banner
banner

राजावादी, राजसंस्थावादी शव्दको खेल

स्वयम्भुनाथ कार्की -
प्रशिद्ध अंग्रेजी नाटककार विलियम शेक्सपियरको भनाई छ ‘जे नाम दिए पनि गुलाव गुलाव नै हो’ । पूर्वीय सनातनमा अनगिन्ति आस्था प्रतिकहरु छन । नदी, रुख, सिमे, भुमे आदि देखि लिएर देवता, वायु, भगवानहरु, भगवतीहरु  तर पनि नाम जे भए पनि आखिर एकै हुन् भन्ने मान्यता छ । वेलावेलामा धुर्तहरु यस्ता मान्यताहरु चर्काउने गर्दछन् । अआङ्खनो वर्चश्व कायम गरेर अनुयायीको रुपमा गिरोह बनाउन यसरी टुत्र्mयाउनै पर्ने हुन्छ । यो फुटाउ र राजगर भन्ने सिद्धान्तको प्रयोग हो । दन्त्य कथाको छट्टु स्यालले भैm काल्पनिक हौवा खडा गरेर भ्रमित गर्न यस्तै शव्दको खेल खेल्नुपर्ने हुन्छ, जो सफलता पुर्वक खेलिदै छ । 
प्रजातन्त्र र लोकतन्त्र भन्ने शव्द प्रयोग गरियो । दुवैलाई अन्य भाषामा अनुवाद गर्ने हो भने दुई शव्द छैन एकै शव्द छ । नेपालीमा मात्र कसरी फरक अर्थ भयो ? हास्यास्पद तर्क छ प्रजातन्त्रको प्रजा शव्दमा राजाको प्रजाभन्ने अर्थ आयोअरे । त्यसो हो भने लोकको अर्थ के हो त ? नेपालमा वहुसंख्यक नेपालीले हरेक बर्ष १ महिनासम्म लिने वर्त हो श्री स्वस्थानी । यो स्वस्थानी नेपालको मौलिक हो, नेपाली वाहेक अरुले यो वर्त लिएको वा यसवारेमा जानकारी राखेको पाउन कठिन छ । यसको कथामा लोक शव्द प्रयोग भएको छ, अनि यसको कथामा कतै गणतन्त्रको उल्लेख भएको पनि छैन । अर्थात नेपाली भाषमा प्रजालाई नै लोक भनिन्छ । तर नेपालमा प्रजातन्त्रलाई लोकतन्त्र नामाकरण गरेदेखि यो नेतातन्त्र भएको छ, दलतन्त्र भएको छ । 
राजा पाखा लगाए पछि अर्थात नेपालको राजसंस्थामा ग्रहण लागेदेखि केही चमेरा प्रवृत्तिका राजनैतिक नेताहरु जतापनि ठिक भन्ने स्वभाव देखाउन थालेका छन । चमेरा किन भने त्यो मात्र एक्लो यस्तो प्राणी हो जो चरा भैm उडन सक्छ र स्तनपायी जस्तै स्तन हुन्छ । चुच्चो हुन्न दाँत हुन्छ । भनिन्छ जनावर र पंछी युद्धमा जव जनावर देखिनु पर्छ स्तन र दात देखाएर म त तिमीहरु कै साख्यै हुँ भन्थो अरे । जव पंछी हुनुपर्छ पंखेटा देखाएर म त तिमीहरु कै साख्यै हुँ भन्थ्यो अरे । एक दिन भेद खुलेछ, त्यसपछि न जनावरले लिए न पंछीले अनि अध्यारो गुफामा उल्टो झुण्डेर वस्नु परेको अरे । त्यस्तै चमेरे प्रवृत्तिमा यो राजावादी र राजसंस्थावादी शव्द प्रयोग भएको छ ।
वास्तवमा भन्ने हो भने राजा वा राजसंस्थाको कुनै वाद हुन्न, हुनपनि हुन्न । राजा वा राजसंस्थाको निमित्त सबै बरावरी हुन्छ । तर सबैको निमित्त सहृदय भने हुन्न , कारण राजा वा राजसंस्थाले राष्ट्रमा थिति व्यवस्था कायम राख्न दण्ड र पुरष्कारको नीति लिनुपर्छ । यसमा राजा वा राजसंस्थाले आफ्नो पराई भन्दैन गलती गरे दण्ड र राम्रो गरे पुरष्कार । राम्रोमा हाम्रो खोज्दैन, नराम्रोमा विरोधी खोज्दैन । अनि सहृदयताको नाममा सबैलाई एकै व्यवहार गर्नलाई राजा वा राजसंस्था महात्मा हैन । तर आफुलाई राजावादी वा राजसंस्थावादी भन्नेहरु यो कुरामा आस्था राख्ने भने हुन् । राजावादी वा राजसंस्थावादी भएको पुरष्कार वा विषेश व्यवहार खोज्नेहरु भने त्यो ढोंगी हो ।
राजा र राजसंस्था अलग हुन भनेर भन्नेहरु वास्तवमा चमेरा जस्तै हुन । कुनवेला कता फाइदा देख्छन त्यता लाग्न तम्तैयार । राजा र राजसंस्था अलग गर्न सकिने विषय नै होईनन । किनभने राजसंस्था एक अवधारणा हो, त्यो अवधारणाको कुनै स्वरुप हुन्न । राजा त्यसको स्वरुप हो तर राजाको अवधारणा हुन्न । राजसस्था आत्मा हो र राजा त्यो आत्मा बस्ने शरीर हो । आत्मा र शरिर छुट्याएपछि न आत्मा त्यहा रहन्छ न शरिरको नै कुनै अस्तित्व रहन्छ । यसरी राजा र राजसंस्था अलग हैनन बरु एक अर्काको परिपुरक हुन् । कि त राजा वा राजसंस्थाको अवधारणाको विपरित जानु प¥यो जो नेपालको वर्तमान व्यवस्था हो । कि राजा वा राजसंस्थामा आस्था राख्नु प¥यो । राजसंस्थावादी हुने राजावादी नहुने राजावादी हुने राजसंस्थावादी नहुने पाखण्ड भने स्विकार योग्य कुरा हैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper