banner
banner

कर्मकाण्डी सुनवाई समिति किन ?

धर्मरत्न श्रेष्ठ -
राजदूत भागबण्डामा नियुक्त गर्ने, खरिदविक्री हुने, गुनको बदला गुनले तिर्ने पद हो भने संसदीय सुनवाई समितिको कर्मकाण्डी सुनवाई किन गरिरहने ?
पछिल्लोपल्ट सरकारले बंगलादेश, तार, अष्ट्रेलिया र स्पेनका लागि राजदूत नियुक्त ग¥यो । संसदीय सुनवाई समितिले एकपल्ट फेरि कर्मकाण्ड देखायो ।
संसदीय समितिमा परेका उजुरीको खरी घस्ने, राजदूत पदका लागि उपयुक्त पात्र हो कि होइन भनेर प्रश्न गर्ने र राजदूत भएपछि राष्ट्रको लागि काम गर्न सक्ने नसक्ने परीक्षा लिने हो । तर यी हुन् राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाकी छोरी दावाफुटी शेर्पा । संसदीय सुनवाई समितिमा बसेकाहरुले कुनै प्रश्न गरेनन्, शेर्पाको अनुहार हेरेर हाँसीरहे, प्रशंसा गरिरहे । प्रशसा गर्ने काम हो सुनवाई समितिको । स्पेनको राजदूत भएर गर्ने के हो ? लेखाजोखा नै नगरी सदस्यहरुले आमाले जस्तै उचाइ लिनोस् भनेर बधाईमाथि बधाईको खात लगाइदिए ।
कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, नेकपाका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जितेन्द्र नारायण देव, सुमन प्याकुरेलले पनि दावाफुटी शेर्पालाई बधाई दिए ।
वाह संसदीय सुनवाई समिति । पहिले सत्ताबाट इसारा आयो, त्यसपछि समिति बस्यो र समितिले सरकारको सिफारिसलाई वाह वाह गरेर पास गरिदिए । कतारका लागि डा.नारदनाथ भारद्वाज, बंगलादेशका लागि डा. बंशीधर मिश्र र अष्ट्रलियाका लागि महेश दाहाल सबै नै दङ्ग भए । ३ जना ओलीका र महेश दाहाल प्रचण्डका सिफारिसका थिए, संसदीय सुनवाईको ढाडमा हाड भए न प्रश्न गर्ने हो, निर्णय नै नभई बधाई दिए ।
सदस्यहरुले बधाई दिइसकेपछि सभापति लक्ष्मणलाल कर्ण पहिले हाँसे अनि गम्भीर भएजस्तो मुहार लगाएर भने– चारैजना सर्वसम्मत रुपमा अनुमोदन भएको घोषणा गरिदिए । उजुरी परेको थियो, ग्रिनकार्ड होल्डर भएकोसमेत उजुरी थियो, कसैले यो उजुरीबारे के हो भनेर छानबिन गर्ने कुरासम्म उठाएनन् । कर्मकाण्डी सुनवाई समिति खारेज गरिदिए हुन्छ, किनकि नाममात्रको सुनवाईको के अर्थ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper