banner
banner

प्रधानमन्त्री नै जनउपचारमा

गंगा दाहाल -
यस्तो वेलामा पूर्व परिएका राजाले आङ्खनो सोच मार्गचित्र समेत प्रस्तुत गरेका छन । के नेपालीले एक पटक त्यसमा विचार गर्नु पर्दैन र ? अस्विकृत वा स्विकृत जे गरे पनि त्यो सोच र गर्नसक्ने क्षमताको आधार हेर्न आवश्यक हुन्छ नै । विगतका बर्षहरुमा देखाएको व्यवहारले उनी माथि पुर्वाग्रह राखिएको प्रमाणित हुन्छ । घोषणा गर्ने समयसम्म पनि खाका स्पष्ट नभएको संविधान र विधानको राजाले पेश गरेको खाका दाँजेर हेरिनु पर्दछ ।
विभिन्न मत, धारणा, सिद्धान्त र विचार फरक हुनु बहुलवादी राजनीति, संस्कृति र पद्धतिको स्वाभाविक विशेषता हो । तर जहाँसम्म सिंगो राष्ट्रको धारणा र मान्यताको कुरा आउँछ त्यहाँनिर सबै मान्य, समन्वयपूर्ण र सामञ्जस्यको अवस्था रहनुपर्छ । मेरो मत, मान्यता र आदर्श भनेकै त्यही सर्वसम्मत राष्ट्रियता हो । देशका सबै जातजाति, वर्ग, समुदायलाई राष्ट्रको मूलधारमा ल्याउने र सबैको समान उत्थान गर्ने समावेशी विधिविधान ’ के नेपालीको यो आवश्यकता हैन र ?
‘जल, जमिन, बन, जडीबुटी तथा खनिज स्रोतका अपार साधन भएको हाम्रो देशमा हामीले तिनै कुराको विकासमा आङ्खनो जनशक्ति लगाउन सक्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्रका निमित्त हाम्रो जोड रहनुपर्छ– सदा स्वतन्त्र, शान्त, सुन्दर र साहसको परिचय दिएर विश्व मानचित्रमा नाम कमाएको देश नेपाल– आर्थिक रूपले पनि सबल हुन सक्नुपर्छ । यसका निमित्त हामीले देशी –विदेशी लगानीको राम्रो संयोजन गर्न सक्नुपर्छ’ । यो नेपालीको सपना हैन र ?
युवा पलायनको ओठे चिन्ता सबैलाई छ । तर सत्तामा पुग्ने वित्तिकै युवा निर्यातको बाटो खोजेको प्रष्ट देखिन्छ । यो पलायनको कारण मुलुकमा रोजगारीको घट्दो मात्रा हो जो कार्यकर्ता पालनका निमित्त दलहरुका भातृ संगठनको दवाव हो । ‘ युवाशक्ति नै राष्ट्रको त्यो मूल शक्ति हो जसबाट राष्ट्रको समृद्धिका लागि विशिष्ट योगदान हुनसक्छ । तर हाम्रो त्यो होनहार युवा जनशक्ति आज बिदेसिन बाध्य छ । रोजगारी, इलम र कामधन्दाका लागि विश्वका विभिन्न देशमा पलायन भएको छ । राष्ट्र निर्माणका खम्बा युवा समुदायलाई विदेश जान रोक्ने र गएकाहरूलाई फर्काउने अनि उनीहरूलाई स्वदेशमै रोजगारीका व्यापक अवसरहरू सिर्जना गर्नेतर्फ राज्यको गहन ध्यान जानु आवश्यक छ’ । समस्या त पहिचान भएको नै छ तर त्यसको समाधान पनि छ । 
विगतका झण्डै तीन दशकमा तिनै पात्र र तिनै प्रवृतिलाई बारंवार जनताले मौका दिएको छ । हरेक पटक धोका भएको छ । एक मौका यी कुराहरुलाई पनि दिंदा खासै फरक पर्दैन । राजसंस्था पनि असफल भएमा पाखा लगाउन सकिने रहेछ भन्ने उदाहरण विगतको दशक भएकै छ । बरु आफुमाथि हैकम चलाउन टाउकोमा बसेका केही व्यक्तिहरु स्वघोषित निर्विकल्प भएका छन । इलाज खर्चमा विमारीलाई, शिक्षा खर्चमा विद्यार्थीलाई कर लगाउन सक्ने व्यवस्था कति जनकल्याणकारी हो त्यो भन्ने कुनै आवश्यकता नै छैन । धेरै भयो सपनाको व्यापार, अब यसको विकल्प ल्याउनै पर्दछ । राजासंग भएको समग्र राष्ट्रको सिंगो विचार एक पटक किन परिक्षण नगर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper