banner
banner

नेपाललाई उठ्नै नदिने फ्याक्टरहरु

भरत दाहाल -
नेपाललाई कहिल्यै पनि उठ्न नदिने फ्याक्टरहरु यी हुन् यीनका विरुद्ध लड्न को को तयार छन् ?
नेपाललाई कहिल्यै पनि उठ्न नदिने फ्याक्टरहरु यी हुन् यीनका विरुद्धमा संझौताहिन लडाई लड्न को को तयार छन् ?
मूल समस्यामा नबोल्नेहरु आकर्षक खोलमा सजाईएका दलाल नै हुन्  ।
१. ईण्डियासँगको खुला सिमाना विनासर्त बन्द गर्नु पर्दछ ।
२. १९५० को अपमानजनक सन्धि एकपक्षिय रुपमा खारेज गर्नु पर्दछ ।
३. नेपालमा भएका सबै ल्न्इरक्ष्ल्न्इ हरुको दर्ता खारेज गर्नु पर्दछ ।
४. बाह्यशक्तिहरुबाट हस्तान्तरित व्यवस्था जरैदेखि उन्मूलन गर्नु पर्दछ ।
५. ईण्डियाबाट अतिक्रमित जमिन कुनै पनि मूल्य चुकाएर फिर्ता गर्नु पर्दछ । 
६. बंशजको आधारमा लिईएका बाहेक सबै नागरिकताहरु खारेज गर्नु पर्दछ ।
७. नेपालको आन्तरिक मामिलामा हात हाल्ने सबै विदेशी दूताबास बन्द गर्नु पर्दछ ।
८. देश लुटेराहरु जो भए पनि तिनीहरुको संपत्ति जफत गरेर श्रम काराबास पठाउनु पर्दछ ।
९. ईण्डियन र ब्रिटीश सेनामा हुँदै आएको नेपालीहरुको भर्ति बन्द गर्नु पर्दछ । .. आदि ।
यी मुद्दाहरुमा जो बोल्दैनन्, तिनीहरुको नेतागिरी कुर्सिको च्याँखे हो । यस्ता च्याँखेहरुमा हामी धेरै पटक फसिसकेका छौं तर हात लाग्यो देशको निरन्तर वर्वादी मात्र । इतिहासको पाठ सिकौं । बरु समय लागोस् तर दिगो समाधाको दिशामा लागौं ! हाम्रो जीन्दगी कहिले यो र कहिले त्यो विदेशी दलालका लागि गुजारिनु हुँदैन । समस्या धेरै गहिरो छ । धैर्यता र विवेक विना यससंग लड्न सजिलो छैन ।
ओली सरकार कसले चलाउँछ ?
अमेरीकन, यूरोपीयन र ईण्डियन षडयन्त्रका विरुद्धमा मुख खोलेर देश निर्माणको विकल्प प्रस्तुत गर्ने को को छन् ?
नागरिकता ऐन संसोधन विधेयक अगाडि बढाईएको कुरा गृहमन्त्रालय र कानून मन्त्रालय दुबैलाई थाहा थिएन भन्ने प्रतिकृया सम्बन्धित ठाउँबाट आएको थियो । गुठि विधेयकबारे पनि प्रधानमन्त्रीबाट यस्तै खालको प्रतिकृया आएको थियो । अहिले रेशम चौधरीलाई नेल लगाएर अस्पतालमा लैजानेहरुलाई कार्वाही गर्न भनेर प्रधानमन्त्रीले दिएको निर्देशनले पनि के कुरा देखाउँदैछ भने नेपाललाई अझ भद्रगोलको अवस्थामा लैजानका लागि दल र राज्यका निकायहरुमा सिआईए, इयू र रअ का एजेन्टहरु आफ्नै ढंगले लागिपरेका छन् ।
सरकारी दलभित्र पुष्पकमल र माधव नेपालको कुरा गरे पनि, कांग्रैसको कुरा गरे पनि वा सडकबाट सुनिने केहि स्वरहरुको कुरा गरे पनि सबैको ध्याउन्न सरकार ढाल्नेमैं केन्द्रित रहेको देखिन्छ । तर केपी ओलीको उत्तम विकल्प को हो र देशलाई उँभो लगाउने त्यसका एजेन्डाहरु के हुन् भन्नेबारेमा कोहि बोल्न चाहेको देखिन्न । ओलीको विकल्प शेरबहादुर, पुष्पकमल, माधव नेपाल, बाबुराम, वामदेव वा नागरिक समाजको खोलमा परिचालित अरु कोही एजेन्ट ? विषयवस्तु विनाको विकल्पको षडयन्त्र अराजकताको डिजाईन हो ।
ओली सरकारले गतिलो काम गरेको छैन भन्ने कुरामा संका छैन तर नेपाललाई यो संकटमा धकेल्ने शक्तिहरु अमेरीकन, यूरोपीयन र ईण्डियनहरु हुन् भन्ने कुरा बोल्न कोहि तयार छ ? नेपाल तिनीहरुको चीन विरोधि रणनीतिको शिकार भैरहेको छ भन्ने कुरा स्पष्ट रुपमा बोल्न अर्को कुनै व्यक्ति वा संस्था तयार छ ? यी साम्राज्यवादीहरु र तिनका दलालहरुलाई नियन्त्रण गरेर नेपालको विकास गर्ने एजेन्डा अरु कोहीसँग छ । छैन भने अर्को दलाल अपराधीको अभिष्ट पूरा गरिदिने खेलको गोटी बन्नबाट जोगिनै पर्ने अवस्था विकसित भइसकेको छ ।
समाधान यो कि त्यो दलाल भन्ने होईन । १२ बुँदेका मतियार र विदेशी दूताबासको पेरोलमा बाँचेकाहरु कोही पनि ओलीको विकल्प होईनन् । ओलीको विकल्प हो– देशलाई बुझ्ने मौलिक चिन्तन, वर्तमान दलाल राज्य व्यवस्था प्रणालीको अन्त्य र विदेशी साम्राज्यवादीहरु र तिनले पालेका एजेन्टहरुको मूलोच्छेदन । नेपालमा अस्थिरताका लागि अर्को कुनै दुर्घटना गराएर दलाल सत्तालाई बचाई राख्ने र कुर्सिमा आसिन हुने पात्रहरुको अनुहार बदलेर भ्रम सिर्जना गर्ने प्रयास भैरहेको छ । यो षडयन्त्रबाट जोगिन जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper