banner
banner

ली क्बवान यु बन्ने आ“ट गर

शेखर ढुंगेल–
व्यक्तिको जीवनमा राजनेता बन्ने अवसर बारबार आउन्न । यतिबेला ऐतिहासिक अवसर मिलेको छ, केपी ओलीलाई । यो अवसरको सदुपयोग गर्ने हो भने ली क्वानयु बन्ने आ“ट गर्नुपर्छ ।
जर्जर आर्थिक अबस्था 
(सङ्कट), भ्रष्टाचार, अनियमितता, दण्डहीनता अनि असफल राज्य र प्रशासन “राष्ट्र असफल हुने कारण हुन् अर्थात् संकटकाल नै हो । यही सबै संकटबाट नेपाल ग्रस्त छ । पार लगाउ“छु भनेर आएको नेकपाका अध्यक्षले सरकार हा“केको छन्, सरकार कुहिराको काग बनेको छ । हा“सको न कुखुराको चालले संकटबाट पार पाउन सकिन्न, पार लगाउने इच्छाशक्ति खोई ?
के प्रधानमन्त्री ओली संकटकाल घोषणा गरेर महाथिर बन्न सक्नुहुन्छ ? के लि क्वान बन्न सक्नुहुन्छ ? अर्थात भ्रष्ट नेता, न्यायाधीश, प्रशासक, प्रहरीले कमाएका अकूत सम्पति जफत गरि बिधि बलियो भनेर देखाउन सक्नुहुन्छ ? राजनैतिक अपराधीकरण सफा गर्नुहुन्छ ? बाह्य हस्तक्षेप रोक्न आइएनजीओ मुक्त देश घोषणा गर्न सक्नुहुन्छ ? धर्म, सस्कृति, राष्ट्रिय एकता, स्वाधीनतामाथि भएको आन्तरिक र बाह्य आक्रमण रोक्नुहुन्छ ? कठोर आर्थिक अनुशासन ,मितव्ययी प्रशासन को खाका कोर्नु भएको छ ?
छैन ? केही पनि छैन ।
छ, खाली भ्रम र भाषणमात्र छ ।
लोकतन्त्र फाल्न विपक्षीहरुको भय देखाउने काममात्र छ ।
संकटकाल लगाउने कि मध्यावधि चुनावमा जाने भन्ने अर्को भय छ ।
सरकारको काम जनतालाई विश्वासमा लिएर, जनविश्वासलाई काम राख्दै अघि बढ्ने हो कि जनतालाई भयभित पार्ने ?
दुई तिहाइ मतको शक्तिशाली सरकार, यतिबेला थरथर कामिरहेछ । प्रधानमन्त्री ओली अलोकप्रिय भइसके ।
यसको लागि होइन भने मात्र आफ्नो असफलत र नालायकीलाई थेग्न नसकेर सङ्कटकाल घोषणा गर्नु थप अस्थिरता बढाई बिदेशी हस्तक्षेपलाई प्रेरित गरि नेपालको अस्तित्व लिलाम गर्नु मात्र हो ।
राष्ट्रप्रति जिम्मेवार सार्बभौम नागरिकहरुको मोर्चा बनाएर विदेशीका खेताला र माफियाका मतियार बर्तमान राजनैतिक प्रशासनिक संरचना भत्काउन जरुरी देखियो । यसका लागि नेपाली जुटौं । अन्यथा देश असफल हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper