banner
banner

देशका सत्ता–सडकभरि मीरजाफर

शाश्वत शर्मा -
१९७५ मा सिक्किम भारतले खाएपछि लेण्डुप खुब चर्चामा आए । एउटै लेण्डुपले सिक्किमको राष्ट्रियतालाई भारतमा मिसाइदिए । नेपालमा त गल्ली गल्लीमा लेण्डुप छन्, लेण्डुपहरु अव नागरिकताको हतियारबाट नेपालको राष्ट्रियतालाई भारतीयकरण गर्न अग्रसर भएका छन् ।
इतिहास साक्षी छ– अंग्रेजले बंगाली सेनामा लोभीपापी खोज्ने क्रममा नबाबका सेनापति मीरजाफर व्यक्तिगत लाभ हुन्छ भने देशै बेच्न तैयार रहने व्यक्तिका रुपमा भेट्टायो र उसलाई हतियारका रुपमा प्रयोग गर्न थाल्यो । मीरजाफर अंग्रेजले दिएको र देखाएको सम्पत्तिमा यसरी लोभियो कि उसले सेनापतिको निर्णय हैसियतसमेत अंग्रेजका सेनापति रोबर्ट क्लाइबललाई दिए । त्यस्ता मिरजाफरहरु इतिहासमा बदनाम छन्, नेपालमा यस्ता मिरजाफरहरु कति छन् कति ? यसकारण नेपालको राष्ट्रियता धरापमा परेको छ ।
यिनै मिरजाफर प्रवृत्तिलाई अंग्रेजहरु आज पनि हड्डी दिएपछि चुसेर बस्ने कुकुर ठान्छन् । किनभने अंग्रेजले नवाव बनाइदिन्छु भनेको भरमा मीरजाफरले आफ्नो मुलुक, आफ्ना नबाबलाई धोका दिएर अंग्रेजको सेवा गरेर । हो, उनले पर्याप्त धन सम्पत्ति पाए तर देशप्रतिको गद्धारीले गर्दा आज पनि मीरजाफर भन्ने व्यक्तिको नाम कलंकको रुपमा लिइन्छ । १२ बु“दे दिल्ली सम्झौताले देशको अस्तित्वलाई जोखिममा पारेको छ । त्यही सम्झौताका कारण नेपालमा भारतको दबदबा बढेर गएको छ । हाम्रा नेताहरु कति देशभक्त हुन्, दिनदिनै तिनका क्रियाकलापले प्रष्ट पारिरहेकै छन् । तैपनि यिनकै ठूलो स्वर सुनिन्छ ।
मिरजाफरका कारणले भारतमा अंग्रेज हुकुमत झन बलियो हुनगयो । यतिखेर किन मीरजाफरको चर्चा चलिरहेको छ भने संसदमा पेश भएको नागरिकता विधेयक, मिडिया काउन्सिलको बिधेयकले नेपालमा विदेशी निरंकूशता बढ्ने संकेत गरिरहेको छ । नागरिकता विधेयक पारित भयो भने त नेपालमा नेपाली अल्पमतमा पर्नेछन् र अर्को दुई चुनावभित्रै नेपालमा फिजीकरण देखिनेछ ।
यही हो नेपालको लम्पसार नीति भनेको । स्वाधीन नेपालमा संविधान कार्यान्वयनको क्रममा छ, देशै सिध्याउने कार्यक्रम पो लागू हु“दैछ ।
देशभित्र बहादुर शाह चाहिने बेलामा मीरजाफरको बिगबिगी । यो चाहिं नेपालको इतिहासकै कलंकपूर्ण कालखण्ड हुनपुगेको छ । एकातिर केही अंगीकृतले नेपाललाई टुक्य्राउन खोज्ने र अर्कातिर शासक बनेका ठूला पार्टीका नेता नै विदेशीको इसारामा चल्न थालेकाले नेपाल गम्भीर संकटमा परेको देखिदैछ । नेपाली जनताले संचेतन नहुने हो भने अस्तित्व मटियामेट हुने खतरा भयो ।
किनकि ठूला साना पार्टीहरु पटक्कै बोल्दैनन् । केही व्यक्तिहरु सडकमा बिरोध गरिरहेका छन्, पार्टीहरुले देशलाई विदेशीकरण गर्नेभए, बचाउन मुस्किल छ भनिरहेका बेलामा अदालतमा समेत राजनीतिकरण गरेर पार्टीहरुले विदेशी चलखेल सफल पार्न भित्रभित्रै कसरत गरिरहेका छन् । नेपाल बचाउने काम अव नेपाली जनताको का“धमा आएको छ । जनता जाग्छन्, जाग्नैपर्छ र जनताले खबरदारी नगरेसम्म दलहरु यसैगरी विदेशी तत्व र ताकत बनिरहनेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper