banner
banner

यस्ता प्रश्नको के जवाफ हुन्छ ?

स्वयम्भुनाथ कार्की -
एउटा सन्तानले कुनै वेला आङ्खनो बाबुआमा सामुन्ने गएर यत्रा बर्षमा तिमीहरुले मेरा निमित्त के ग¥यौ र,  तिमीहरुले केवल मलाई दुव्यवहार ग¥यौ, मेरो शोषण ग¥यौ भनेर भन्यो भने ती बाबुआमासंग यसको के जवाफ होला त ? जवाफ भएर पनि ती बाबुआमा नाजवाफ भएर चुपचाप सन्तानको त्यो लान्छना सहन वाध्य हुन्छन । उनीहरु हामीले तिमीलाई जन्मायौ भन्न सक्दैनन् , तिम्रो पालन पोषण ग¥यौ भन्न पनि सक्दैनन, यहासम्म कि तिमीलाई शिक्षा दिक्षा दियौ वा दिलायौ भनेर पनि भन्न सक्दैन । 
यसको अर्थ यो हैन कि बाबुआमाले त्यो सन्तान जन्माएकै होईनन, पालन पोषण गरेका थिएनन वा शिक्षादिक्षा  दिएका होईनन । यति हुूदा हुदै पनि यी प्रश्नहरु अनुत्तरित हुनुको कारण वास्तवमा यी प्रश्न होईनन लान्छना हुन् । कुनै पनि जवाफको प्रमाण मागिने छ अनि कसैले पनि भोली प्रमाण दिनु पर्ला भनेर सन्तान उत्पादनदेखि खुट्टा टेकाउनेसम्मको काम गर्दा साूक्षी प्रमाण राख्दैन वा सन्तानको सामुन्ने साूक्षी प्रमाण पेश गर्दैन । अनि भोली यो प्रमाण पेश गरेर सन्तानसंग आङ्खनो योगदानको कदर मागुूला भनेर सन्तानको भरण पोषण गर्दैनन् ।
यदि बाबुआमाले नानी तिमीलाई हामीले जन्म दियौं भनेमा सन्ताले फर्काउने ओठे जवाफ उनीहरुलाई राम्ररी थाहा छ । त्यो सन्तालले भन्ने छ ‘के मैले तिमीहरुलाई मलाई जन्माई देउ भनेर दरखास्त हालेको थिएँ र ? मलाई जन्माउने तिमीहरुको आशय थिएन । म त केवल तिमीहरुको यौनावेगको शिकार हुँ ।’ त्यसैले यो अर्को लान्छना सुन्नु भन्दा बरु चुपचाप पहिलेकै लान्छना सहनु बाबुआमाको बाध्यता हो । 
तिम्रो पालन पोषण ग¥यौ भनेर भन्यो भने पनि अर्को ओठे जवाफ तैयार नै हुने छ । ‘के को पालन पोषण नी मेरै उमेरको फलाना हेर त, उसँग के छैन ? कस्ताकस्ता राम्रा पोशाक लगाउँछ, कस्तो मिठो खान्छ । उसको बोली भुइमा झर्न पाएको छैन उसका बाबुआमाले त्यो वस्तु तुरन्त दिन्छन । तिमीहरुले मलाई गरिवी ,अभाव वाहेक के दियौ र पालन पोषणको धक्कु लगाउूछौ । जे ग¥यो गाल टार्न र हाम्रो पनि सन्तान छ भनेर अरुलाई देखाउन ज्यानसम्म धानेका हौ ।’ 
त्यसैले यस्ता प्रशहरुको जवाफ दिईदैन । आङ्खना शुरुवाती कुरामा बाबुआमा मौन रहेपछि त्यो सन्तान आफुमाथि बाबुआमाले अन्याय गरेकै भनेर अझ उग्र हुन्छ । आफ्ना दाजु दिदी वा भाई बहिनीसँग र आफुसँग बाबुआमाले गरेको व्यवहारमा भेदभाव देख्न थाल्दछ । विद्रोह जन्मन्छ, त्यो सन्तान क्रान्तिकारी हुनपुग्छ । त्यस्तालाई उकास्ने प्रसस्त जोरेीपारी हुन्छन् । बालकालमा त तूलाई तेरा बाबुआमाले यस्तो गर्दथे उस्तो गर्दथे भनेर उकास्छन । संभव छ कसैकसैले त तू ती बाबुआमाको सन्तान नै होईनस फलान वा चिलानाबाट तँलाई ल्याएको भनेर समेत भन्लान । कुनै किस्सा कहानी गढेर त्यस कुराको प्रमाण भनेर सुनाउलान पनि । उसको बाबुआमासंग विद्रोह गर्ने साहसको पशंसा पनि गर्लान । तर कालान्तर र उ आपैm बाबुआमाको भुमिकामा पुग्नेछ उसंग पनि उसका सन्तालले त्यही प्रश्न सोध्ने छन त्यसवेला उसले पनि आङ्खना बाबुआमा जस्तै नाजवाफ हुनुपर्ने छ । आजको नेपालमा यही भईरहेको छ , देशलाई गाली गरेर, विगतको उछित्तो काढेर क्रान्तिकारी बन्ने धुन सवार भएको छ । संगसंगै भएको अरु राष्ट्रहरु कहाँको कहाँ पुगिसके तर विगतकाले शोषण, दमन, उत्पिडन गर्नाले मुलुक चरम गरिवीमा छ भन्ने स्वरहरु नेपाल निर्माण ताकाका वैरीहरुले उकास्दैछन । दमन वा उत्पिडन नै थिएन भन्न विल्कुलै खोजिएको हैन । समकालन इतिहासमा विश्व खोज्ने हो भने सर्वत्र दमन उत्पिडनको युग आएकै थियो । काँही कम वा काँही ज्यादा दमन उत्पिडन भएकै हो । अफ्रिकी मुलुकहरुवाट हव्सीहरुलाई पशुसरह बाँधेर ल्याएर लिभरपुलमा पशु हटिया सरह दास हटिया लागेकै हो । जुन वेला यतातिर वेलावेलामा महिलाहरुले प्रत्यक्ष वा परोक्षरुपमा शासन सम्हाल्दै थिए त्यतिखेर अमेरिकातिर महिलालाई मतदानको अधिकार पनि थिएन । 
श्रीलंकामा लामो द्वन्दको विचमा पनि अर्थिकमन्दी भएन, भियतनामले अमेरिकासँग युद्ध लड्दा लड्दै पनि प्रगति गुमाएन । नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भनिएको वहुदलीय व्यबस्था पुनः कायम भएपछि जन्मेकाहरु पनि सन्तानका बाबुआमा भइसके । गणतन्त्र भनेर राजालाई पाखा लगाए पछि जन्मेकाहरु स्कुल जान थालिसके, इन्रटरनेटमा संसार घुम्नथाली सके । अब राजतन्त्रले शोषण गरेर नेपाल विपन्न भएको भनेर मात्र काम चल्दैन, अब राजतन्त्रको बदला काम वा शोषण गर्ने स्थानमा तिनै छन्, जसले राजतन्त्रलाई निरंकुश, सामन्ती भन्ने गर्दथे । यो प्रश्न उनीहरुलाई नै आउने समय भइसक्या– के दियौ त ? संक्रमणकाल, अस्थिरताको कुरा गर्ने हो भने यो धेरै अस्थिर भएका मुलुकमा प्रगति भइरहेको छ । नेपालको इतिहासमा सबैभन्दा लामो स्थिरता भएको अवधीलाई अहिलेको अस्थिरताले अवधीले जित्न लागिसक्यो । अस्थिरता भनेर राजतन्त्रले धर पाएन भने अहिलेकाले पनि धर पाउन्न ।
हिजोका सत्ताधारीहरुलाई गाली गर्नेको जमात अहिले आपैm त्योभन्दा ठूलो गाली खाने संघारमा पुगेको छ । झण्डै तीस वर्षमा नेताहरुले जनता र मुलुकलाई के दिए । भोकमरीको चपेटामा परेर तन्नम् भएको मुलुक इथोपियाले नेपालीलाई रोजगार दिएको छ भने खै नेपालीलाई नेपालमा रोजगार ? जनताले पाल्न नसक्ने आसेपासेको फौजको भार बोकाएर उपलव्धीको ढ्वाङ पिटदै गर्दा जनतालाई के फाइदा भयो सोच्नुपर्दैन र ? गरिव र धनी विचको कहालीलाग्दो चौडा खाल्टो वर्तमान सत्ताको शोषणले पैदा गरेको हो भनेर अव जनताले बुभ्mन थालिसकेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper