banner
banner

जनताद्वारा गणतन्त्रको अपनत्व अस्वीकार

राजन कार्की -
यसपटकको गणतन्त्र दिवसमा पनि जनताको सहभागिता रहेन । राज्यको आदेशमा सेना, प्रहरी, कर्मचारी र सत्ताका वरिपरि रहेका राजनीतिका अवसरवादीहरुकै हालीमुहाली देखियो । नाम लोकतन्त्र, लोकलाई समेट्न नसक्ने लोकतन्त्र, नाम गणतन्त्र, गणको नामोनिशान नदेखिएको दिवस । यो परिदृश्य भनेको जनताद्वारा गणतन्त्रको अपनत्व अस्वीकार गरेको प्रमाण हो ।
परिवर्तन समयले ल्याउने हो, ल्यायो । परिवर्तनपछि हुनुपर्ने चार तीन तत्व रहेछन्– दूरदृष्टि, इमानदारिता, सुशासन र निष्पक्षता । यी चार तत्व नहुँदा लोकतन्त्र जतिसुकै उत्तम व्यवस्था भए पनि व्यवस्थापन हुन नसक्ने रहेछ । यो सरकार र संविधानलाई जनताले आफ्नोपन अर्थात अपनत्व अस्वीकार गरिदिए । लोकतन्त्रका सामु यक्ष प्रन उठेको छ– लोकतन्त्रभन्दा राजतन्त्र किन पपुलर भए ? यसको सटिक जवाफ हो– लोकतन्त्र हाँक्ने रथीहरु भ्रष्ट भए, भिजनहीन भए, बेइमान भए, जनताप्रति जवाफदेही भएनन् । योग्यता, पारदर्शिता र जिम्मेवार बन्न नसकेपछि नेताले व्यवस्थालाई कसरी अलोकप्रिय बनाउने रहेछ, पर्दा खुलिसकेको छ ।
देश गरीब छ, गरीब देशका नेताहरु सर्वहाराको, सिमान्तकृत बर्गको, निसहायको परमेश्वरका रुपमा उदाएका थिए, १३ वर्षमा ती राक्षसी प्रवृत्तिका कारण जनताका सहायकसम्म बन्न सकेनन् । गरीब देश र गरीव जनताको चरम शोषण गरेर जति पनि नेता, तिनका परिवार र तिनका वरिपरिका प्रभावशाली व्यक्तिहरु छन्, ती सबै आज लखपति, करोडपति, अर्वपति बनिसके । १३ वर्षमा आएको लोकतान्त्रिक परिवर्तन यही हो ।
जनताको जनजिविका र राष्ट्रका आधारहरु खस्किदै र कडीहरु खुस्किदै गएका छन् । यसको जिम्मेवारी आजका नेताहरुले लिनुपर्छ । जनताले कुनै दिन कसी घसे भने यी नेताहरु पत्रु सावित हुनेछन् । जनताले नै दण्ड दिने दिन आउनेछ । कामना गरौ जसरी स्वतन्त्र सिक्किमको जीवनमा १९७५ आयो र भारतीय बुलेटले घेरेर सिक्किमले स्वतन्त्रता गुमायो, त्यो दिन नेपालीको जीवनमा नआओस् । यद्यपि आजको विश्वमा बुलेटले देश खान मुस्किल छ, त्यसैले जनसंख्याको अतिक्रमण गराएर भारतले २५ वर्ष अर्थात २००० सालको हाराहारीमा नेपालीलाई अल्पमतमा र भारतीयलाई बहुमतमा पु¥याएर जनमत संग्रहको माध्यमबाट नेपाल सिध्याउने ग्य्राण्ड डिजाइन अनुसार नेपालमा षडयन्त्र गरिरहेका छ र त्यो षडयन्त्रको कार्यान्वयन आजका पार्टी र पार्टी नेताहरुमार्फत गरिरहेछ, गराइरहेछ ।
नेपाल बाँच्ने कसरी, नेपालीत्व बचाउने कसरी ? प्रत्येक नेपालीले आज सोच्नैपर्ने विषय यही हो । वीरले देश बनाए, बचाए, आजको नेतृत्व पुस्ता देश डढाएर आगो ताप्दैछ, खरानी बेचेर सम्पन्न हुँदैछ ।
लोकतन्त्र अराजक भीड र अराजक भीड अराजक होडबाजी गरिरहेका छन् । माछा मार्न फिजी पुगेको व्यक्ति १८ वर्षमै फिजीको प्रधामन्त्री कसरी बन्यो, उनको नाम हो महेन्द्र चौधरी । यत्ति कुरा पनि नेपालका नेताले हेक्का राख्न सकेनन् ।
आज नेपालमा जे भइरहेको छ, वीरनरसिंह कुवर जो १९०३ को कोतपर्व गरेर श्री ३ जंगबहादुर राणा बने, तिनकै पदचिन्हमा हिड्नेहरु छन् । जसले ज्यानमारालाई माफी दिइरहेछन्, देशमारालाई लोकतन्त्रको जामा पहि¥याइरहेछन् र भ्रष्ट, तस्करलाई बनमारा झारझैं फैलने अवसर दिइरहेका छन् । यसको बिरोध गर्नेहरु १९०५ को बाँकावीर अर्थात अछामका वीर युवक बलदेव शाही जस्तै उठेका छन् । ती वीरहरुले यिनलाई सुध्रन भनिरहेका छन् र देशम हिन्दुत्व र राजतन्त्रको माँग गरिरहेका छन् ।
अव जनयुद्ध र जनआन्दोलनको सत्य के हो, उजागर भइसकेको छ । जनयुद्ध भारतको प्रोक्सी वार रहेछ, जसले नेपाली राष्ट्रवाद कमजोर बनाएर तारेभीरमा पु¥यायो । जनआन्दोलन भारतकै जोडबलले भएको रहेछ, जसले लोकतन्त्र त ल्यायो, लोकतन्त्रका मानसिक असन्तुलन भएका चालकहरुमार्फत नेपालको अस्तित्व संकटमा पारिसकेको छ ।
देश बचाउन बाँकावीरहरु जाज्वल्यमान भएर उठ्नुपर्छ अव । नेपाल त्यसै पनि वीरको देश हो, बिरांगनाको देश हो । वर्तमान पुस्ताले वीर र बिरांगना बनेर देशघातकहरुलाई तह लगाउनै पर्छ । अन्यथा नेपाल स्वतन्त्र रहन सक्दैन । सुदृढ नेपाल खण्डखण्ड र जाति जातिमा बिभाजित त पारियो, यसलाई सच्याउने जिम्मा वर्तमान युवापुस्ताका बाँकावीरहरुको काँधमा आएको छ ।
यो कथा र नेपाली नेताको चरित्र मिल्दोजुल्दो छ– सर्पले टोकेको मान्छेलाई घाट पु¥याउनासाथ स्यालले देखेछ र आएर सुझाव दियो– सर्पले टोकेको लाश पोल्न हुन्न । गाड्नुपर्छ । सर्पले टोकेको लाश बौरिन पनि सक्छ, कुर्नुपर्छ, साँझासम्म पख्नुस् है । मलामीलाई यो सुझाव ठिकै लाग्यो ।
स्याल गयो, गिद्ध आयो । त्यो स्याल धुृर्तछ, त्यसको कुरा नपत्याउनुस् है । साँझ परेपछि लाश तान्ने सुर छ त्यसको । त्यसैले लाशलाई खोलामा बगाइदिनोस् । मरेको मान्छे बौरिने कुरा बेकार हो । गिद्ध गयो, झाडीमा लुकेको स्याल फेरि आयो र भन्यो– पानीमा बगेको लाश लुछ्ने दाउ छ है त्यसको, बुझ्नोस् । शब बगाउनु हुन्न, गाड्नैपर्छ ।
मलामीहरु ट्वाँ परे, के गर्ने के नगर्ने ? यस्तै छ नेपालो लोकतन्त्र । जसरी पनि जनताको आँखामा छारो हाल्ने हो, भ्रममा पार्ने हो र जनतालाई जिल्याएर गिद्ध र स्यालले लाश लुछ्ने अक्किल निकालेझैं देश र लोकतन्त्रको आवरणमा लुट्नुसम्म लुट्ने काम भइरहेको छ । अत्याचार, दूराचार, तस्करी, भ्रष्टाचार जे गरे पनि लोकतन्त्रको नारा लगाएर भइरहेका छन् । सार्वभौम जनताको कुनै भाउ छैन । नेताहरु दस्ता बनाएर भोटको राजनीति गर्छन् । गरीवलाई पेलेर लोकतन्त्रको बठ्याइँ गर्छन् । सर्वहारा, सिमान्तकृत जनताको पक्षमा कोही उभिन तैयार छैनन् । सबैलाई सत्ताको काजु खाएर ¥याल काढ्नकै हतारो छ । सत्ताका लागि नेता नेता, पार्टी पार्टी र अन्तरपार्टी बिग्रहसमेत झिंझाका डाँकाहरुको नियतिमा देखिन थालेका छन् । नेपालमा कुनै बादी छन् भने खाओवादी छन् । जय नेपालको अर्थ सिध्याउने र आफ्नो जय गर्ने अर्थ लाग्न थालेको छ । नेताहरुको कुकर्मले देशको खप्पर तोडिन र फोडिन लागेको छ । खप्पर नै फोडिएपछि देशबासीको भाग्य सकिनु स्वभाविक हो ।
यही कारण हो, यस्तो लोकतन्त्रभन्दा त राजतन्त्र नै ठिक । यस्तो धर्मनिरपेक्षताभन्दा त हिन्दुराष्ट्र नै ठिक । अव राजतन्त्र आउनैपर्छ, देशको स्वतन्त्रता र सार्वभौमिकता बचाउनै पर्छ । यही कामना हो यतिबेला पहाडदेखि तराईसम्म राजा आउ देश बचाउको नारा लाग्नुको कारण । लोकतान्त्रिक नेताभन्दा राजा पपुलर भएर देखिनुको कारण । राजातन्त्र आउनु भनेको शान्ति, समृद्धि, सुशासनमात्र होइन, देशको राष्ट्रियताको मजबुती पनि हो । यही विश्वास देखिन्छ आमसर्वसाधारणमा । राजालाई स्वागत गर्न पार्टीका नेता, प्रशासकहरुसमेत अग्रसर हुनुले लोकतन्त्र यसरी चल्न सक्दैन भन्ने परिदृश्य हो । लोकतान्त्रिक राजतन्त्र आजको अपरिहार्यता देखियो । नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने रक्षाकवचका रुपमा राजतन्त्र अगाडि सर्नुपर्ने भयो । सर्वसाधारणको माँग यही हो ।
सम्पासञ्चारमन्त्री र मृत्युदण्ड
सञ्चारमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकको बीचबचाउ गर्दै अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिइन्छ भनेका छन् । हो, मृत्युदण्ड दिइन्छ, तर चीनमा भ्रष्टाचारी र समाजविरोधीलाई पनि मृत्युदण्ड दिइन्छ, यतिमात्र होइन, जापानमा भ्रष्टाचारको आरोप लाग्यो र आमनागरिकले भ्रष्टाचारी भनेको सुने भने नेता वा प्रशासकमा यतिबिघ्न लोकलज्जा हुन्छ कि उनीहरु सजायको डरले हाराकिरी नै गर्छन् ।
यी सब नैतिक मुलुक र सुशासन भएका मुलुकका कुरा हुन् ।
नेपालमा नैतिकता त्यो हदमा छ ? नेपाली नेता तथा प्रशासकहरुमा लोकलज्जा छ कि छैन ? किन एउटा नेता अथवा एउटा कर्मचारी केही वर्षमै करोडपति, अर्वपति बन्छ ? कुनै स्रोत केही हुन्न, तर उसले रातारात धन थुपारिसकेको हुन्छ । यो हदको अनैतिकता बोकेको सरकारले पत्रकारलाई अमेरिकामा मृत्युदण्डसम्मको सजाय दिइन्छ भनेर तर्साउन मिल्ला ?
नेपालमा सुन माफिया घुमिरहेका छन्, बलात्कारी र हत्याराको बोलवाला छ, कानुनले तिनलाई सजाय दिन सक्दैन । तस्करी र भ्रष्टाचारीले मुलुक अस्तव्यस्त भइसकेको छ । अनुशासनहीनता सर्वत्र छ । शासन कूशासनमय बनिसकेको छ । नातावाद, कमिशनतन्त्र, माफियागिरी, डनगिरी सबैलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याउन सक्छ सरकारले ?
पत्रकारले भ्रष्टाचारको बिरोध ग¥यो भनेर तिनलाई मृत्युदण्ड दिने व्यवस्था गर्नु कति जायज, कति न्यायसंगत हुनसक्छ ?
पत्रकारको काम जनता र सरकारवीचको माध्यमको काम हो । सरकारको नीतिनियम, निर्णय जनतासम्म पु¥याउनु र जनताका आकांक्षा अपेक्षा सरकारको तहसम्म पु¥याएर लोकतन्त्रमा बल पु¥याउने काम पत्रकारिताले गरिरहेको हुन्छ । त्यस्तो पत्रकारितालँई नैतिक नियमन गर्न छाडेर नियन्त्रणमुखी व्यवहार देखाउनु कति जायज छ ? कति लोकतान्त्रिक हुनसक्छ ?
पत्रकार निश्चय नै सीमामा बस्नुपर्छ, आचारसंहिता पालना गर्नुपर्छ र पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ । पत्रकारितामा राजनीतिकरण गर्ने दलहरु, पत्रकारितामा कार्यकर्ता छिराएर सर्वत्र कव्जा जमाउने दलहरु, अनि जो जिम्मेवार पत्रकारिता गरिरहेका छन्, तिनलाई मृत्युदण्डको हाउगुजी देखाउने ? पहिले सरकारमा बस्नेहरु नैतिक, समाजप्रति निष्ठावान र मतदाताप्रति जवाफदेही हुनुपर्छ । अनि पत्रकारितामा कतिसम्मको अराजकता छ, त्यसलाई आचारसंहितामार्फत सुधार्नु उचित होइन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper