banner
banner

अमेरिकी राजदूतको पूजाआजा

अधिवक्ता शिव सिग्देल-
¥याण्डीबेरी सन २००७ मा नेपाल आएर २ वर्ष डेपुटी मिसन भएर काम गरेका व्यक्तित्व हुन् । उनी महिना अघि नेपाल आएका थिए र उनले नेपालीमै भनेका छन्– नेपालका लागि अमेरिकी राजदूत भएर आउन पाउँदा मलाई खुशी लागेको छ । उनले थप भनेका छन्– नेपालका बारेमा, इतिहास, संस्कृति र कलाका बारेमा मलाई थाहा छ । यी त्यस्ता राजदूत हुन्, जो दूतावासमा भन्दा बढी नेपालका डाँडापाखा घुम्न मन पराउँछन् ।
यिनी हिन्दु होइनन् तर बौद्ध, हिन्दु धर्ममात्र होइन, सबै धर्मको प्रशंसा गर्छन् र यिनी सामान्य नेपालीझैं पूजाका सामान किनेर मन्दिरमा पूजा गर्न पनि जान्छन् । यो फोटो उनी नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजा गर्दाको हो ।
नेपालीले मन्दिरमा पूजा गर्छन् र बरदान पनि माँग्छन्, यिनले के माँगे होलान्, हामीलाई चासो लाग्छ ।
नेपाल आउनुअघि यिनी नेदरलेण्डमा कन्सुलेट थिए । अमेरिकी विदेश मन्त्रालयका विशिष्ट कर्मचारी यिनी नेपालदेण्डबाट सिधै नेपालका लागि राजद्युत नियुक्त भएका हुन् ।
¥याण्डीबेरीले डेपुटी असिस्टेण्ट सेक्रेटेरीका रुपमा दक्षिण र सेन्टर एसियाका लागि प्रजातन्त्र, मानवाधिकार तथा श्रम सम्बन्धी पदमा रहेर काम गरेका थिए । यसकारण पनि नेपालजस्ता अल्पविकसित मुलुकमा ¥याण्डीबेरीको ज्ञानले सहयोग गर्नसक्छ । नेपाल र अमेरिकावीच १९४७ अप्रिल २५ मा दौत्य सम्बन्ध कायम भएपछि आजसम्म सम्बन्ध राम्रो छ । अमेरिका नेपाललाई सघाउने अग्रणी मुलुक पनि हो ।
यतिबेला भने अमेरिका नेपाललाई इण्डो प्यासिफिक रणनीतिको केन्द्रमा राख्न चाहन्छ र मुस्ताङ्मा विशेष चासोका साथ विकासमा सघाइरहेको देखिन्छ । नेपालले कसरी अमेरिकी सहयोग लिने, कसरी अघि बड्ने र नेपाललाई शान्ति र प्रगतिमा लैजाने भन्ने विषय नेपालको हो र यसमा नेपालले परिपक्वता देखाउन जरुरी छ । नेपालको प्रजातन्त्र र मानवाधिकार तथा युवा र गफगाफमा बोलक्कड राजदूत पनि हुन् यिनी । प्रतिपक्षीले समेत सत्ताधारी चरित्र देखाएका बेलामा यिनैले बोल्नु परेको अवस्था पनि देखियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper