banner
banner

सुरेन्द्र केसी, दरवार र गणतन्त्र

स्वयम्भुनाथ कार्की -
यदि यो व्यंगलेख भएको भए केसीहरुलाई सरकार हल्लाउन थर नै काफी छ, अझ त्यसमाथी अगाडी डा. भएपछि त पुगिहाल्यो भन्न सकिन्थ्यो । डा. गोविन्द केसी अनि डा सुरेन्द्र केसी नेपालको सञ्चार जगतमा आँधीवेहरी पैदा गर्ने क्षमता राख्छन । यो व्यंग आलेख नभएकोले त्यसै भने भन्न सकिएन । कसैलाई मन परेपनि वा मन नपरेपनि उपचार गर्ने डा केसी र विद्यावारिधी गर्ने डा. केसी दुवैले यो हैसियत कसैको निगाहमा बनाएका भने हैनन । आङ्खना लगन मेहनत अनि स्पष्ट विचारको निमित्त संघर्ष गर्न सक्ने आत्मबलले उनीहरुलाई त्यो क्षमता दिएको हो । दुवै केसीलाई निर्मलिकरण गर्न दल विषेशले प्रयत्न गर्ने गर्दछ । चाहे त्यो आफ्नो समर्पित कार्यकर्तालाई विरोधमा अनसन बस्न लगाएर होस् वा सरकार प्रमुखको थला पारिदने धम्की दिएर होस आफ्नो मनको डर देखाएकै छ  ।
हालै डा. सुरेन्द्र केसीले राजासँग भेटने मौका पाएका छन् । गद्दीमा रहेकै अवस्थामा पनि भेटको निमित्त प्रयत्न गरेको तर असफल भएको कुरा उनले भनेका छन् । पाखा लागिसकेपछि चितवनको एक कार्यक्रममा राजासँगै कार्यक्रमा सहभागी भए पनि सिधा कुराकानी भएको थिएन । त्यसै कार्यक्रममा र अनेकौ प्रस्तुतिमा डा. केसी राजा ज्ञानेन्द्रको मिनमेख निकाल्ने गर्दथे । तर उनी नेपालमा शाहवंशको योगदान प्रति कृतज्ञ नै रहेका थिए । उनको देखाईमा राजा ज्ञानेन्द्रको यो अवस्थाको कारक थिए । उनको यो देखाई अस्वभाविक भने थिएन । किनभने उनले राजा स्वयंका कुरा सुन्न वा पढन पाएका थिएनन् । सम्भवत दरवार यी कुराहरु राजाले अभिव्यक्त नगरी नै सबैले बुभ्mनुपर्दछ भन्ने मान्यता राख्थ्यो वा राख्छ । यहाँ दरवार भन्नाले केवल राजालाई भन्न खोजिएको हैन यसमा सहायक, सल्लाहकार अनि राज परिवार सबैको संयुक्त सम्वोधन हो । 
जे होस ढिलै भए पनि दरवारले आफ्नो कुरा आपैm भन्नु पर्दछ भन्ने बोध गरेको संकेत आएको छ । यसैको परिणाम हो डा. सुरेन्द्र केसीलाई बोलाएर गरिएको भेटघाट । यो क्रम उपयोगी छ, यो क्रमले निरन्तरता पाउनु भने पर्दछ । अहिलेको परिस्थितिमा यस्ता कुराले नेपालको हालतमा कुनै आनको तान पर्ने फरक ल्याउने त हैन । तर केसीसंगको यो भेटले गणतन्त्र आत्तिएको भने छ । त्यसैले केसी लगातार आफ्नो वर्तमान व्यवस्था प्रतिको आस्थामा फरक नआएको र नआउने कुरा गर्दैछन् । राजा सँगको भेटले फरक भने नपरेको हैन परेको छ । पहिले उनले राजाबाट भएका गल्तीलाई झण्डैझण्डै अपराधको रुपमा व्याख्या गर्दथे भने अहिले त्यसलाई मानवीय गल्तीको रुपमा बुभ्mन थालेछन् । 
शेरबहादुर देउवाको सिफारिसमा गरिएको संसद विघठनदेखि नारायणहिटी बहिर्गमनसम्ममा एक्लो ‘ज्ञानेन्द्र शाह’को सत्ता लोलुपता देख्ने गरिएको थियो । पाखा लागेपछि अनेकौ व्यक्ति वा व्यक्तित्वहरुले राजासँग भेट गरे । तर कसैले पनि डा. केसीले जस्तो राजाले ती सबै काम सल्लाह र सहमतिमा गरेको कुरा बुझेनन्, बुभ्mन पनि चाहेनन् । राजाको राष्ट्र, जनता प्रतिको संवेदनशिलता बुभ्mन चाहेनन् । को भन्दा को कम राजावादी भएर भेट्न गएकाहरुले आफुमात्र सच्चा राजावादी भएको अरु नक्कली भएको फलाकी रहे । आफुले साधनश्रोत पाए राजसंस्था सजिलै फर्काउने दावी पेश गरिरहे । यस्तो अवस्थामा राजासँग ‘बुभेंm बुभेंm’ भनेर टाउको हल्लाउनु भन्दा अर्को उपाय नै थिएन । सुरेन्द्र केसीले भेट पछि दिएको अन्तरवार्तामा भनेका छन ‘राजा गद्दीमा हुँदा पद माँग्न गए, गद्दीमा नहुँदा पैसा’ । अर्थात धेरैको दर्शनभेटको आशय नै दिने हैन लिने रह्यो ।
अप्रत्यक्ष संवाद आजको युगमा जसको जो सँग पनि भई रहेको हुन्छ । अन्तरसञ्जाल अर्थात इन्टरनेटको माध्यमले गर्दा कसैले पनि कसैलाई घेराबन्दी गरेर संवादबाट विमुख गर्न सक्दैन । यसरी विमुख गर्न त जेल नै हाल्नु पर्दछ । त्यसैले दरवारको घेराले मात्र चाहेर पनि राजालाई सूचना विमुख गराउनु सक्दैन । तर अप्रत्यक्ष संवाद मात्रले सन्तुष्टि दिन सक्दैन । त्यसै पनि राजा र राजसंस्थासँग हिन्दु वा हिन्दु राष्ट्र जोडेर राजाधर्मबाट च्यूत गर्ने षड्यन्त्र चलिरहेको छ । किनभने राजा कुनै एक धर्म, सम्प्रदाय आदिको मात्र हुन्नन् सबैको साझा हुन्छन् । हो व्यक्तिको रुपमा राजा आफ्नो आस्था अनुसार उपासना गर्दछन् तर राजाको रुपमा उनी सबैका साझा हुन् । जे होस्, यत्रो कालखण्डदेखि गणतन्त्र पक्षपोषकहरुको एकोहोरो गाली खाईरहेका राजा त्यो गालीको एकमात्र भागिदार हैनन् भन्ने बोध भएको छ । साथै राजसंस्था एकता, समृद्धि र सवलताको विकल्पको रुपमा रहको सावित भएको छ । नत्रभने राजाले डा. केसीलाई भेट्ने वित्तिकै राजतन्त्र फर्केको र डा. सुरेन्द्र केसी प्रधानमन्त्री भएको डर पस्ने थिएन गणतन्त्रलाई ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper