banner
banner

आफूखुशी मिल्न, छुट्टिन र अगाडि बढ्न नसक्ने ?

स्वयम्भुनाथ कार्की -
२ हजार १६ सालदेखी २ हजार २४ सालसम्म कवि भूपी शेरचनले लेखेका कविताहरुको संग्रह ‘घुम्ने मेच माथिको अन्धो मान्छे’मा केही कविताका हरफहरु वर्तमानमा पनि उत्तिकै सान्दर्भिक छन । उनका यी कविताहरुले बदलिएको नेपालको नाराको खोक्रोपन उदाङ्ग पार्दछन् ।
हामी आपूmखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाई दिनुपर्ने
हामी आपूmखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाई दिनु पर्ने
हामी आपूmखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनु पर्ने, हिूडाउनु पर्ने
‘हामी’ कविताका उपरोक्त हरपहरु आजै लेखिएका जस्तै, आजैको परिस्थितिसंग ठ्याम्मै मिल्ने खालका छन् । पहिले आपूmले आङ्खनै बलमा केही गर्न नसकेको कुरा लाजमर्दो हुन्थ्यो ।  अहिले भने यस कुरालाई गर्वको साथ भनिन्छ । नेताहरु आपूmलाई विदेशीको सदाशयता रहेको कुरा प्रचार गर्न गर्व गर्दछन् । विदेशी शक्ति केन्द्रले गरेको काम आफ्नो स्वार्थ अनुकुल भएमा सहयोग र प्रतिकूल भएमा देशको स्वतन्त्रता, आत्मसम्मानमा चोट भनेर डंका पिटेको कुरा आज जग जाहेर भईसकेको छ । विदेशी आड, भरोसा, साधन तथा श्रोतबाट संचालित संघसंस्था बर्खे च्याउसरी पलाउदै छन् । उनीहरुले गर्ने बिभिन्न गोष्ठि तथा सेमिनारको बाढी लागेको छ । 
हाम्रा नेता, बुद्धिजीवि तथा नागरिक अगुवाहरुलाई विदेशी शक्तिकेन्द्रले मिलाई दिनुपर्छ, गठबन्धन ठिक नलागेमा फेरी उनीहरुले नै छुट्टयाई दिनुपर्छ । जुवामा नारीएको गोरुहरुलाई जोते भैm उनिहरुले नै पछाडिबाट कोर्रा लगाएर अगाडि बढाउनु पर्दछ । पछिल्ला झण्डै ७ दशकमा नेपाल नयाँ नेपाल बन्ने क्रममा आफ्ना अक्षमता लुकाउने र त्यसलाई मेटने प्रयत्न गर्नुको साटो अझ परनिर्भरता तथा परमुखापेक्षि नेतृत्वको विकास गर्न सकृय भयो । हाम्रा नेता तथा बुद्धिजीविहरु नेपालमा छिमेकीको आर्शिवाद र सद्भावना वेगर सरकार चल्न सक्दैन भनेर छाती ठोकेर भन्छन् ।
आत्मनिर्भरतामा हस्तक्षेपले चौपट पारेर विदेशको बिउ तथा मल नभए खेती नहुने, विदेशी सामान नभए किल्कीले लाग्ने अबस्थामा मुलुकलाई पु¥याए पछि नेपाली आमाले विदेशीको निम्ति श्रमिक जन्माउन स्वभाविक हो । अष्ट्रेलियाको भेडा गोठालो, अमेरिकाको पेट्रोलपम्पको मजदूर, भारतका महानगरका दरवानहरु वा खाडी मुलुकका तातो मरुभूमिमा रगत पसिना चुहाउने दासहरु आज नेपाली आमाबाट पैदा हुने सन्तान हुन् । आफ्नो आत्मसम्मान सहित दशनंग्री खियाएर आफ्नो तथा देशको उन्नति तथा प्रगति गर्ने सपुत अब नेपाली आमाले कमै जन्माउने गर्दछिन् । देशभित्रै बसे पनि हमेशा विदेशीको चाकरी गर्न लालयित हुने र सो मौका नपाउँदा आपूmलाई दुर्भाग्यशाली ठान्नेको जमातबाट नेपालको स्वतन्त्रताको रक्षा होला त ?
हामी वीर छौं, तर बुद्धू छौं
हामी बुद्धू छौं, र त हामी वीर छौं
भुपी शेरचनको ‘हामी’ कविताका थप हरफहरु नेपालीले भोगेका तर स्विकार गर्न नचाहेको अर्को तितो सत्य हो । नेपाललीहरु भारतका गल्लि गल्लिमा चौकीदारी गर्दछन् । उनीहरुलाई बहादुर भनिने गर्दछ । वीरको पर्यायवाची बहादुर नेपालीलाई कर्णप्रिय लाग्दछ । हामी मख्ख पर्दछौ, विदेशीले हामीलाई वीर भन्दछ । हामी वीर हौं वीरका सन्तान हौं तर हाम्रो बहादुरी आफ्ना निमित्त भएन । हाम्रो बहादुरीको उपभोग स्वदेशले गर्न पाउँदैन । म्यानमामा (वर्मा) बसेका नेपालीलाई नेपाल फर्काउने, आसाम तथा भाप्सुबाट नेपालीलाई मातृभूमि फर्काउने राजा महेन्द्रको नाम लिनु पनि आज कसैकसैको निमित्त असह्य हुन्छ । उनले गरेका कामले भएको फाईदा लिन सबै तँछाड मछाड गर्दछन् तर त्यसमा उनको नाम भने अपच हुन्छ । किनभने नेता तथा अगुवाहरुले त्यहि सिकाएका छन् त्यही पढाएका छन् ।
आपूmखुशी कहिल्यै केही गर्न हुँदैन अरुले नै गरि वा गराई दिनुपर्छ । हामी हाम्रा नेताका गुलाम छौं, हाम्रा नेताहरु विदेशी शक्ति केन्द्रका गुलाम छन् । तसर्थ कहिल्यै गुलाम नभएका हामी दु्रत गतिले गुलामी तर्पm बढ्दैछौं ।सवै काम जनताका नाममा गरिन्छ । जनताकोे मर्जि होईन केवल नाम चाहिएको छ नेताहरुलाई, उनीहरु मुखले मान दिएर कामले मान मर्दन गर्दछन् । जनताबाट अस्विकृतहरु नै जनता माथि राज गर्दछन् । त्यसैले होला भुपी शेरचन ‘म’ शिर्षक कवितामा जनतालाई परिभाषित गर्दछन् ।
बस म केवल एक क्रान्ति
एक प्रजातन्त्र एक चुनाउ
र एक भोट हुू, केवल एक भोट हुुँ
सवै अन्याय जनताले चुपचाप सहनु परेको छ, किनभने नेपालीमा एउटा उक्ति छ, राजा देख्दैनन्, देउता बोल्दैनन् । राजा त नेता तथा बुद्धिजीवीहरुले हटाई सके देउतालाई पनि समय अनुसार चल्न उर्दी जारी गरिसके तसर्थ नेपालले लोकतन्त्र वा प्रजातन्त्रको नयाँ परिभाषा विश्वलाई दिँदैछ । टाठाबाठाले टाठाबाठाको निमित्त जनताको नाममा जनता माथि शासन गर्ने पद्धतिको नाम हो नयाँ नेपालको धर्मनिरपेक्ष लोकतान्त्रिक संघीय गणतन्त्र ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper