banner
banner

मनको डर बोल्छ, बगेको खोला फर्कन्न

स्वयम्भुनाथ कार्की -
सर्वमान्य भनाई छ– ‘इतिहासले आपैmलाइ दोहो¥याउँछ’ । तर यो निश्चित हो कि दोहोरिएको इतिहास चलचित्र भैm सबै कुरा जस्ताको तस्तै भएर हुँदैन । पात्र फरक हुन सक्छन । केही परिस्थिति फरक हुन्छन । तर, यो सत्य हो इतिहास दोहोरिन्छ । खोलामा बगेको पानी पनि फर्केको हुन्छ । कुरो यत्ति हो कि मुहानबाट महासागर जाने बाटो र महासागरबाट मुहान आउने बाटो फरक हुन्छ । प्रकृया पनि फरक हुन्छ । संसारको सबै प्रक्रिया नै यस्तै चक्रिय पद्धतिले चलेको छ । त्यसैले निर्धक्क भएर भने हुन्छ– ‘बगेको खोला अवश्य फर्कन्छ’ ।
राजनीति क्षेत्रमा त झन कुनै कुरा असंभव नै हुँदैन । अंध समर्थकहरुले ‘युगपुरुष’ घोषणा गरेका गीरिजाबाबुले प्रतिनिधिसभा पुनःस्र्थापना गराई छोडेर यो कुरा प्रमाणित गरिदिएका हुन । ४७ सालमा बहुदलिय व्यवस्था नयाँ आएको हैन ‘पुनःस्र्थापना’ भएको हो । बगेको खोला फर्कन्न भन्नेलाई यो थाहा नभएको पनि हैन । सबैले जानेको कुरा नै हो विरोध सजिलो हुन्छ, विरोधीको काम सजिलो हुन्छ । काम गाह्रो हुन्छ , निरन्तर दक्षता देखाउन नसके असफल बनिन्छ । 
जोगाउन हमेशा जित्नु पर्दछ, भत्काउन केवल एक पल्ट जिते पुग्छ । पछिल्ला दशकहरुमा जनताको निमित्त कष्टकर भएका ‘प्रजातान्त्रिक अभ्यास’हरुमा यो कुरा भोगेकै हो । यी दशकहरुमा सबै संभावनाहरुको परिक्षण भै सकेको छ , संभव भए जतिका गठबन्धनहरु अजमाईसकिएको छ । ती सबै सम्पूर्ण रुपले असफल भएको कारणले निर्माणको तेश्रो शताव्दिमा नेपालको अस्तित्वमा खतरा देखा परेको छ । यो खतरा अरुअरुले भन्दा पनि टड्कारो रुपले तीनै बगेको खोला फर्कन्न भन्नेहरुले नै देखेका छन । किनकी मुलुकको चालकको ठाउँमा उनिहरुनै बसेका छन् ।
उनिहरुलाई आफुले गरेको हरेक भुल थाहा छ । त्यो भुलले निकालेको परिणाम पनि थाहा छ । त्यसैले सबै भन्दा खतरा उनिहरुले नै देखेका छन । यो खतरा विकराल यस कारणले पनि छ कि विगतमा निर्वाध आफुखुशी काम गर्दा पनि उनीहरुले यसको निराकरणको बाटो पहिल्याउन सकेनन । तर यसको अर्थ मुलुकमा अरु कोही पनि यो यसको निराकरणको बाटो जान्दैनन भन्ने होईन । उनीहरु आङ्खनो डङ्खफाभन्दा बाहिरकालाई संकट समाधन गर्न रोक्छन् । उनीहरुमा क्षमता छैन, क्षमतावालालाई ढिम्किनै दिदैनन अनि मुखले सबै मिल्नुको विकल्प छैन भन्न पनि छोड्दैनन । आखिर किन यसो गर्दछन् भनेर अचम्भित हुनुपर्ने कारण छैन । 
यो सबै उनिहरुमा भएको मनको डर हो । यो यस्तो डर हो जसको कुनै उपचार छैन । डर पनि बेकारको हैन, मनमा भएको अपराध बोधले पैदा गरेको डर हो । सबैमा यो अपराध बोध हुनुपर्ने कारण छ भनियो भने त्यो असत्य हुुन्छ । बहुसंख्यकमा पनि डराउनु पर्ने कारण छैन, अझ भन्ने हो भने केही सिमितमा बाहेक अरुमा डराउनु पर्ने कारण नै छैन । तै पनि ती सिमितले आफ्ना डफ्फाका सबैमा त्यो डर घुसाई दिएका छन् । यसो गर्दा आफुले गरेको अपराध सबैलाई बोकाउन पाईन्छ । अनि जतिसक्यो त्यति धेरै समय टिकेर आफुलाई सुरक्षित गर्न सकिन्छ ।
मान्छेले गल्ती गर्छ नै, राम्रो गर्न खोज्दाखोज्दै भएको गल्ती क्षम्य हुनु पर्दछ र हुन्छ पनि । तर अपराध कहिले पनि क्षम्य हुुँदैन । परंपरा संस्कृति छिन्नभिन्न पारेर अर्को संस्कृति बसाउछु भन्ने दिवास्वप्न देख्नेहरु पौराणिक कालदेखि फाट्टफुट्ट देखिएका हुन । चीनमा माओको सांस्कृतिक विनासले के ग¥यो भन्दा पनि अहिले चीनियाँहरु त्यसलाई गौरव मान्छन मान्दैनन भन्ने कुरा महत्वको हो । यस्तै महाभुल गर्न लागि परेकाहरुको मनको डर हो यो । यसको लहैलहैमा अरुले पनि भन्छन् बगेको खोला फर्कन्न । चाहे बगेको खोला फर्कियोस वा नफर्कियोस तर अपराधको दण्ड त भोग्नै पर्दछ । 
जनताको आस्थामा खेलवाड भुल हैन, जघन्य अपराध हो । शक्तिको मदमा भएका गरिएका अपराधहरुलाई अपराध नमानिनु मानवता विपरित हो । श्री पशुपति नाथको पुजा रोकाएको अपराधको दण्ड कस्तो भयो ? दण्ड दिन शिवजी स्वयं त्रिशुल लिएर आउने हैन, केही न केही माध्यम हुन्छ । मै जान्ने भन्ने दम्भले कुनै कुराको असर के के पर्न सक्छ नसोच्नाले गुठी काण्ड जुनरुपमा बढेको छ त्यसले के सम्म हुन सक्छ ? भन्ने सोच्ने समय घर्केको छ । चाहे बगेको खोला फर्केर अर्थात कुना लगाएको राजसंस्था फर्केर होस् वा नफर्केर यो अपराधको सजाय भोग्नु नै पर्ने हुन्छ । त्यसैले राजसंस्था आउन्न भनेर जति नै तर्क गरे पनि जति नै रोके पनि त्यो सजाय दिन राजसंस्था आउनै पर्दैन । राजसंस्था आएन भने पनि त्यो भन्दा कडा सजाय दिने शक्ति आउँछ । कसैमा भ्रम नरहोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper