banner
banner

राजसंस्था ः चर्चा थरिथरिका

स्वयम्भुनाथ कार्की -
तीन बर्षमा मुलुकको अवस्थालाई बाटोमा ल्याएर सुम्पन्छु भन्ने तात्कालिन राजाको वचनको विश्वास गरिएन । यो विश्वास नगरिनुमा ककसको के के कमजोरी 
भयो ? के के भुमिका भयो ? त्यो इतिहासले पक्कै खोज्ला । त्यो खोजाईमा शेरवाहदुरको पहिलो बहिर्गमन पछि र ‘जनताको नासो जनतालाई’ फर्काउनु अघिसम्मको कालखण्डमा भएका सबै कुराको जिम्मेवारी राजा रहँदैको अवस्थामा राजा ज्ञानेन्द्रले लिएको तथ्य नलुक्ला । न अन्तरिम संविधानको संविधान सभाले गरेको संसोधनमा न वर्तमान संविधानमा राजाको उल्लेख भएको छ । त्यसैले राजा भनिनु संविधान सम्मत हैन, तर नभन्नु पनि भनेको छैन त्यसैले राजा भन्नु गैर संवैधानिक पनि हैन । तर संविधानमा केही नलेखिएकै भरमा गैर संवैधानिक मान्ने हो भने कुनै नेताको प्रसंशा गर्नु भनेर पनि लेखिएको छैन, नगर्नु भनेर पनि लेखिएको छैन् । 
जे जसो भए पनि यी बर्षहरुमा राजाको चर्चा कहिले रोकिएन । यो समय विरोधीले गाली गर्न प्रयोग गरे भने समर्थकले ‘राजा आउ देश बचाउ’ नारा लगाउन । विरोध गर्नेले एकलख्खे लगाए अनेकौ फत्तुर लगाए भने समर्थकले पनि उग्र घामको ताप र दर्कने पानी खपेर केवल एक झलकको निमित्त भिड लगाउदै 
गरे । विराधीहरुले राजाको जनसम्पर्कलाई नजरवन्द गरिन लायकसम्म सम्झे, संसदमा प्रश्न समेत उठाईयो । भक्तहरुले छातीमा तस्विरसम्म खोपे । विरोध र समर्थनको यो उग्रता लगातार कायम रह्यो । तर अव विरोधको स्वर उराल्नेहरु संग लोलोपोतो गर्नेहरु घटदै जाँदैछन । पहिले उग्र आलोचना गर्ने कलमहरु अव मुलुकमा राजाको स्थानको वारेमा चिन्तन गर्न लागेका छन् । 
संक्षेपमा भन्ने हो भने संविधानवाट बलात राजा हटाउन भन्दा पहिलेसम्म नेपालमा संवैधानिक राजा थिए । संवैधानिक यसकारणले कि चाहे घेरै होस वा थोरै राजाको काम, कर्तव्य, अधिकार संविधानमा उल्लेख थियो ।  हटाएको बलात यस कारणले कि टिके प्रतिनिधि सभा संसदले आफुले रक्षा गर्न सपथ खाएको संविधान हटाएर मनमौजी लागु गरेको संविधानले उधारो गणतन्त्रलाई निर्वाचित संविधान सभाको पहिलो बैठकको हार्यसुची तोकेको थियो । कार्यविधि बन्नुभन्दा पहिला नै पहिले मतदान गराएर पछि छलफल गराउनु लोकतन्त्रको कुनै मान्यतामा पर्ने थिएन । तर जे होस त्यसपछि राजा संविधानभन्दा माथी भएका छन्, जनता शासन प्रशासनको जत्तिकै खप्की खपेर भए पनि राजालाई राजा नै मान्दैछन । वर्तमानमा राजासंग सत्ता छैन, सेना छैन, राजकिय शक्ति छैन । तर जनताको अगाध आस्था छ , जनताको आत्माले राजा मानेको नै छ । यो हटाउन गरिएका तन, मन धनका लगानी बालुवामा पानी सरह भएका छन् । 
त्यसैले अव राजाको स्वरुपको चिन्तन सञ्चार जगतका प्रवेश गरेको छ । पहिलेसम्म जुन सञ्चार माध्यम राजाको उल्लेखमा सेन्सर गर्दथ्यो त्यो यस्ता सामाग्री प्रचारमा ल्याउदैछ । हिजोसम्म राजसंस्था नेपालको पछ्यौटेपनको कारक देख्ने कलमहरु अव राजसंस्थाको भावी स्वरुपबारेमा लेख्न आरभ गर्दैछन् । कोही राजसंस्था फिर्तिको स्वरुपवारे चर्चा गर्दछन । यस्तो भए आफुलाई मान्य हुने उस्तो भए आफुलाई मान्य नहुने भनेर पोके बुज्रुकपना देखाउदैछन । कोही सांस्कृतिक राजा, कोही धार्मिक राजा, कोही अलंकारिक राजा भनेर परिभाषित गर्दैछन् । राजसंस्था र राष्ट्रवादको सर्वाधिकार आफुसंग भएको दावी गर्ने दल संसद नियन्त्रित, संसदले नियुक्त र वर्खास्त गर्ने राजसंस्थाको कल्पना पस्कदैछ । कोही प्रत्यक्ष राजाको वारेमा नबोलेर ‘चीची पनि मेरो पापा पनि मेरो’ शैलीमा आफुले भनेको फलाना कुराको अर्थ यही त हो भनेर च्यांखे थापेर बसेका छन ।
यो नेपाली भएको नाताले उनीहरुको अधिकार हो । तर यो सबै कुरामा कसैले पनि राजसंस्थाको प्रतिनिधि, वैधानिक प्रतिनिधि जसले जनताको आस्था जीवित राखेका छन उनी के चहान्छन जान्ने प्रयत्न गरेको छ ? यसरी निर्धारण गरिने भुमिका उनलाई स्विकार छ वा छैन त्यो जान्न आवश्यक ठानिएको छ ? हिजो गद्धि सम्हालिदिनु प¥यो साथ दिने हामी छौ भनेर भन्ने भोलीपल्ट देखि साथ दिनुको साटो आरोप लगाउने प्रवृत्ति विर्सेका होलान र ? त्यो पिडा इमेज च्यानलमा पहिलो अन्तरवार्तामा प्रकट पनि भएको छ ‘मैले मलाई विश्वासघात गरिएको महशुस गरेको छु’ भनेर । त्यसैले राजसंस्था वा राजाको वारेमा चर्चा गर्ने हो भने गद्धिमा बस्नेको पनि सोच जान्न आवश्यक छ । उनी हिजो मोहनशमसेरले डो¥याएर गद्धिमा बसालेको, राजपरिषद मन्त्री मण्डल आदिले कर्तव्यपालनको बन्धनले बाँधेर गद्धिमा बसाएको अवस्थामा छैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper