banner
banner

महामहिमको सहयोग

Ambassador Hou Yanqi – Nepal in my mind Best wishes for the successful 2020 Visit Nepal Year. । हाउ याङ्की, नेपालका लागि चिनियाँ महामहिम राजदूतको फोटो हो यो । नेपाल भ्रमणवर्षलाई सफल पार्न कुनै पनि नेपाली नेताहरुले नगरेको काम उनले गरिदिएकी छिन् । नेपालमा हेनैपर्ने विश्व आकर्षणमा बौद्ध पनि हो भन्ने सन्देश सहित महामहिम राजदूतले यो फोटो सार्वजनिक गरेकी हुन् ।
नेपाल बुद्धको जन्मथलो । बाँैद्ध त यति आकर्षक देखिन्छ भने लुम्बिनी कति आकर्षक होला ? धन्यवाद महामहिम राजदूत हाउ । यसरी नेपालस्थित सबै राजदूत र कूटनीतिज्ञहरुले नेपाल भ्रमणवर्षलाई सम्झना गर्ने र प्रचारमा सघाउने हो भने नेपाल भ्रमण वर्ष २०२० सफल हुनसक्छ । २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्य छ ।
नेपाल पर्यटन बोर्ड आइफाजस्तो नचाहिने काममा पैसा खर्च गर्न तम्सेको थियो । अहिले पनि बालुवामा पानी हालेसरह नचाहिने कार्यमा खर्च गरिरहेको छ । नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउने हो भने नेपालका सबै मित्रराष्ट्रहरुलाई यसरी नै सदुपयोग गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper