banner
banner

जनअसन्तुष्टि खोतलौं, दिशा सच्चिन्छ

अधिवक्ता गंगा दाहाल- 
काम गर्दा कमी कमजोरी हुन्छन्, सच्याएर र जनअभिमत दिनेको जनमतको अपेक्षा र आकांक्षा बुझेर निर्णय गर्नुपर्छ, त्यसपछि दिशा सही छ, दशा सुध्रिन्छ भनन सकिन्छ । सरकारसँग ५ वर्षको म्याण्डेट छ, यो म्याण्डेटलाई जनअपेक्षाको साँचो ढाल्न नसकिएको हो कि भन्ने जनअसंतुष्टिबाट थाहा पाउन सकिन्छ ।
नेकपाप्रति विश्वास कम भएको छैन । यो विश्वासमा केही संशय उठ्न थालेका छन्, यसको जिम्मेवारी लिएर केही गलत गर्ने तत्वहरुलाई समयमै ओखती गर्न सकियो भने यो सरकारको दिशा र दशा दुबै सप्रेर जानेछ र अर्को चुनावमा पनि यस्तै प्रचण्ड बहुमत देख्न पाइनेछ । यसका लागि गर्नुपर्ने एउटै काम हो, जनताको आवाजको सुनवाई । जनताले नचाहेका कुराको कटौती ।
सरकारमा बस्ने नेतृत्व र तिनको प्रशासनमा विधिविपरितका हस्तक्षेपले सरकारलाई घाटा हुने संकेतहरु देखिएका छन् । सरकार भनेको प्रधानमन्त्रीमात्र होइन, टिम वर्क हो । टिमका केहीले गलत गर्दा अथवा विवेक नपु¥याउँदा यसको असर प्रधानमन्त्री र सिंगो सरकारमा पर्छ । जनतामा दुस्प्रभाव पर्ने खालका र आलोचना हुनसक्ने निर्णयहरुमा प्रधानमन्त्री सचेत र जिम्मेवार हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper