banner
banner

समाजवाद र नेकपालाई १२ प्रश्न

राजेन्द्र ज्ञवाली –
नेकपाका युवाहरु भाते, भाटे र भिजिलान्ते होईनौ भने यी प्रश्नको उत्तर खोजौ ।
१ बर्ग समन्वयवादी पार्टी मार्क्सवादी पार्टी हुनसक्छ सक्दैन ?
२ नेकपाबर्ग समन्वयवादी हो कि बर्ग संघर्षवादी ?
३ बर्गसंघर्षवादी हो भने नेकपाले बर्तमान अवस्थामा आधारभुुत रुपमा कुनकुन बर्ग र प्रमुख रुपमा कुन बर्गसंग संघर्ष चलाएको छ ?
४ के पार्टी निर्माण बर्गीय समर्पण र बर्गधर्मितालाई आधार मानेको छ् ?
५ अहिलेको बर्ग संघर्षको ठोस अभिब्यक्ति के हो ?
६ बर्ग संघर्षको रुप र कार्यक्रम कस्तो छ ?
७ स्थानीय र राष्टिय रुपमा कसरी सञ्चालन गरिएको छ ?
८ नेकपा नेता कार्यकर्ताको आचरण सिद्दान्त अनुरुप छ कि छैन ?
९ नैतिक धरातलमा नेकपाका पार्टी नेता जनप्रतिनिधि कहाँ छन् ?
१० नेकपा सम्बध्दहरु आआफ्नो सम्पति श्रोतको आवधिक घोषणा गर्न र कैफियत देखिए जफत, दण्ड, सजाए भोग्ने कबुलियत गराई सार्वजनिक गर्ने साहस नेकपामा छ ? छ भने किन सार्वजनिक देखिदैन ?
११ सिद्धान्त र ब्यबहारमा तादम्यता छ कि सिद्धान्त र दस्तावेज हात्तीका देखाउने दाँत हुन् ? व्यवहार के कस्तो छ, मूल्याङ्कन किन गरिन्न ?
१२ मानेभञ्ज्याङ, सुस्ता, लिम्पियाधुरा र लिपुलेकका घाउहरुमा मलम लगाउने कि सुस्ता, कोईलाबास, कञ्चनपुर, दार्चुलालगायतका २३ जिल्लामा अतिक्रमण भइरहदा थप घाइते हुँदा नेकपा रमिते बन्ने ?
समाजवाद वारे गँजडी गफ कति गर्ने ?
सरकार समाजवादोन्मुख भन्छ त्यसका लागि पुंजिवादी विशेषज्ञ र अनुभविको सहारा लिन्छ । हाम्रा विशषज्ञ पुंजिवादी डिग्री तालिम र सेमिनारका कुरा गरेर मख्ख पर्छन् । नीति योजना र कार्यक्रम पुंजिवादी सिन्दुर पहिरेर उसकै घुम्टो ओडेर वनाउँछन् । पुजिवादी शैली र चिन्तनका विरुध्द विकल्प नदिने मात्र हैन सोंच्न पनि सक्दैनन् । नेता भाषणमा अब्बल छन । कार्यक्रमको फ्रेम बनाउन र जनशक्ति ब्यवस्थापनमा अति कमजोर । आवेगमा एकल निर्णय गर्छन् जब समस्या देखिन्छ निर्णयमा अडिन्नन्, कान समातेर उठबस गर्छन् । 
उ वेला भ्रष्टाचार ,रोक्न केआई सिं लागेछन् रे । मुलजरो पछ्याउँदै जाँदा नारायणहिटीको पर्खाल पसेछ । त्यसैवेला था भो उनको प्रम पद त गैसकेछ–(२०३६ टुडिखेल भाषण) । आज पनि जरो पछ्याएमा नेता वा दलको दाताको पर्खालमा पसेपछि अगाडि बढे पद नरहने थाहा भएर त जे छ भाषणमै छ । केआई सिंह सुरा आजकलका ववुरा । यो निर्वाचनप्रकियाले न वास्तविक वर्गको साधारण व्यक्ति जनप्रतिनिधि वन्न सक्दैन । तसर्थ भ्रष्ट निर्वाचन पद्धति नबदली संसद वास्तविक जन प्रतिनिधि संस्था बन्न सक्दैन भन्ने नबुझेको कि पुँजिवादतिर बहकिएको । वर्तमान नेकपा कहाँनेर उभिएको छ ?
विश्वमा पुँजिवादकै गर्वबाट समाजवादी बिचार जन्मेको हो । खोई यहाँ पुजिवादी विरुध्द समाजवादी नीति योजना कार्यक्रम । क्षणिक रुपमा हनुमानी गर्नेको बलमा समाजवादको विकास हुन सक्दैन । दलाल पुँजिवादसँग प्रतिरोधको सामना गर्ने दृढ चिन्तन अठोट नभएका राजनितिकर्मी, कुटनितिज्ञ, प्रशासक, वद्धिजीवि, विशषज्ञ र प्रावधिकको भरमा समाजवादी आधार तयार हुँदैन । 
बर्तमान विश्व परिवेशमा समाजवादका आधार तैयार पार्नु भनेको विश्व युघ्द जित्नु सरह हो । तसर्थ पार्टी अध्यक्षदेखि कायर्कर्ता सवै उच्चनैतिक मनोवल सहित निरन्तर लाग्नु पर्छ । त्यसका लागि सवैभन्दा पहिले पार्टी निर्माण र संचालनमा ब्यक्तिगत हठ छोडेर सामुहिकतामा आधारित पद्धति अपनाउनु पर्छ । समाजवाद निर्माण ठूलो कि पद ? पद गौण हो । अन्यथा समाजवादका आधार निर्माणका कुरा गँजडि गफ मात्र हुनेछ । नेकपा संबध्द सबैले बेलैमा बुझौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper