banner
banner

कमैया अझै कहरमा छन्

पदम हमाल-
राजनीतिमा विदेशी कमैयाहरुको बिगबिगी भएका कारण स्वदेशी कमैयाको बिल्लीबाठ व्यवस्थित हुनसकेन । राजनीतिमा लाग्नेहरुले कमैया बनेर लुट्ने क्रम सुरु गरेकाले देश नै कमैयाको जस्तो हालतमा पुगेको छ । जब देशको नेतृत्व गर्छु भन्नेहरुले आफूलाई कमैयाभन्दा माथि उठाएर स्वाधीन र सार्वभौम राख्न सकेनन्, स्वदेशी कमैयाहरुको बेहाल हुनु स्वभावि हो, हालत यस्तै छ ।
कमैया भनेको दास नै हो । मालिकको अह्रोटमा चल्ने, मालिकको सेवा गर्ने, स्वविवेक बन्धक राख्नुपर्ने, स्वतन्त्र निर्णय केही पनि गर्न नसक्ने ।
पश्चिमका ५ जिल्ला कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा कमैया थिए, तिनलाई मुक्त गर्ने निर्णय २०५७ साल साउन ३ गते गरियो । १९ वर्षमा तिनको हालत सुध्रियो त ? यो प्रश्नको जवाफ सकारात्मक रहेन ।
सरकारले कमैयालाई पुनस्र्थापना गर्ने कार्य सुरु गरेको हो । यो कार्य कहिले सम्पन्न हुन्छ, सरकारलाई नै थाहा छैन । जसरी सुकुम्बासी समस्या कहिल्यै समाधान भएन, राजनीतिक स्वार्थका कारणले कमैया समस्या समस्या नै रह्यो ।
मुक्त कमैया आज पनि शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीको समस्याको चपेटमा छन् । कतिपय अझै राज्यको कमैया सूचीमा छैनन्, भएकाले पनि राहत पाउन सकेनन् । ८ हजार ३ सय ७३ ले जग्गा पाए, अझै जग्गा पाउनुपर्छ भन्ने कमैयाको सूची लामो छ । कमैयाको अध्ययन गरिरहेको स्रोत भन्छ, राजनीतिक कार्यकर्तालाई समेत कमैया बनाएर हजारौं कमैया तैयार गरिदा वास्तविक कमैया मर्कामा परेका छन् । राजनीतिक बर्ग विदेशीका कमैयाको चरित्रमा भएकाले स्वदेशका सिमान्तकृत कमैया पीडामा बस्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper