banner
banner

सबै जिल्लामा सैनिक स्कूल खुल्ने

काठमाडौं । नेपाली सेनाले सबै प्रदेशहरुमा सैनिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपाली सेनामा रहेको ३८ अर्वभन्दा बढी रकमको व्याजले सैनिक परिवारका लागि कल्याणकारी योजना कार्यान्वयन गर्दै आएको छ र यही योजनाको एक अंश हुनेछ, सबै प्रदेशहरुमा सैनिक विद्यालय ।
नेपाली सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा विद्यालय खोल्ने योजना रहेको खुलासा पनि गरेको छ । निर्देशनालयले कोष अन्तर्गत सञ्चालित विद्यालय, महाविद्यालयहरुको गुणस्तर अत्यन्त राम्रो भएकाले जनमाँग अनुसार सेनाले शिक्षामा लगानी बढाएको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper