banner
banner

ऐतिहासिक पुस्तक :My Greater Nepal

बुद्धिनारायण श्रेष्ठ– 
गोरखा एक्सप्रेसका सम्पादक तथा लेखक राजन कार्कीको सम्पादनमा प्रकाशित अंग्रेजी भाषाको पुस्तक ‘माई ग्रेटर नेपाल’ सार्वजनिक भएको छ ।
वैशाख २६ गते कानुन दिवसका दिन आयोजित एक कार्यक्रममा पुस्तकका लेखक दसैजना तथा समीक्षकहरूले पुस्तकको विमोचन गरेका हुन् । 
पुस्तकमा बुद्धिनारायण श्रेष्ठका अतिरिक्त, राजन कार्की, भरत दाहाल, प्रेमसागर पौडेल, नरेन्द्रप्रसाद उपाध्याय, डा. शास्त्रदत्त पन्त, रत्नसंसार श्रेष्ठ, दीर्घराज प्रसाई, वसन्त खडका तथा साध्यबहादुर भण्डारीका आलेख संग्रहित छन् । पुस्तक नेपाल बुझ्न र बुझाउन सक्षम कृतिका रुपमा रहेको छ ।
भोजन गृहको प्राङ्गणको कार्यक्रममा प्रा.डा सुरेन्द्र केसी तथा पूर्व जरनल डा. प्रेमसिंह बस्न्यातले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । प्रेमसागर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तक सम्पादक राजन कार्कीले नेपालबारे विदेशीलाई जानकारी गराउनका लागि अंग्रेजीमा प्रकाशित गरिएको बताउँदै बाक्लो उपस्थित निम्तालुको स्वागत गर्दै मन्तव्य राखेका थिए ।
त्यस अवसरमा मैले सबै लेखकका तर्पmबाट यस्तो अभिव्यक्ति दिएँ–
– पुस्तकमा नेपालको पहिचान, अस्तित्व, सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता जोगाइराख्ने प्रकृतिका लेखहरु रहेका छन् ।
– पुस्तकको न्वारन नै विशाल नेपाल । 
– पुस्तकभित्रका लेखहरु विशाल विचारका छन् ।
– कसैको थिचोमिचो नसहने प्रकृतिको नेपाल रहेको छ ।
– कसैको अधिनमा नरहेको नेपालको कथा व्यथा उल्लेख छ ।
– एउटी आमाले प्रसव वेदना खेप्दै बच्चा जन्माए जस्तै १० लेखकले नेपाल आमाको असह्य वेदना उजागर गरेका छन् ।
– आज नेपालको सिमाना मिचिएको छ । 
– भारतीय बाँधले नेपाली जनता डुबानमा परेका छन् । 
– नेपाली जनता वैचारिक अतिक्रमणमा परेका छन् ।
– राती सुत्दा नेपाली, भालिपल्ट उठ्दा भारतीय भइरहेका हुन्छन् ।
– सम्पादक राजन कार्कीले विशाल मनले पुस्तक सम्पादन गरेका छन् ।
– प्रकाशक रत्न सागर प्रकाशनका प्रवन्ध निर्देशक तथा हर्ताकर्ता मोहन केसीले विशाल मनले ब्चत एबउभच ज्बचम द्यष्लमष्लन समेत गरी विदेश चलान हुने स्तरको पुस्तक बनाएका छन् । सफ्ट वाइण्डिङ्मा पनि उपलव्ध छ ।
– यो पुस्तक ज–जसले पढ्छन् र मनन् गर्छन्, उनको राष्ट्रप्रतिको मन र दिमाग विशाल हुनसक्छ । नेपालप्रतिको गौरववोध हुनसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper