश गर्न किन नहुने ?
 किनकि नेपाल ७५ जिल्लाबाट ७७ जिल्ला तथा ७ प्रदेशमा विभाजन गरिएकोले त संविधानको पानामा नक्सा हाल्नु झन अपरिहार्य न हुनुपर्ने हो । जो जसको जस्तो लापर्वाहीले गल्ती भए तापनि अब संविधान संशोधन हुँदा नक्सा संलग्न गराउनै पर्छ । सरकारले चलनचल्तीमा रहेका अशुद्ध नक्सालाई शुद्ध नक्साले प्रतिस्थापन गर्नैपर्छ । अशुद्ध नक्सा बोक्नु देशभक्तिपूर्ण हुनसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper