banner
banner

गणतन्त्रले मुलुक बर्बाद पार्दैछ

शश्वत शर्मा
मुलुकको चिन्ता गर्ने कि नगर्ने ? मतदानबाट जुन जिम्मेवारी जनप्रतिनिधिहरुलाई दिएको हो, त्यसमा जनप्रतिनिधिहरु जवाफदेहीता लिन पन्छिन थालेका छन् । मुलुकको बर्बादीको कारण राजनीतिक नेतृत्व हो, जनता जागरुक नहुने हो भने यही नेतृत्वले मुलुक बर्बाद पार्नेभयो । २०७२ साल असोज ३ गते फास्टट्य्राकबाट घोषणा गरिएको गणतान्त्तिक शासन व्यवस्था पूर्णतः असफल भइसकेको छ । जनताको सुझावलाई बेवास्ता गरेर एकतर्फी रुपमा बलात् घोषणा गरिएको संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताले गर्दा मुलुकको अस्तित्व संकटमा पुगेको हो । ३ तहको सरकार भनेको कार्यकर्ता पाल्ने र जनताको शोषणा गर्ने खालको भएकाले असुरक्षा, महगी, बेरोजगारी र द्वन्द्व यसरी बढेको छ कि देश नै संकटमा फस्न पुगेको छ ।
जनयुद्धपछि जनआन्दोलनमा जे जति सपना देखाइएका थिए, ती सबै भ्रम र मित्थ्या साबित भइसकेका छन् । अझ सरकारले संसदबाट पारित गराउन लागेको नागरिकता र मिडिया बिधेयक हेरेपछि अव देश सिध्याउने प्रपञ्च सुरु भयो भन्न थालेका छन् पार्टीकै व्यक्तिहरुसमेत । अरु त अरु पार्टीकै मिडियाहरुसमेत निरंकूशताको हद नाघ्यो भन्न थालेका छन् । अव स्थिति कस्तो आयो भने सर्वोच्च अदालतमा नियुक्ती पाएका मानीय न्यायाधीशविरुद्ध अधिवक्ताले नियुक्ती रोकिपाउँ भन्दै रिट हाल्नुपर्ने भयो । नियुक्ती नरोकिए, उनको बेञ्चमा मुद्दाको पेशी नचढोस् भन्नेसम्ममा पुग्नुपर्ने भयो । के होला यो मुलुकको हालत ? कहाँ गए हिजोका ती स्थापित प्रणालीहरु ? राम्रा र गतिला कामा त केही पनि देखिन छाडेको छ ।
दिनहुँ बढिरहेको तस्करी, बलात्कार, हत्या, ठूलासाना सबै खाले भ्रष्टाचारहरुलाई मध्येनजर गरेरै हिजोका आन्दोलनका अग्रपंक्तिका व्यक्तिहरु भन्न थालेका छन्– सत्य त भ्रष्टाचार गर्नु पो रहेछ । वाइडबडी खरिददेखि एनसेलसम्मका,३३ किलो सुनदेखि वालुवाटार जग्गा प्रकरणसम्मका काण्डले अव भ्रष्टाचार अर्वौं खर्वौंमा हुने गरेको पुष्टि भइसकेको छ । यो मुलुकलाई विदेशीको हिल्ला लगाउन ठूला पार्टीका ठूला नेताहरु कम्मर कसेर लागेको देखिदैछ । प्रश्न यत्ति छ– सत्तापक्ष राष्ट्रघाती भयो भयो, विपक्षी कांग्रेस र साना दलहरु किन सडकमा ओर्लदैनन् ? आन्दोलनका लागि कसको निर्देशन, साइत पर्खिरहेका हुन् ? राष्ट्रघाती नागरिकता विधेयकमा पार्टीहरु मौन छन् ।
राष्ट्रका मुद्दाहरुबाट ध्यान हटाएर ठूला नेताहरु कार्यकर्ताहरुको ध्यान अन्यत्रै मोडिरहेका छन् । युवा विद्यार्थीहरुसमेत मौन रहनुले यो देशमा विदेशी प्रभाव कसरी बढेछ, अनुमान गर्न सकिन्छ । कांगे्रेसदेखि राप्रपासम्म आन्दोलन गर्छौं भन्छन् र आन्दोलन गरिरहेका देखिदैनन् । आन्दोलनको कुरा हुन्छ, आन्दोलन हुँदैन । आन्तरिक रुपमा अराजकता छ, सीमासमेत खुम्चिदैछ भने विदेशी हस्तक्षेप बढेको छ । यसैवीच धर्मपरिवर्तनको बाढी नै चलेको छ । हिन्दु, बौद्ध र अन्य धर्मकालाई लोभमा पारेर इसाई बनाइदैछ । पश्चिमाभन्दा पनि कोरियान, जापानी इसाईहरु देशैभरि फैलिएका छन् । सिमान्तकृत जाति र गरीव बस्तीमा नाना, खाना र छानासँग धर्म साटिदैछ । ठूलै लोभको जालमा त पढेलेखेकासमेत परेका छन् । बेरोजगारीका कारण र बढी लाभमा फसेका कारणले देशमा ठूलै आपतका स्थितिहरुको सिर्जना भइरहेका छन् । संचतना आजको खाँचो हो । नेपालमा चीन समर्थित सरकार छ कि भारत–अमेरिका समर्थित ? भनेर सोध्ने दिन नजिकै आउँदैछ । हुन पनि अव मैदानमै सबै खेलाडी आइसकेका छन् । हिजो यो मुलुक राजतन्त्रको छहारीमा स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर उन्मुख थियो ।अ ाज...। विदेशी हैकममा ल्याइएको गणतन्त्रका कारण हामीले आप्mनो सम्पूर्ण विशेषताहरु गुमाउन थालेका छौं । यो मुलुकलाई जोगाउने हो भने, सबै राजनीतिक शक्तिहरको सहभागिताको विकल्प छैन । स्मरणरहोस्, राजतन्त्र पनि राजनीतिक शक्ति नै हो । जो संविधान बाहिर छन्, तिनीहरु पनि राजनीतिक शक्ति हुन् । पर्खनु भनेको मृत्यु कुर्नु हो । देशको अवस्था साह्रै नाजुक भइसकेको छ

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper