banner
banner

एयरपोर्टको सामुन्ने होङ्सी सिमेन्ट

पदम हमाल -
एउटा पर्यटक नेपाल किन आउँछ ? के हेर्न आउँछ ? के गर्न आउँछ ? पर्यटक आउनुका कारणहरु बुझेर पर्यटकको मन जित्ने खालका आकर्षणहरुमा, सुविधा र सुरक्षामा राष्ट्रले नीति र व्यवहार निर्माण गर्नुपर्छ ।
पर्यटक जब एयरपोर्टमा झर्छ र छिर्छ, फोहर ट्वाइलेट देखेरै दिक्क हुन्छ । जब बाहिर निस्कन्छ, टेक्सीवालाले हटारु तानेजसरी टेक्सीले तान्ने प्रवृत्तिबाटझन दिक्क हुन्छ । जथाभावी थुक्ने, अनुशासनहीन र कोर्काली व्यवहार देखेर पर्यटकको मनस्थितिमा नेपालको गलत प्रभाव पर्न थाल्छ । यतिमात्र होइन, एयरपोर्टबाट बाहिर निस्कनासाथ उसले होङ्सी सिमेन्टको बोर्ड देख्छ र जिल्ल पर्छ ।
के नेपालले देखाउन खोजेको होङ्सी सिमेन्ट हो । के हेर्छ एयरपोर्ट अथोरिटी, के गर्छ पर्यटन विकास बोर्ड, पर्यटन मन्त्रालय ? सामान्य ज्ञान पनि देखिन्न ।
कूटनीति र पर्यटनमा भनिन्छ– स्मल थिङ्स काउण्ट । यी परिदृश्य तिनै स्मल थिङ्स हुन् जसले नेपालको पर्यटन उद्यमबारे नाङ्गोपन देखाउँछ ।
देखाउनु पर्ने के के छन्, छन् । के छैन नेपालमा ? धार्मिक, सांस्कृतिक, प्राकृतिक, बुद्ध, सगरमाथामात्र होइन, नेपाली सादगी र स्वागत गर्ने तरिका । अहा, पर्यटक लोभ्याउन सकिन्थ्यो । नराम्रो छाप पारेर नेपाल भित्रिसकेका पर्यटकहरुलाई समेत बसुँ बसुँ लाग्नु साटो भगाउने उपक्रम चलिरहेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper