banner
banner

नियत होइन परिणाम चाहियो

स्वयम्भुनाथ कार्की -
एक पटक एउटा व्याधा शिकार गर्न जंगल पसेछ । विहान सवेरै शिकारमा निक्लेको व्याधा भोको रहेछ । बाटोको खोला तर्दा सर्वाङ्ग भिजेछ । दिनभरको दौडधुपमा पनि कुनै शिकार प्राप्त गर्न नसकेको त्यो व्याधा बाटो भुलेर अनकण्टार जंगल भित्र पुगेछ । दिनभर भोकै जंगल चहारेको त्यो व्याधामा फर्कने बाटो खोज्ने सामथ्र्य पनि बाँकी रहेन छ । झमक्क साँझमा हिंसक जन्तुको भयले एउटा रुख चडेर त्यसको हाँगामा बसेछ । भोक र डरको आधिक्यमा अनजानैमा प्राण रक्षाको निमित्त प्रार्थना गर्दै बेख्यालीमै पात टिप्दै रुखको फेदमा खसाउन थालेछ । भाग्य बलियो भएको त्यो व्याधा चडेको रुख बेलको परेछ । त्यस रुखको फेदमा शिवलिङ्ग रहेछ र त्यो दिन महाशिवरात्री परेछ । बिहान सवेरै हिंडेको र खोला तर्दा सर्वाङ्ग भिज्दा स्नान भएछ, दिनभर भोकै रहनुपरेकोले उपवास भएछ । बेलको पात चुँडेर फालेको तल भएको शिवलिङ्गमा पर्दा अनजानमै शिवजीलाई वेलपत्र अर्पण भएछ । डरले ईश्वर पुकारा गरेर रातभर निन्द्रा लाग्न नसक्दा सभक्ति जाग्राम पनि भएछ । यसरी त्यस व्याधाले अनजानैमा विधिपुर्वक महाशिवरात्रीको वर्त सम्पन्न गरेछ । यसको फलस्वरुप त्यस व्याधाले शिवधाम प्राप्त गरेछ । यो महाशिव।रात्री महात्म्यको प्रसंग हो ।
अव अर्को एउटा कथा, एकदिन बिहानै नदिमा स्नान गरेर फर्कने क्रममा ति ब्रम्हणले एउटा बगरेले कृषकाय बुढी गाई धपाउँदै ल्याएको देखेछन । सोधपुछमा थाहा लाग्यो बगरेले त्यो गाई काटी मासु बेच्ने प्रयोजनले किनेर लानलागेको रहेछ । आङ्खनो सामुन्ने गाई काटन लगेको हेर्न उनले सकेनन । उसले किनेको दाम आफुले दिएर गाई किन्ने शुर कसे । बगरेले सोच्यो बिना मेहनत धन कमाउने अबसर प्राप्त भयो, उसले यसको फाईदा लिनुपर्छ । गाईको मासु बेचेर लगानीको दोव्वर दाम प्राप्त गर्ने कुरा राख्यो । 
धर्मभिरु ब्राम्हणले गौरक्षाको निमित्त धनको मुख हेर्न हुँदैन भन्ने सोचेर उसको माँग बमोजिमको दाम दिएर गाई किने । एउटा गाईको प्राण बचाएको गौरव गर्दै घर फर्के । भोलीपल्ट फेरी सोहि स्थान र समयमा उही बगरे दुईवटा बुढी गाई धपाउदै आयो । अघिल्लो दिनको जस्तै दोव्वर दाममा ती गाई पनि ब्राम्हणले किने । यसरी त्यो वगरेले दिनहुँ दोव्वर गाई ल्याउदै गयो र ब्राम्हण दोव्वर मोलमा गाईहरु किन्दै गए ।केहि दिन पछि बुढी गाईहरु किन्दा किन्दै ब्राम्हणको सम्पुर्ण सम्पत्ति सकियो । अन्तमा कंगाल भएका ती ब्राम्हण बुढी गाईहरुको हन्जा नै धपाएर ल्याएको बगरेलाई टुलुटुलु हेर्न बाध्य भए ।
नियत र अभिप्राय राम्रो भएको भ्mयाली पिटनु भन्दा परिणाम राम्रो आउनु आबश्यक छ । सर्वाधिक वलियो भनिएको सरकार वारंवार फिता लिनुपर्ने काम गर्दैछ । प्रतिपक्षको भुमिकामा भएकाहरु आफ्नो मानोचामल नै खोसिएला कि भनेजस्तो गरेर विरोधका कर्मकाण्डी कार्यक्रमहरु गर्छन् । उनिहरुले कुनै मुद्दा नै देखेका छैनन जस्तो लाग्छ । वैकल्पिक धार हौ भन्ने खुँखार पञ्चहरु अमिवा जस्तो घरी जोडिने घरी तोडिने भएर नाटक गर्दैछन । वल्ला घरको नरे पल्लाघर सरे जस्तो सिमित व्यक्तिहरु कहिले यसमा कहिले उसमा पार्टी प्रवेश गर्छन् र समाचार दिई राख्छन् । यी समुहमा एक व्यक्ति पनि थप भएको छैन बरु भएका पनि घट्दै गएका छन् ।
राजावादीहरु सडकमा भेला भएर नारा र भिषण भाषण गर्नु अनि आङ्खनो कार्यक्रममा आएन भनेर अर्कालाई गाली गर्नु मात्र काम ठान्दैछन । राजसंस्था शितनिन्द्रामा छ । सबैको नियत राम्रो नै होला तर परिणाम राम्रो भन्न सकिने अवस्था छैन । नेपाली समाजका चेतनशिल वर्ग रनभुल्ल परेर वसेको छ । वर्तमानका शक्तिशालीलाई पञ्चायत ढाल्न आफुले गरेको पराक्रम (?) बखान गर्दै ठिक छ । जनता भने पञ्चायत ढलेर आफुलाई फाइदा भयो कि घाटा त्यो सोच्दैछ । न गणतन्त्रका ठालुहरुले काम गर्न जान्लान भन्ने आश छ, न राजसंस्थाको शितनिन्द्रा खुल्ने प्रतिक्षाको अन्त होला भन्ने भरोसा । नियत सबैको राम्रो होला तर परिणाम ...?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper