banner
banner

अर्को खिलराजको खोजी !

शाश्वत शर्मा -
लाग्छ, नमो २ मा (नरेन्द्र माोदीको दोश्रो कार्यकाल) राजनीति वुरै यू टर्नमा जाँदैछ । करीव डेढ महिना अघि सम्पन्न भारतीय लोकसभाको चुनाव र आएको परिणामले गर्दा भारतमा स्थिर बयिो एकमनाको सरकार निर्माण भयो । नेपालमा दुई तिहाइको बहुमतको सरकार त्यसपछि विवाद र संकटतिर लाग्दोछ  । उहीपुरानै रोग अर्थात संसद भग, काम चलाउ सरकार अनि मध्यावधि चुनावमा मुलुक फेरि लगिदैछ । एकथरि जानिफकारहरु सत्तारुढ नेकपाभित्रको पार्टी एकताको खिचलो अनि ओलीले प्रचण्डलाई प्रधानमन्त्री हस्तान्तरण गर्नुपर्ने नैतिक बाध्यताले गर्दा प्रम ओली बरु संसद भंग गर्ने, प्रचण्डलाई सत्ता हस्तान्तरण गरेर एमालेलाई प्रचण्डकरण नगर्ने मुडमा पुगेको बताउँछन् ।
खासगरी प्रधानमन्त्रीका दावेदार प्रचण्डले नेकपाका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतकासँग मात्रै होइन कि प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवासँग बाक्लै हिमचिम बढाएपछि आफूहरुको पुरानो सहमति अर्थात आलोपालो सत्ताको नेतृत्वमा जाने, र्समा पुर्नविचार गर्न प्रम ओली बाध्य हुन थालेका छन् ।
स्थिति यस्तोसम्म छ कि हप्तादिन अघिसम्म डा.बाबुराम भट्टराईको नेतृत्वमा ओली र उनका पक्षबाहेककाहरुको सहमतिबाट सरकार निर्माण गर्ने हल्लालाई मत्थर पार्दै अव संसद भंग र नयाँ खिलराजको खोजीको चर्चा उत्कर्षमा पुगेको छ । यसको कारण सत्ताको नेतृत्व ओलले छाड्न नमान्नु नै हो ।
त्यसो त भोलि के हुन्छ ? त्यो भन्न सकिन्न । यस्तो चर्चा चल्न थालेपछि स्वयं प्रचण्डका आफ्ना भनिएका सत्तारुढ मन्त्रीहरुमध्येका उर्जामन्त्री वर्षमान पुनलगायतकाहरु यही सरकार ५ वर्ष टिक्ने भनेर हल्लाखल्ला गर्न थालेका छन् । अर्काथरि विश्लेषकहरु ओलीले संसद भंग गर्ने कुरा त्यति पत्यारिलो छैन भन्दैछन् । । आफ्नो राजनीति नै दाउमा राख्लान र ओलीले ? यस्तो प्रश्न छ तिनको । खासगरी बहुमत पाएर पनि सरकार चलाउन नसकी संसदलाई नै भंग गर्ने प्रधानमन्त्रीय अधिकारको ब्रम्हास्त्र हान्ने दुस्साहस प्रम ओलीले गर्लान र ? किनभने उनको राजनीतिक भविष्य नै चौपट हुन्छ भन्ने जिकिर विश्लेषकको छ 
आफ्नो कमजोर स्वास्थ्यअवस्था, तत्कालीन माओवादीलाई आफूसँग मिसाएर नकेपा बनाउनु परेको बाध्यकारी अवस्थामा र तत्कालीन माओवादीसँग सहज र सरल ढंगबाट मिल्न नै गाह्रो भइरहेको परिस्थितिमा अर्को खिलराजको खोजी हुनु कुनै नौलो कुरो होइन। अझ माथि भनिएझैं नमो २ को समयमा नेपालमा परिवर्तन हुनजान्छ भन्नेमा कतिपय पहिले देखि नै विश्वस्त थिए । झन नेपालसँग सीमा जोडिएको भारतको ठूलो प्रान्त उत्तर प्रदेशकामुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दुराष्ट्र हुन तैयार रहनुपर्छ भनेर बताएको कुरा विभिन्न सञ्चारमाध्यमहरुबाट आउनुले पनि नमो २ (नरेन्द्र मोदीको दोश्रो कार्यकाल) को सुरुआतबाट नै यहाँ केही न केही हुने छनक देखापरेको छ । भित्रभित्रै चर्चा बाक्लिएको छ ।
अझ अर्काथरि भन्छन्– संसदमा दर्ता गरिएका रंगीबिरंगी थरिथरिका विधेयकहरु जुन आम नेपालीलाई भड्काउनेका लागि काफी छन्, पनि यो मुलुक स्थिर र बलियो सरकार भएका बेला नै अस्थिर र अराजक बनाउनका लागि जानी जानी ल्याइएको हो भन्ने दावी गर्छन् । अन्यथा चल्दै आएको मुलुकमा सहज सत्तास्वाद लिने अवसरको उपयोग गर्न छाडेर किन घुँडामा बन्चरो हान्न खोजेको ? त्यत्रो दुई तिहाइ छँदै थियो, जे थियो ठिकै थियो । किन अदालत, सेना, प्रहरीदेखि पत्रकार र गुठीयारलाई समेत चलाउन खोजेको ? रहस्य केही न केही त छ छ ।
तिनको विचारमा स्वयम् प्रधानमन्त्री ओली वर्तमान व्यवस्थाविरुद्ध लागि आफै अग्रसर भएर वातावरण बनाउँदैछन् । एउटा कोणबाट विचार गर्दा यो ठिक हो जस्तो पनि लाग्छ । जनआन्दोलनको बेलादेखि होइन कि ३० को दशकमा भएको झापा काण्ड र त्यसपछि भएका धरपकडहरुमा वर्तमान प्रम ओलीको भूमिकालाई सन्देहका रुपमा हेर्नेहरु ओलीलाई भरोसेमन्द मान्दैनन् । घरि महाकाली सन्धि पास गराउन भूमिका खेल्छन्, घरि चीनसँग यातायातदेखि व्यापारसम्मको दूरगामी लाभकारी सन्धिसम्झौता गर्छन् । प्रम ओली विदेशी लाइन र माफियाको कान फुकाइमा चल्ने नेता हुन् भनेर सबै विश्वस्त छन् । उनलाई एउटा निहुँमात्र चाहिन्छ, त्यसपछि कसैको सुन्दैनन् । मान्दैनन् । केही समय अघि तत्कालीन एमालेका एक नेताले यस्तो बताएका थिए एउटा अन्तर्वार्तामा ।
पुराना कम्युनिष्ट मोहनचन्द्र अधिकारीहरु जस्ता नेता त दबेको स्वरम ओलीलाई गुप्तचरसम्म भन्ने गर्छन् । अर्थात ओली सिद्धान्त, नीति, नियम, निष्ठाबाट होइन कि लाइनबाट चल्छन् । कति त यी कम्युनिष्ट लालहरुलाई दलाल भनिरहेछन् ।
लाभ हुन्छ भने चीनतिर लहसिने, आफ्नो अभिष्ठ पूरा गर्न होल्ी वाइन धोक्न अग्रसर हुने, यति भए पनि आफ्ना पुराना मालिकको साखुल्ले बनिरहने ओलकिो बानी देखिन्छ । स्वार्थ र अवसरवादिताले राजनीति राजनीति रहेन ।
कम्युनिष्ट आवरणमा चीनपक्षीय गतिविधि, भारतलाई सुदूर भविष्यमा समेत प्रभाव पर्ने बिखण्डकारी गतिविधिहरुले यत्तिकैमा र चीनकै भरमा अव नेपाललाई छोड्नु हुन्न भन्नेमा नमो २ का हर्ताकर्ताहरुलाई लागिसकेको छ ।त्यसकारण यहाँ दुई तिहाइ बहुमतको सरकार भएता पनि पार्टी भित्रैबाट फूट गराएर भए पनि नयाँ खिलराजलाई रथारोहण गराएर यो मुलुकलाई नयाँ दिशातिर लैजाने चेष्ठा हुँदैछ भनेर दावी गर्नेहरुको संख्या दिनानुदिन बढ्दैछ । हुन पनि नेकपाभित्रैको चलखेल हेर्दा लाग्छ, अव यहाँ निकट भविष्यमा नै केही हुँदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper