banner
banner

जनतालाई दुःख बन्यो दुई तिहाइको शक्ति

राजन कार्की -
धातुको तरवार र सत्ताको तरवारमा भिन्नता रहेन, धातुको तरवारले त च्वाट्टै काट्छ, काम तमाम । सत्ताको तरवारले त व्यक्ति, समाज, संस्कृति र राष्ट्रिय जीवनलाई छटपटी हुनेगरी बिस्तारै बिस्तारै काट्छ । कति निर्दयी हुन्छ सत्ताको तरवार ?
जनयुद्धले ठूलै सपना देखायो । खासगरी आदिवासी जनजातिहरु सुखको स्वर्ग नै पाइन्छ भनेर हाम फाले । त्यो जनयुद्ध गएर जनआन्दोलनमा मिसियो र जनआन्दोलनले सफलता पनि पायो । जनआन्दोलन सफल पार्न घरघरबाट मानिसहरु सडकमा निस्किए । तिनै जनबलको तरवारले पहिले राजसत्ता र अहिले जनअपेक्षा रेट्न थाले ।
०६३ साल वैशाख ११ गतेको त्यो परिवर्तनले अव सुखै सुख ल्याउनेछ भन्ने आशा आमनागरिकमा थियो, आफ्ना राजनीतिक नेतृत्वमा भरोसा थियो । जनक्रान्ति सफलतापछि जनताले शुभदिन र सुखक्षणको आशा गर्नु अस्वभाविक थिएन ।
त्यसपछिका १३ वर्षमा जे भयो, नेतातन्त्रमात्र भयो र नेता तथा तिनका आसेपासेमात्र मोटाए । जनताका लागि बसन्त परिवर्तन भनेको कौवालाई बेलपाकेसरहमात्र हुनगयो । अािर्थक रुपमा तन्नम नेता तनखाले नपुगेर नीतिगतदेखि ठाडै भ्रष्टाचारमा मुछिन थाले । कमिशन र दलाली तिनको प्रमुख व्यापार हुनथाल्यो । राजनीति यसरी बाइफाला हुनपुग्यो कि नगरवधुजस्तो ।
न जनताको विश्वास कायम राख्नस के, न जनताको भरोसा नै ।  आज केही गनाएको छ भने नगरपालिकाको फोहरको कन्टेनरभन्दा गनाएका छन्– नेता र सरकारमा बस्नेहरु । कर्मचारीतन्त्त र दलालीदेखि सेटिङमा चल्ने माफिया अर्थात असामाजिक तत्वहरु ।
सिंहदरवारको निधारमा लोकतन्त्रको साइनबोर्ड छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको साइनबोर्ड खुब चम्केको छ । यो चमक भ्रष्टाचारको जलप चम्केको हो । जो अधर्म बढी गर्छ, उसको नाम धर्मबहादुर भनेझैं सूर्य चिन्हधारी नेकपा उज्यालो होइन, जनताको आूखामा भ्रमको कालो पर्दा हालिरहेको छ । ०७३ असोज ३ को संविधान र ०७४ को आमनिर्वाचनमा एमालेले बहुमत ल्यायो, माओवादी मिलेर नेकपा के बनेको थियो, त्यसमा फोरम र अन्य पार्टीको समर्थन मिसमास पारेपछि दुई तिहाइकै सरकार बन्यो । इतिहासमै सर्वशक्तिमान नेकपाको सरकार ।
नेकपा अर्थात सर्वहाराको सरकार । जनताको सरकार । राष्ट्रिय सरकार । अव स्थिरता र स्थायित्व आयो । अव शान्ति, समृद्धि र सुखी नेपाल बन्ने भो । विकासले गति लिनेछ । भिन्नै खालको उत्साहको सञ्चार हुनपुग्यो । तर, नेकपाको सरकार बलात्कारी र हत्यारालाई लुकाउन त्यो शक्ति खर्चिन पुग्यो । ३३ किलो सुन र सुनकाण्डमा मारिएका युवाको छानबिनलाई मत्थर पारिदियो । भ्रष्टाचार बेपत्ता बढेर जाूदा सरकारले कानुनी राज स्थापना गर्नतिर ध्यान दिएन । उल्टै न्यायाधीश भागबण्डामा नियुक्त गर्नथाल्यो । राष्ट्रिय प्राथमिकताका मेलम्ची लगायतका आयोजना हरिहल्लै हुनपुगे, ठेकेदारले मनलाग्दी गरेकामात्र होइनन्, दुई थान जहाज खरिदगर्दा साूढे चार अर्व ठूला पार्टी र कर्मचारी मिलेर हजम गरिदिए । महालेखाको रिपोर्टसमेत कारवाहीमा ाउन सकेन । मन परेकालाई टपक्क टिपेर सांसद मनोनित गर्ने, मन्त्री बनाउने, राजदूतको जिम्मेवारी दिने, संवैधानिक निकायहरु बकसमा बाूड्ने काम गर्न थालेपछि दुई तिहाइको सरकारले पाएको जिम्मेवारी न्याय, शान्ति र समृद्धि अव हुनसक्दैन भन्न सकिने स्थिति बन्दै गएको छ ।
योभन्दा डरलाग्दो दुई तिहाइ बहुमतको दुरुपयोग अरु के हुनसक्छ ? जो सर्वशक्तिमान सार्वभौम जनता हुन्, निरीह पारिए, नागरिकले अन्याय अनुभूत गर्न बाध्य भएका छन् । गृहमन्त्रीको आदेशमा विदेशीलाई बंशजको आधारमा नागरिकता वितरण थालिएपछि त राष्ट्र नै निरीह बन्न पुगेको छ । नेकपाको नेतृत्व बर्गलाई अहंकार यसरी बढेर गयो कि दुई तिहाइ छ, कसले के गर्ने ? जे गरे पनि हुन्छ भन्ने मानसिक रोगले ग्रस्त छ नेकपा । यसैको परिणतिमा आयो– मिडिया काउन्सिल विधेयक । आमसञ्चार नीति र गुठी विधेयक ।
अव मिडियालाई नियन्त्रण गर्नुपर्छ भन्ने नेकपालाई लाग्यो, स्वर्गद्वारीदेखि अन्य मठमन्दिरका हजारौं रोपनी जग्गामा मोहियानी लगाउने र मोहीले २५ प्रतिशत नगदमा जग्गा खरिद गर्न सकिने प्रावधान राखियो । साथै कसैले पनि मन्दिर बनाउन नपाउने प्रावधान पनि त्यही विधेयकमा लेखियो । धर्मकर्म, जात्रा, पूजा, सामाजिक संस्थाका रुपमा रहेका निजी, राजगुठीलगायत समाप्त पारेपछि कम्युनिजम अघि बढ्छ भन्ने सांस्कृतिक क्रान्तिको सोचमा नेकपा अघि बढ्यो । यति गर्न सके ५० वर्ष कम्युनिष्टको शासन अकण्टक रुपमा अघि बढ्छ भन्ने भित्री मनसायमा विधेयक त आए, यी विधेयकलाई मिडिया र जनस्तरबाट अस्वीकार गरियो, अर्को जनआन्दोलनको मसाल जल्न थालेको छ । जसरी युनिभर्सल पिस फाउण्डेशनले नेकपाको सरकारलाई सुशासक भनेर १ करोडको प्रशंसा दिइन्, त्यही कोरियाको निजी विश्वविद्यालयले प्रधानमन्त्रीलाई डक्टरेट उपाधि दियो, यसपछि विश्लेषकहरुले लेखे– गुठी विधेयक होलीवाइनको करामत हो । नेपालमा इसाइकरण बढाउने जबरजस्त जाल हानिएको हो ।
यसरी कम्युनिष्टको कानुनी तरवार उठ्न त उठ्यो, चल्न सक्ने वातावरण खलबलिएको छ । दुई तिहाइको कानुनी तरवार भाूचिदा कम्युनिष्टको शासनसत्ता पनि भाूचिनसक्ने वातावरण निर्माण भइसकेको छ ।
जनतासँग जोरी खोज्ने मनोवृत्ति परास्त हुने क्रममा छ । राष्ट्रसँग जोरी खोज्ने र राष्ट्रलाई निरीह पारेर विदेशीलाई लुटाउने प्रवृत्ति पनि बढेर गएको छ । व्यक्ति बन्ने, समाज र राष्ट्रलाई बिगार्ने मनोवृत्तिका कारण नेकपा अलोकप्रिय बनिसक्यो । प्राविधिक रुपमा ५ वर्षे जनादेश पाएको छ, जनादेश दिने शक्ति विरोधमा उत्रिसक्यो ।
एउटा लोकप्रिय पार्टी, नेता र सरकार ढेडवर्षमै कसरी शिखरबाट भुइमा र भुइबाट खाल्डामा खस्दो रहेछ, नेकपा यसको ज्वलन्त प्रमाण हो ।
सलामी त बाध्य भएर सेना प्रहरीले देला, जनता मलामी गइदिएनन् भने सत्तासीन हुनु सराप भएन र ? जनताको रगत चुस्ने, देश बेच्ने होइन, जनताको सेवक हुू, राष्ट्रको गौरव बढाउने काम गर्नुपर्छ भन्ने चेत नेताहरुमा कहिले आउने ? नेतृत्वले इतिहासबाट शिक्षा लिनसक्छ्, नेताहरुलाई चेतना रहोस्, महाभारतको घटनाबाट प्रेरणा मिलोस्– श्रीकृष्ण थिए र उनको चातुर्यताका कारण दुर्योधनको बसमा परेर धृतराष्ट्रले अूगालो मारेर भीमलाई कच्याककुचुक पारेर सिध्याउने रणनीतिलाई सफल हुन दिएनन् । श्रीकृष्णले फलामको भीम बनाएर अन्धा महाराज धृतराष्ट्रका सामु उभ्याइदिए । भीम बाँचे । नेपालका भीमहरु भारत, अमेरिका, चीनको कूटनीतिक कूटिल रणनीतिक अूगालोमा पर्दै गएका छन् । सार्कको हत्या र इण्डो प्यासिफिकको सेन्टरमा नेपाल, धेरै अँगालोमध्येका अँगालो हुन् । यी नेपाललाई कच्याककुचुक पार्ने अभिष्टसहितको अँगालोको खतराबाट बचाउने कुनै कृष्ण नेपाली राजनीतिमा उपस्थित छैनन् । राजनीति र कर्मचारीतन्त्त विदेशपरस्त, नागरिक समाजदेखि बुद्धिजीवीहरु पार्टीपरस्त, आमनागरिक छटपटीमा भएको अवस्थामा राष्ट्र खतरनाक भुमरीमा फस्दै गएको छ ।
परिवर्तनका अगुवा भीमहरुलाई भीमसेनपाती त बन्न सकेनन् सकेनन्, तीतेपातीसम्म पनि भन्न पाइएन । यति सुन्दर देश नेताहरुको दुष्टताका कारण असहज र असजिलो बन्दै गएको छ । कतै नेपाल अर्को काबुल वा कान्दाहार, इराक वा हैटी बन्ने त होइन ? संशयका काला बादलहरु बाक्लिन थालेका छन् । अर्जुन भनेर मंगीकार गरेका नेतृत्व बर्गमा असुर प्रवृत्तिले छोपेपछि देखिने अपराध नै हो । नेपाल र नेपालीत्व बचाउन कि त चमत्कारिक कृष्णको अवतरण हुनुप¥यो, नभए आमनागरिक आफै श्रीकृष्ण बन्न हस्तक्षेपकारी बनेर सडकमा उत्रनु प¥यो ।
अन्यथा दुई तिहाइको कानुनी तरवार यसैगरी अन्धा धृतराष्ट्र बनेर चल्न दिने हो भने हामीले कति दिन हामी नेपाली हौं भनेर देशको जयगान गाउन पाइएला ? जनआन्दोलन यस्तो दुर्दिनका लागि थियो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper