banner
banner

हामी आफैलाई लुटाइराखेका छौं, किन ?

विष्णुप्रसाद शर्मा -
हामी वीर गोर्खालीका सन्तति हौं भन्न नसक्दा यो पवित्र देवस्थल नेपाललाई बद्नाम गराइराखेका र त्यसबाट विदेशीले फाइदा उठाइराखेको अवस्था बुझ्न जरुरी छ ।
२०४६ पछिको नेपाल ः विश्वको इतिहासमा एकमात्र हिन्दु अधिराज्य नेपाल आज क्रिश्चियानिटीको चपेटामा छट्पटाइरहेको छ । शाहवंशीय राजारानीलाई विष्णुका र देवीका अवतारमा पुजिंदै आएकोमा आज त्यो संस्कार बिलिन भई नै सकेको छ । पुरुष तथा महिला केवल यौनका निमित्त सिर्जना भएका हुन् भन्ने भ्रामक अवस्थाको प्रभावमा सबैको मनस्थितिलाई पु¥याउने कामहरु अतिउत्तेजक तरिकाले अग्रणीय बन्दै जाँदा नारीलाई देवीका रुपमा पुजिने परम्परालाई समाप्त गराएर यौन उपाशक ठान्ने हो भने नेपाली संस्कार र संस्कृतिलाई धुलिमाटी भएको देख्नुपर्ने हुन्छ । 
कंगाल र संस्कारबिहीन व्यक्तिहरुलाई मुलुकको साँचो–ताल्चा जिम्मा लगाउने जुन कामहरु भए र जनताले पनि त्यसैलाई स्वीकार गर्दै आउनुलाई नमान्ने भन्ने पनि मनासिव थिए र मान्दै आएका हुन् । जब ११ वैशाख २०६३ मा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जनताको नासो जनतालाई नै फिर्ता गर्ने निर्णय भयो, त्यसले झनै संकट पैदा भएको हो र त्यसैको शीरविन्दूमा टेकेर विखण्डनकारीहरुले सबैथोक नास गरिदिए भने राजसंस्थालाई ठूलो झड्का लाग्यो र हिन्दु धर्मका अनुयायीहरुमा विचलन र मर्माहत अवस्था आइप¥यो । 
मूर्तिलाई पूजा गर्नुभन्दा मर्का बुझ्नु राम्रो हो भन्ने मानसिकताले नेपालको आन्तरिक मर्म, समाजको मान्यता, मूल्य गुमाउनपर्ने सा“चिक्कै अवस्थाले अबको एक सकस बुझ्नुपर्ने राजनीतिक कर्मले गद्दारी गरिदिए भने राजनीतिक बेइमानीको चरमताले समस्या समाधानभन्दा विकराल हुँदै गयो । अष्टचिरञ्जीवी ऋषिमुनिहरुले तपस्या गरेको भूमिमा अन्य किसिमका कुनै पनि धर्मले राष्ट्रको रक्षा कवच धारण गर्न सक्दैन । नेपाली मूलका असल मानिसहरुको नशा–नशामा हिन्दु रगत बगिराखेको छ । नदीहरुमा विगत ३० वर्षदेखि धेरै पानी बगिसकेको छ र पश्चिमा मुलुकहरुको युरो र डलर त्यही पानीमा बगिराखेको छ । तर, नेपाली असली जनताको मन परिवर्तन भएको छैन । खपटे र जुठा टपरी स्याहार्नेहरु बाहेक अरुले यो अवस्थालाई भने अस्वीकार गरेका छन् । तर, ती लगानीकर्ताहरुले भेऊ पाउन सकिराखेका छैनन् । २०४६ पछिको नेपाल आज धेरै संकट, असहज र अकल्पनिय घटना क्रमलाई थेग्दै बा“चिरहेको छ र कोही–कसैबाट भित्रीरुपले खेल्ने खेलाडीको पञ्जामा गुटमुटिएको छ र यो खेलको रिमोट स्वचालित चमत्कारिक अवस्थाको हो । तर, सञ्चारकर्मी, सुरक्षा निकाय, प्रशासनिक शक्ति र विधायिका कुनै पनि अंगहरुले चाल पाइराखेका छैनन् । चाल पाउनेहरु बिकाऊमा छन् र माफियाको धनचक्करमा रमाइराखेका उनीहरुले देशका बारेमा सोचिरहनु पर्दैन । 
२०६३ पछिको खेल ः राजा र सात दलका बीचमा भएको राजनीतिक सम्झौता एकतर्फी तवरले दलहरुले उलंघन गरे । राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह यो पीडालाई चुपचाप सहन् गर्दै होइबक्सन्छ भने ती दलका कोही पापले गली, दली सके भने कोही क्रिश्चियनका घोडा बनिराखेका छन् । वैदिक सनातन हिन्दु अधिराज्यभित्र एउटा घृणाको पादरी बनेका छन्, नेपाल र ओली । यी पादरीहरुलाई नेपालको न माया छ, न धर्म–संस्कृतिकै । यसलाई साथ दिन तिनै खेमाबाट तयार पारिएका भजन भण्डलीहरुले तालि पिटिराखेका छन् । 
भर्खरै एउटा सीके राउतसँग सम्बन्धित खेल खेलिएको छ । त्यो खेलले कुन रुप धारणा गर्ला ? त्यो त हेर्न नै बा“की छ भने प्रथम नजरमै त्यसको परिणाम घातक, अराजक र नेपालको हितविपरीत छ भन्ने दृश्यावलोकन भने प्रष्ट छ । हेरौं, अरु दिनले देखाउने नै छ । प्रतिपक्षको रुपमा देखिन पुगेको नेपाली कंग्रेस न हिजो देशका लागि असल कर्म गर्ने गर्दथ्यो, न आज गरिराखेको छ र न भविष्यमा यसको आश गर्न नै सकिन्छ । कम्युनिष्टहरुले बनाउने होइन, भएकालाई बिगार्ने शिवाय अरु केही गर्नै जानेका छैनन् र भविष्यमा आशा गर्ने ठाउ“ नै बा“की छाडेका छैनन । ११ वैशाख २०६३ पछिको घटना क्रमले नै प्रष्ट पारिदिएको छ कि नेपालमा दलीय व्यवस्था नै अफापसिद्ध रहेको छ भनेर । यो अवस्थालाई १७ सालमै श्री ५ महेन्द्र वीर विक्रम शाहले बुझेर नया“ शासन शैलीको शुभारम्भ गरिबक्सेको थियो । कांग्रेसले यो परिवर्तनको स्वागत गरेर विदेश होइन, स्वदेश बनाउनु पर्दोरहेछ भनेर राजालाई साथ दिएको भए आज नेपाल सा“च्चिकै मेरो देश नेपाल सुन्दर बनि नै सक्ने थियो र सीकेजस्ता र छविलालजस्ता मानिसको बुद्धि बृद्धि हुने थियो । 
मुलुकलाई अग्रगमन गराउने कुराहरु उरालेर कम्युनिष्टहरुले भित्र–भित्रै विखण्डनको भूमिका खेलिराखेका छन् भनेर पंक्तिकारले धेरै अगाडिदेखि भन्दै आइराखेको थियो, यो कुरालाई सुन्ने कोही भएनन्, अब कठिन् यात्रामा सहयोग गर्ने को देखिन्छ र ? सीके राउतले संयुक्त राष्ट्रस“ग नै मिथिलाका बारेमा निवेदन गरेको छ भन्ने नेपालको भाषण टुक्के सरकारलाई जानकारी नहुने अवस्था २०६३ पछिको खेल नै हो र यो कसरतका पछाडि कुनै एउटा ठूलै गिरोह पनि छ । सीके लालले यसको संकेत गरिसकेका छन् । अझै पनि केही समय बाँकी छ, ११ वैशाख २०६३ को राजासँगको सात दलको सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्नुको विकल्प छैन । त्यसो नगरेमा स्वतन्त्र सार्वभौम सम्पन्न राष्ट्र नेपाललाई धक्का लाग्न सक्दछ । यो श्री ५ महेन्द्रलाई पूर्णज्ञान थियो र नै संयुक्त राष्ट्रसंघको सदस्यता लिन हतार गरिबक्सेको थियो भनेर मान्यवरहरुले राति होइन, दिनमै बुझुन् । 
निष्कर्ष ः वेद विश्वलाई सजग र बलियो बनाउनका निमित्त उत्तरदायी छ भने विज्ञानले वेदभित्रका गुणहरुलाई सकारात्मकरुपले प्रयोगमा ल्याएको छ । आजको विश्वको प्रगति वेद र विज्ञानको चमत्कार वैज्ञानिकहरुले छरपस्ट गराउन सकेका कारणले हामी धेरै नजिक पुगेका छौं । तर, वैज्ञानिक तवरले जुन किसिमले भएको ठूलो मर्मलाई भने मानव जातिले सकारात्मकरुपले प्रयोग गर्न सकिराखेको पाइँदैन र यसैको दुरुपयोगले गर्दा विश्वलाई नै यसले नकारात्मक अवस्थामा नपु¥याउला भनेर भन्न सकिंदैन । लक्षण सामाजिक सञ्जालको गलत प्रयोगले देखाइसकेको छ । 
नेपाल यस्तो देश हो, जुन देशलाई वैज्ञानिक तवरले नभएर दैवी शक्तिले थामिराखेको छ भनेर भुल्न थाल्नु नै मानव जातिको बुझ्ने शक्ति क्षीण बनेको हो र यसको असरले भविष्यमा ठूलो संकट पर्दै जाने पक्का छ । विज्ञानले चाँडो र क्षतियुक्त प्रभाव पार्दछ भने वेदले ढिलो, तर क्षतिविहीन अवस्थामा शक्ति प्रदान गर्दछ । नेपाली जनता वेदलाई मूलमन्त्र मान्दछन् भने पश्चिमेलीहरु विज्ञानलाई । यसैका कारणले गर्दा हाम्रो र उनीहरुको समानान्तर अवस्थै हुन सक्दैन । नेपालीहरु उनीहरुभन्दा धेरै माथिको स्तर कायम भइसकेका थियौं । विडम्वना कागको बथानमा बकुल्लाले रंग बदलेको छ भनेर चालसम्म पाउन नसक्नु भनेको राष्ट्रको सुरक्षा नीतिमा नै कमजोरी रहेको स्वीकार गर्नै पर्दछ । 
कर्मकाण्ड चलाउने र राष्ट्र चलाउनेमा भिन्नता छ । राष्ट्र भनेको हाम्रो प्राण हो र शान हो । खेलाँची र नैतिकताविहीन तवरले देशको अखण्डतालाई कुनै हिसाबले बचाउन सकिंदैन, त्यसैले पञ्चशीलको सिद्धान्तलाई शाहवंशीय राजाहरुले शीरोधार्य गर्दै आउने गरिबक्सेको थियो । अबको अवस्था दलीय प्रभावमा पश्चिमेली कु–संस्कारको परिणती महिलाहरुबाटै देखिंदै आएको छ । हिन्दु समाज अनि संस्कारले नारीलाई लक्ष्मी–देवीका रुपमा पूजन गर्ने परम्परा छ । तर, क्रिश्चियानिटीले नारीको हुर्मत लिएको छ, ता पनि महिलामा यो चेतना छैन, किन ? यो प्रश्नको उत्तरमा एउटा अनुसन्धानले पुरुषभन्दा महिला बढी छाडा बनेको प्रष्ट छ, अन्यथा अर्थ नलगाइयोस् । 
नारी आफैंमा महान् छिन्, उनले नखरा गरिराख्नु पर्दैन । तर, नारी स्वतन्त्रताका नाममा देखिएको विकारले समाजलाई ध्वस्त बनाउने छ । यसको असर आजको राजनीतिमा प्रष्ट देखिएको छ र आफ्नो देशभन्दा फिरंगीहरुको देशलाई नै महत्व ठानिदै आएर धर्म–संस्कार र मान्यतालाई तिलाञ्जली दिइएको छ, किन ? यी यावत् कुराहरुलाई राजसंस्था र वैदिक सनातन धर्मविहीन अवस्थामा नेपाल पनि रहँदैन भन्ने प्रमाणका लागि लिन सकिने उदाहरणहरु हुन् र हामी यही प्रवृत्तिले अगाडि बढिरहने हो भने आफैंलाई ठूलो धोका दिनेछौं । विद्रोहीलाई दबाएर सत्ता सुरक्षित हुन सक्दैन भनेर पनि बुझौं । नेत्रविक्रम चन्दको राष्ट्रिय स्वाधिनताको लगावप्रति मेरो पूर्णसमर्थन छ । अरु विषयमा मेरो समर्थन छैन र स्वीकार्य पनि छैन, प्रष्ट हुन अनुरोध छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper