banner
banner

तीज महिला चाड कि बिकृति ?

देवी काफ्ले -
नेपाली महिलाहरूको मौलिक चाड तीज, हरितालिका ।
कृष्णजन्माष्टमी देखी चेली लिन जाने ल्याउने चलन पुरानो हो । तीजको महिनामा तल फांटमा राता सारी चोलोमा सजिएर हिंडेका चेलीहरू देख्दा खुशीको सिमा हुंदैनथ्यो । सबैका छोरी तीज मान्न आइसके हाम्री छोरी कैले आउँछे भनेर आमाहरू ढोकाको छेऊमा पर्खी बस्नुहुन्थ्यो । अनि जुरुक्क उठेर बाबु दिदी लिन जा भनेर आदेश दिनुहुन्थ्यो । उता छोरी कैले माइतबाट बाबा, भाई लिन आउंछन् भनेर कुर्थिन् ।घांस काट्दा पनि सधैंको भन्दा धेरै काटेर आफू माइत बस्ने बेलासम्मलाई पु¥याएर बस्थिन् । घरमा सासुले माइत नपठाउने हुन् की ? यसपाली पनि माइत जान पाउंदिन की भन्ने त्रासले मुटु खान्थ्यो । बिदेशमा भयका लोग्नेको मायाले घरमा सासुको कटाक्ष,नन्द आमाजुको दुर्वचनलाई सहन सहयोग पु¥याउँथ्यो तथापि माइत जाउँला बा आमासंग बसेर सबै दुख पोखौंला भनेर बसेका चेलीलाई जब भाई लिन पुग्थ्यो खुशीको सिमा हुदैनथ्यो ।
भाईको अगाडी पनि सासु झर्कंदा माइत जान पाइन्न की भनेर चुपचाप लागेर रातो सारी, तिलहरी, हातमा चुरा ,बिहेका गहना लगाएर भाईको अगाडी लाग्थिन् । उडेर पुगौं की बुडेर पुगौं हुन्थ्यो । माइतीघर मुनी पुग्दा संगीसाथीहरूले राम्रा गहना, नयां सारी लाउने होलान् मेरो उनीहरूको भन्दा नराम्रो भयो भने घर राम्रो परेनछ भनेर कुरा काट्छन् की भन्ने त्रास हुन्थ्यो ।
आंगनमा पुग्दा आमा खुशीले दगुर्दै स्वागत गर्न आउनुहुन्थ्यो । पिढींमा बसेर बाआमासंग बर्षभरी भोगेका दुख सुखका बारेमा छलफल हुन्थ्यो ।आमाले छोरी आउंछे भनेर बनाएको अर्नी खाएपछी साथीसंगी भेट्न गाऊंभरी डुल्थिन् । तल ठूलाबा, माथी साइंलाबा, पल्तीर फुपू सबैका घरमा सन्चो बिसन्चो सोध्न दौडन्थिन् । बेलुका पल्तीर गीत गाउन आंगनमा गाऊंभरीका दाजुभाई, दिदीबैनी, आमा, हजुर आमा, भाउजु,बुहारी सबै जम्मा हुन्थे ।
अनि गित गाउन शुरू हुन्थ्यो । फुपूले सबैजनाको लागि खिर, चिचिण्डोको तरकारी,करेलो र भेडरीको अचार बनाउनु हुन्थ्यो ।गीत गाउँदै खांदै आहा ।
भोली फेरी माथी दाईकहाँ गीत गाऊन जम्मा हुने त्यसरी नै खाने यसैगरी गामभरीका सबैघरमा खाने गाउने नाच्ने रमाइलो गर्थे ।
बर्र्षिदनभरी आंफूले भोगेका दुःखसुखलाई गीत मार्फत् व्यक्त गरिन्थ्यो । चेलीहरू आफ्ना बेदना यसरी पोख्थे ।
शरीरमा खुन छैन लेकखरी जुकाले 
कस्तो ठाउँमा दिनु भयो बाबा रुखाले ।
कम्मर झर्ने कपालु छैन चिसो पानीले 
कस्तो घरमा दिनु भयो आमा रानीले ।
अनि छोरीले घर रूचाएकी छैन भन्ने लाग्थ्यो ।
मनोरन्जन भनेकै तीजमा गीत गाउनु,रमाइलो मेला जानु हुन्थ्यो । त्यसैले सकेको बेदनाको पोको खोल्ने दिन नै तीज हुन्थ्यो । हजुर आमाहरूले पनि आफ्ना पालाका गीत मजाले गाइदिनुहुन्थ्यो ।          
हेर दिदैसुन्तला गेडी
टीप बैनै खाई जाम्ला
बन्दिपुरे त्यो उकालीमा 
हाककस्तैखेल्दै गैजाम्ला 
लेउन दिदै स्याककइ र खुर्पा
काटबैनै खाइजाम्ला । 
   ओहो कस्तो रमाइलो तीज ।
तर आजको तीज तीज जस्तो लाग्न छोडेको छ । कसैले मुखले गाएको सुन्न छोडियो । जताततै अडियो बजेको छ ।जेठ देखि नै तीजका गीत घन्केका छन् ।न त चेलीलाई माइतको रहर छ न त बाआमाको छोरी बोलाएर खुवाउने रहरको मान्यता नै छ । गीत जति कलाकारले गाइदिएका छन् । त्यो पनि दुई महिना अगाडीबाट । माइत गयर आमाले पकाएको कुहिनोबाट घिऊ चुहिने खाजा,खीर,घिरौंलाको तरकारी, आलुतामाको अचार,करेलो र भेंडरीको अचार अहिलेको पार्टीप्यालेसको रोष्ट,मटन चिली, रेड वाइन, बियर र हार्ड ड्रिंक्सले नराम्रोसंग बिस्थापित भएको छ । एक कल फोनबाट निम्ता दिने एकमहिना अगाडी नै आफ्ना चेलीबेटी एकछाक खान बोलाउने र छुट्कारा लिने अनि पार्टिप्यालेस बन्दोबस्त गर्ने उतै तीज मनाउने चलन बिकराल विकृतिका रुपमा देखिएको छ । हरेक संघसंस्थाले दर खुवाउने भनेर पार्टीप्यालेसमा निम्ता गर्न थालेका छन् ।पार्टीप्यालेसमा टन्न मासु वाइन बियर खाएर अडियो बजाएर नाचेर के हाम्रो मौलिक संस्कृतिको जगेर्ना हुन्छ त ?
के अब तिज धनी र हुनेखानेका मात्रै हुने हो ? गरीवले तीज नमनाउनु ?
हजार देखि दुई हजारसम्म तिरेर, ब्याजमा ऋण मागेर गहना र नयां साडी खरिद गरेर फोटो खिचेर मौलिक चाडको जगेर्ना हुन्छ ? हाम्रा दिदीबैनीहरू त्यहि होडमा दौडिरहनु भयको छ  । एउटा पार्टीमा लगाएको साडी अर्कोमा लगाऊंदा ईज्जत जान्छ अरे । अनि एक महिना अगाडी देखि खान हिंड्दा कतिवटा साडी चाहिने हुन्, कति थरी गहना चाहिने हुन् ? कौतुहलताको बिषय । यसरी फेसन गर्दा घरब्याबहारमा कति नाफाघाटा होला दिदीबैनीहरूले सोच्नु पर्ने बिषय बनेको छ ।यस्तै हो भने जागिरे लोग्नेले घुस खानु पर्यो, ब्यापारी लोग्नेले ठग्नु पर्यो मार खाने त उनै किसान ।यो प्रबृतिले भ्रष्टाचार मौलाउँछ दिदीबैनी हो बेलैमा सचेत हुंनु पर्यो ।
स्वास्थ्यका कुरा गर्ने हो भने बिभिन्न सहकारीले आयोजना गरेका दर खाने कार्यक्रममा पार्टी प्यालेसमै खाँदाखांदै हैजा आएको खबर पनि हामीले नै सुनेपढेका छौं । यता पैसा तिर्नु पर्ने उता लुगा गहना नयां जोरजाम गर्नु पर्ने,त्यसमाथि बिरामी भयर औषधि उपचार गर्नुपर्ने जताततैबाट आर्थिक नोक्सान मात्रै बेहोर्नु पर्ने ।दाजुभाईहरु अब सचेत हुनुस् है ।
हाम्रो देश बहुसांस्कृति बोकेको, बहुधर्म,बहुभाषित र बहु परम्परा बोकेको देश हो । यहाँ जुनसुकै धर्म मान्नेहरूका पनि आ आफ्ना चाड छन् । मुस्लिमहरूको ईदमा एक महिना रोजा बस्ने चलन हुन्छ  । त्यो बेला नयाँ लुगा लाउने, मिठो खाना खाने रोजाको अन्तिम दिन हुन्छ जुन दिनमा गरीब, फकिरहरूलाई समेत बोलाएर खुवाइन्छ आफन्तहरू जम्मा हुन्छन् तर त्यहाँ बिकृति देखिंदैन । एक महिना अगाडी देखि भडक देखाईंदैन क्यार ।गुरुङ्ग, तामाङ्हरूको ल्होसारमा पनि एक महिनाअघि देखि पार्टीप्यालेस धाईंदैन । आफ्ना मौलिक पोशाक र खानपानमा आफन्तहरूसँग मनाईन्छ । संस्कृतिको जगेर्ना त्यसरी पनि त भएकै छ ।
चाडबाडको बहानामा हामी किन भड्किएका छौं ? सोच्ने बेला आएको छ ।महिलाहरु आफ्नो अधिकार खोज्न जागरूक छन् तर यसरी भड्किएर कुन अधिकार पाउने हो थाहा छैन । यस्ता बिकृतिले समाजमा बर्गिय भेदभाव बेसरी देखिन्छ । हुनेखानेले भड्किलो पाराले लाउने खान हिंड्ने गर्दा बिपन्न महिलाहरु आंफूमा आत्मग्लानी महसुस गरेका हुन्छन् । खुशी हुन सक्दैनन् । समानता कहां भयो ?
हालै तीजमा गरीने भड्किलो बिकृतिलाई रोक्न पोखरा महानगरपालिकाकी महिला जागरण अभियान कि संयोजक अन्जु क्षेत्रीले गहकिलो पाइला चाल्नु भयको छ । उहाँको यो कदमलाई प्रदेश सरकारले साथ दिएको छ ।पार्टीप्यालेस बुक गरेर दरका नाममा तथानाम खर्च गर्न नपाइने यदी यस्तो कार्य भयो भने कार्वाही गर्न परीपत्र समेत गरेको छ । यस कदमको लागि संयोजक लगायत उहाँको टिम,प्रदेश सरकारलाई धन्यवाद दिन चाहान्छु । यसैसाथ अन्य स्थानिय निकायले पनि ध्यान दिन जरुरी छ । अब उहांहरूको साथसाथ हामी सबैले आ–आफ्ना क्षेत्र, गाउँ, टोल, बजार जतासुकै बिकृतिको बिरुद्धमा आवाज बुलन्द गर्नुपर्छ ।
रीतीरीवाज, परम्परा, संस्कृतिको जगेर्ना गर्नु हाम्रो दायित्व हो, यिनमा नकारात्मक चलनलाई फ्याँकेर सकारात्मक कुराहरूलाई निरन्तरता दिनु हाम्रो कर्तब्य हो ।
तीजलाई सभ्य र भब्य रूपमा मनाऔं । तर कसैको आत्म सम्मानलाई ठेस पुग्ने गरी होईन । घरमा, चौतारीमा, सार्वजनिक स्थलमा जम्मा हुने, नाँच्ने गाउने गरौं पैसा तिरेर स्वास्थ्य खराब नगराऔं । पैसा पनि बचत, खाना पनि स्वस्थ्य, रमाइलो पनि हुनेगरी तीज मनाउँदा कसो होला ? तीजको हार्दिक शुभकामना ।
 
सम्पाहाम्रा राष्ट्रपति पनि यस्तै भए...
रुसमा विश्वकप फुटबल हु“दै थियो, क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर मैदानमै पुगेर खेलाडीलाई अ“गालोमात्र हालिनन्, हौस्याँइन् । अनुशासित खेल खेल्न आ“ट र समर्थन दिइन् । अहा, त्यो दृश्यले विश्वलाई तान्यो, त्यो घटना विश्व समाचार बन्यो । सबैले राष्ट्रपति कोलिन्दाको प्रशंसा गरे ।
क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर आफ्नो कोठामा आफै रङ् लगाउन लागेको दृश्य हो यो । उनी भन्छिन्– नीजी काम आफै गर्नुपर्छ त्यसले जिवनको सन्तुलन पनि हुन्छ । साथै, ब्यक्तिगत लाभको लागी जनताको कर प्रयोग गर्नु पाप हो र म पापी हुन चाहदिन । यो भनाइको तात्पर्यका दृष्टिले हेर्ने हो भने नेपाली राजनीति, सत्ता र राष्ट्रपति जनताको करको दुरुपयोग गरिरहेका छन् । हामीले हाम्रो सरकार र राष्ट्रपतिप्रति गर्वले छाती फुलाउने दिन कहिले आउला ? जनमत जितेर सत्तामा जाने अनि जनतामाथि शोषण गर्ने ?
नेपालमा पनि महिला राष्ट्रपति छिन् । हाम्रो राष्ट्रपतिले खेलजगत अथवा कुनै पनि राष्ट्रिय महत्वका घटनामा त्यसरी प्रशंसा गरेको, हौस्याएको, नैतिक समर्थन गरेको घटना छैन । यहा“सम्म कि भूकम्प गयो, रानीपोखरीको पुननिर्माणको सुरुआत गर्न गएकी हाम्री राष्ट्रपतिले किन ३ वर्षमा पनि रानीपोखरी बनेन भनेर सोधखोज गरेको समाचार समेत आएन । त्यसपछि बाढी पहिरो आयो, अहिले मधेश डुबेको छ, राष्ट्रपति गएर ती पीडितलाई आश्वासन दिने, सक्दो राहत दिने र सरकार तथा समाजसेवीलाई सेवा गर्न उत्साहित पारिनन् ।
केही महिनाअघि चीन गइन्, प्रधानमन्त्री पनि गए । सडकमा एम्बुलेन्ससेमत रोकियो । आकाश जाम गराएर हजारौं यात्रुलाई अन्तै मोड्न बाध्य पारियो । दैनिक गुजारा चलाउने, जरुरी काममा हिडेका, समस्यामाथि समस्या थप्ने काम राष्ट्रपतिले गरिन् । हाम्री राष्ट्रपति हाम्रो गौरव, लोकको सम्मान आर्जन गर्ने काम राष्ट्रपति र सरकारले कहिल्यै गरेको देखिएन ।
राष्ट्रपति भनेको राष्ट्रपति जिम्मेवार हुनुपर्छ । शितल निवासमा बस्ने, जनताले तिरेको कर दुरुपयोग गरेर बुलेटप्रुफ भवनमा आराम फर्माउनु राष्ट्रपतिको कर्तव्य हो कि होइन ? संसदबाट गएका विधेयकमा लालमोहर ठोक्नु, सरकारमा बस्नेले भेट्न चाहे भेट्नु, राजदूतहरुको ओहदाको प्रमाणपत्र बुझ्ने काम ठूलो काम होइन । सल्लाहकारहरुको भीड पालेर बस्ने राष्ट्रपति कार्यालयले बेला बेलामा देशै लज्जित हुनेगरी समवेदनाका ठाउ“मा शुभकामनासमेत पठाउने गरेको छ । अपराधीहरुलाई नेपाल तारा तक्मा दिएको छ । जेलमा कोचिएकालाई माफी दिएको छ । यस्तै नचाहिने नचाहिने काम गर्नका लागि राष्ट्रपतिको व्यवस्था गरिएको होइन । सीमा डुबेको छ, सीमा अतिक्रमण भएको छ, यी सबै घटनाक्रम के हो ? राष्ट्रपति स्थलगत निरीक्षण गर्न जानुपर्छ र सरकार तथा सेनालाई विशेष निर्देशन दिएको सुन्न देख्न पाउनुपर्छ । राष्ट्रपति राष्ट्रप्रति जिम्मेवार हु“दा नै राष्ट्रिय गौरव बढ्छ, घातीहरु सचेत हुनेगर्छन् ।
यिनीहरुस“ग बयान लिने को ?
काठमाडौं । बालुवाटार, ललिता निवासको जग्गामा फसेका सुब्बा युक्तप्रसाद श्रेष्ठले माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८औंतलाबाट हामफालेर आत्महत्या गरेका छन् । तर, यो भूमाफियाकरणको प्रकरणमा खरदारदेखि प्रधानमन्त्रीसम्म मुछिएका छन्, जो जिवित छन्, तिनीहरुसँग बयान लिने को ?
०४६ सालको परिवर्तनपछिका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कौइराला, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम, खिलराज, सुशील कोइराला, केपी ओली पटक पटक प्रधानमन्त्री भए र सबै बालुवाटारको जग्गा प्रकरणमा मुछिएका छन् ।
सानालाई ऐन, ठूलालाई चैन भन्ने सामाजिक उखान छ । यही उखान बनेको छ बालुवाटारको जग्गा माफियाकरण । आफ्नो क्षेत्राधिकारसमेत मिचेर नक्कली मोही खडा गर्दै माफियासँग मिलोमतो गर्नेमा विजय गच्छदार, दीप बस्नेत र माधव नेपालसमेत मुछिएका छन् । देशका शासक नै मुछिएको यति गम्भीर विषयलाई विषयान्तर गर्न ठूला राजनीतिक व्यक्ति र शक्तिहरु सक्रिय भएका छन् । मधेशमा बाढी र सत्तामा भ्रष्टाचार उस्तै उस्तै महामारी भएको छ, छानबिन नहुनसक्छ ।
सरकारले वार्ता चाहेन, अव प्रतिरोध
काठमाडौं । नेकपा विप्लवले वार्ताका लागि पत्र र पक्राउ परेकाको रिहाई खोज्दा सरकारले दिएन, प्लिव समूहले प्रतिरोधको उद्घोष गरेका छ । आइतवार नेपाल प्रहरीले गरेको पत्रकार भेटघाटमा विप्लव समूहका २४ हतियार पक्राउ परेको, एकजना प्रहरी मारिए पछि विप्लव समूहका ६ जना मारिएको र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई सफलता मिलेको दावी गरेका छन् । तर विप्लव समूहका अनुसार सरकारले वार्ताको हल्ला चलाएर आफ्ना नेता कार्यकर्तालाई दमन र गिरफ्तार गर्ने काम  गरिरहेको छ, आफूहरुले त्यसको प्रतिरोध गर्नुपर्ने निचोड निकालेको छ ।
अनिल शर्मा, माइला लामा, गुणराज लोहनीमात्र होइन, डा. सुन्दरमणि र सुरेन्द्र केसीसम्मले वार्ताबाट निकास खोज्न सहजकर्ताको भूमिका खेलेका थिए । सोमप्रसाद पाण्डे, माधवकुमार नेपाल, सुरेन्द्र माण्डे, कृष्णबहादुर महरा र स्वयम् प्रधानमन्त्रीलाई उकास्नेहरुले वार्ता असम्भव गराएका छन् ।
नेकपाको स्थायी समितिको बैठक बसेर सरकारले वार्ता चाहेन, दमनको प्रतिरोध गर्ने 
निर्णय गरेको छ । यही बैठकले स्थानीय, प्रदेश र संघीय तिनैथरी सरकार भ्रष्टाचारमा डुबेको निष्कर्षसमेत निकालेको छ । माइला लामा पक्राउ गरेपछि विप्लव समूह झन आक्रामक बन्दै बन्दलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
विप्लव नेकपाको वक्तव्यमा भनिएको छ– नेता कार्यकर्ताको धरपकड र दमनको भत्सर्ना गर्दछौं । साउन ११ गते प्रचार–प्रसार, साउन १२ गते कोणसभा, साउन १३ गते जनप्रतिरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस र साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा) बन्द लगायतका कार्यक्रम रहेका छन् ।
आइजीपी किन कालो निलो
काठमाडौं । साउन १२ गते आइतवार आइजीपी सर्वेन्द्र खनालले लञ्चसहितको पत्रकार भेटघाटको व्यवस्था मिलाएका थिए ।
यो पत्रकार–प्रहरी भेटको एउटै उद्देश्य थियो ‘समुदाय–प्रहरी साझेदारी ः शान्तिपूर्ण एवं सुरक्ष्ँित समाजको लागि’ काम गरेको प्रगति देखाउनु ।
सुरुमा आइजीपी सर्वेन्द्र खनालले आफू आइजीपी बनेपछि गरेका कामहरुको फहेरिस्तको भिडियो र ब्रिफिङ २ घण्टा लगाएर सुनाए ।
नेपाल प्रहरी हाम्रो प्रहरी हो भन्ने भावना जगाउन स्कूलदेखि विश्वविद्यालयसम्म सहकार्य गरिरहेको, महिलाहिंसा, वालयौन दुराचार, तस्करी लगायतमा प्रहरीले कडिकडाउ नीति लिएको जानकारी पनि दिए । क्लामेट चेन्जदेखि साइबर क्राइमसम्ममा सचेत रहेको, अपहरण, आतंक, गुण्डागर्दीको सातो लिएकोमा आइजीपी खनाल प्रफुल्लित देखिए । प्रहरी र पत्रकार दुबैको काम समाजलाई स्वस्थ राख्नु हो साझेदारी हुनुपर्छ भने ।
चुरो कुरो नेपाल प्रहरी इतिहासमै अधिकतम सफल भएको दावी गर्दै आइजीपी खनालले समाजमा कानुन व्यवस्था कायम राखेको छ, राख्न नेपाल प्रहरी नचुक्ने प्रतिवद्धता व्यक्त गरे ।
विभिन्न मन्त्री, एडीवी, अन्य विदेशी निकायहरुले राम्रो काम गरेको भन्दै पुरस्कार पाएको, प्रमाणपत्र बुझेका क्लिपिङहरु पनि देखाए, पत्रकारहरुले निकै गम्मीर भएर आइजीपी सवेन्द्र खनालका कुराहरु सुने, हेरे ।
जब प्रश्नोत्तरको समय आयो, निकै आक्रामक प्रश्नहरु उठे, केही पत्रकारहरुले प्रहरीको वकालत गरेको पनि देखियो ।
प्रहरीले हप्ता उठाएको, ट्याफिक व्यवस्था गर्न नसकेको, अतिवादी चरित्र देखाएकोदेखि प्रहरीले सामाजिक सम्मान आर्जन गर्न नसकेका विषयहरुको पनि उठान भयो । र, एकाध ठाउँमा राम्रा प्रहरीको कामप्रति जनताले बाजा बजाएको आत्मरती प्रहरी दिमागबाट हट्नुपर्ने देखिन्छ । समष्टिमा प्रहरी ‘नेससरी इभिल’का रुपमा रहेको र प्रहरी समाजमा घुलमिल हुन नसकेकोमा पत्रकारले प्रश्न गरे ।
मुख्य कुरो नेपाल प्रहरीप्रति पत्रकारले नैतिक समर्थन गरेको र सत्य सेवा सुरक्षामा खरो उत्रनु पर्ने सुझाव जुन दिए र आइजीपीले त्यसलाई स्वीकार गरेको अभिव्यक्ति दिए, त्यो चाहिं यो पत्रकार सम्मेलनको उपलव्धि नै मान्नुपर्छ । पत्रकारका सुझावलाई अमल गर्ने हो भने नेपाल प्रहरी पुनः गुमेको साख आर्जन गर्न सक्नेछ । मूल कुरो निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्षदिन 
पुग्दा पनि किन नेपाल प्रहरी असफल भयो भन्नेमै केन्द्रित थियो । विश्वमै काविल र सक्षम, सवल नेपाल प्रहरी किन बोधो बन्दै गयो, अतिराजनीतिकरणले हो कि ? बलात्कार, हत्याजस्तो गम्भीर अपराधविरुद्ध काविलियत भएर पनि किन परालखुट्टे बनेको ? दबाब कि प्रभावले भन्ने प्रश्नमा आइजीपी कालोनिलो बनेको देखियो र उनले गोलमटोल पारामा अनुसन्धान भइरहेको र नेपाल प्रहरी गम्भीर छ भन्ने जवाफ दिए । उनले म जत्तिको दबाब र प्रभाव झेल्ने को छ ? म परालखुट्टे होइन, सत्य सेवा सुरक्षाप्रति अडिग छु भनेर ढाडमा हाड देखाउँदा पत्रकारहरु हाँसेका थिए । आइजीपी नबन्दासम्म साह्रै हँसिला, रसिला सर्वेन्द्र खनालको मुहारमा कान्ति हराएको देखियो । नेपाल प्रहरीलाई पुरानै सक्षम र सवल ‘हाम्रो प्रहरी’ बनाउन उनीभित्र इच्छाशक्ति जाग्ला ? यही प्रश्न लिएर पत्रकारहरु काममा फर्किए ।
भाजपाको हिन्दुअभियान सुरु भएकै हो ?
काठमाडौं । उत्तरप्रदेशका मुख्यमनत्री योगी आदित्यनाथले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने मत राखेको केही समयमै भाजपाका प्रभावशाली नेताहरु नेपाल आउनेक्रम बढेको छ र उनीहरु नेपाल हिन्दुाराष्ट्र हुनुपर्ने विचार प्रवाह गरिरहेका छन् । नेपालका ९५ प्रतिशत ॐकार परिवार भने निदाएको छ कि जागा छ, पत्तै छैन ।
पहिले विजय जोली, अहिले सुव्रमण्यम् स्वामी । नेपाल आएर नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर बोलेनन् मात्र, यसरी प्रष्ट बोल्ने भारतीय नेतासँग प्रधानमन्त्री ओलीले विशेष भेटवार्तासमेत गरे । हिन्दराष्ट्रको माँग बढ्न थाल्यो ।
भाजपाका प्रभावशाली नेता तथा सांसद स्वामी विश्व हिन्दु संघ र वल्र्ड हिन्दु फेडरेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा प्रमख वक्ताका रुपमा सहभागी हुन शनिवार ७ घण्टाका लागि नेपाल आएका थिए ।
स्वामीले अभिव्यक्ति थियो– नेपालको इतिहाससँगै भौगोलिक अवस्थितिका कारण र भारत तथा चीन पनि सकारात्मक रहेको वर्तमान अवस्थामा नेपाल हिन्दुराष्ट्र हुनु उपयुक्त हुन्छ । यसपछि प्रधानमन्त्रीसँग भेटेका स्वामीले यही कुरा गरे कि गरेनन्, स्पष्ट हुनसकेको छैन । तर प्रधानमन्त्री ओलीले आफ्नो पुस्तक माई भिजन उपहारमा थिए । स्मरणीय छ, केपी ओली प्रधानमन्त्री भएको डेढवर्षमा उनका अनेक भिजनहरु सुनिएका छन् तर ती सबै भ्रममा सिमित हुनपुगेको छ ।
गोष्ठीमा अर्का नेता तथा पूर्वसांसद तरुण विजय पनि आएका थिए । ती प्रखर वक्ता तरुणले पनि प्रधानमन्त्रीलाई भेटेको खबर छ । उनी पनि नेपाल हिन्दुराष्ट्र हो भन्ने स्पष्ट मत राख्छन् ।
हिन्दुराष्ट्र विवादको ठूलो बीउ बन्दै गएका छ । कुनै पनि बेला नेपालमा हिन्दुवादको आन्दोलन सुरु हुनसक्ने संकेतहरु विकसित हुनथालेका छन् । इसाइहरुका कारण सरकार मौन छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper