banner
banner

राष्ट्रवाद कुनै पोशाक होइन भावना हो

स्वयम्भुनाथ कार्की -
यो विसं २०४५ तिरको कुरा हो, लामो भारतीय नाकावन्दीको मारले स्वभाविक रुपमा नै नेपालीहरुमा भारत प्रति नकारात्मक भावना पैmलाएको थियो । राजिव गान्धीले शुरु गरेको यो नाकावन्दी वीपी सिंहले पनि समाप्त गर्ने छाँट नदेखाए पछि स्वभाविक रुपमै नेपालीले भारतले आफु प्रति दुर्भाव राख्छ भन्ने ठाने । नेपाल प्रतिको यस्तो अन्यायले राष्ट्रवादीहरुलाई भारतलाई नराम्रो मान्न प्रेरित गरेको थियो । यसै कारणले तात्कालिन अवस्थामा भारतप्रतिको आक्रोश नै राष्ट्रवाद होकी जस्तो देखिएको थियो । तर त्यसै समय नेपालमा भएको परिवर्तनका नायकहरुलाई भारत विरोधी भावना साम्य पार्नु थियो । 
विसं २०४७को त्यो समयमा नेपाली कांग्रेस र वाममोर्चाको संयुक्त प्रयासमा राष्ट्रवाद शव्द नै बदनाम गराउने अभियान चल्यो । अन्धो राष्ट्रवाद लगायतका शव्दहरुको आविष्कार भयो, ती मध्ये कति शव्द त यस्ता थिए जसलाई दोहो¥यादा पनि श्लिलताको सिमा उलंधन हुन्छ । भनियो भारतलाई गाली गर्नु देशप्रेम हैन । यो घटनाको २८ बर्ष पछि तिनै मुखहरु भारतलाई गाली गरेर राष्ट्रवादी कहलिने प्रतिस्पर्धामा भए । आपैmले अछुत जस्तो व्यवहार गरेको राष्ट्रवादी शव्दलाई कुनै उत्तम पोशाक जस्तो आफ्नो अङ्गमा धारण गर्न मरिहत्ते गरे । विडम्वना राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको मण्डले शव्दलाई शव्दकोषमा नराम्रो अर्थमा समावेश गर्ने राजनैतिक विचारधाराकाहरु नै राष्ट्रवादी विषेशण पहिरिन थाले । जुन तीन सदस्यका कारण त्यसवेला जनतामा मण्डलको नराम्रो छाप परेको थियो त्यसै मध्ये एकले त्यो राष्ट्रवादीको विल्ला ओलीलाई सुम्पिए ।
राष्ट्रवादीहरुले न त्यो समयमा भारत विरोधलाई मात्र राष्टवाद मानेका थिए, न अहिले नै मान्छन । उनिहरु स्पष्ट छन, राष्ट्रवाद भनेको आफ्नो राष्ट्रसंग आफुलाई आत्मसात गर्नु हो । त्यसैले कुनै राष्ट्रको विरोध राष्ट्रवाद हैन तर आफ्नो राष्ट्रलाई पिर्ने हरेकसंग लड्नु राष्ट्रवाद हो । त्यसवेला पनि भारतले पिरेको थियो र उसको विरोध भएको थियो । भावनामा राष्ट्रवाद राख्नेलाई राम्रेरी थाहा हुन्छ कि राष्ट्र भनेको भुगोल मात्र हैन यो भुगोलका आफ्ना नागरिक पनि यसमा सामेल छन । परम्परा र संस्कृति अनि आपसमा जोडने भावना पनि राष्ट्र हो । नेपाल भनेको काठमाण्डौ खाल्टो मात्र हैन, नेपाली भनेको सत्ताका आसपासका दलका सदस्यहरु मात्र हैनन । 
आज राष्ट्रवादको नामले चोखिन खोज्नु भन्दा पहिले आफ्नो आत्मा धुन आवश्यक छ । श्री पशुपतीनाथमा क्षमापुजाको प्रहशन गरेर एक धर्मको आस्थाकेन्द्रको समेत अपमान गरेर राष्ट्रवादी होइन्न । पशुपति धाम कुनै प्रेक्षालय हैन त्यो धेरैको आस्थाको केन्द्र हो, त्यहाँ हास्य कलाकारहरुले प्रहसन गर्नु र ती आस्थाका पुञ्जलाई पनि आफ्नो प्रहशनमा पात्र बनाउनु आस्थावानहरुको अपमान हो । हिजो राजाको मात्र प्रवेश हुने विधि भएकोे स्थानमा मोदीलाई पशुपती प्रवेश गराउनेहरु मोदी विरोधको रथमा सवार भएर राष्ट्रवादी हुन खोजे । हो, कानुनन राजाको अस्तित्व समाप्त गरिएको छ, तर यसको अर्थ यो कदापी हैन की एक विदेशी सरकार प्रमुखलाई परंपरागत रुपमा राजालाई मात्र प्राप्त हुने अधिकार दिईयोस । यो त उनलाई आफ्नो मुलुकको राजा स्विकार गरेजस्तै अर्थ भएन र ?
अहिले राष्ट्रवादको पोशाक भिरेर कोही नेपालीको मनमा बस्न सफल होला । मुलुकको वागडोर पनि सम्हाल्ला, तर त्यसपछि उसले आफ्नो त्यो पोशाक खोलेर कुनामा फाल्दैन भन्ने के आधार छ ? विगतमा पनि मुस्ताङ म्याक्स चडेर विप्पामा चिप्लिएको नेपाललीले नदेखेको हो र ? आफ्नो सत्तारोहणको निमित्त राष्ट्रवाद हतियार वनाउनेको विगतमा राष्ट्रवाद प्रति कस्तो व्यवहार थियो त्यो चटक्कै भुल्न मिल्छ र ? भारत विरोधमा आकाश पाताल जोडेर राष्ट्रवादी कहलाउन खोज्नेहरु मध्ये कतिले दिल्लीको आर्शिवादको निमित्त दौड लगाएका छन वा छैनन त्यसको लेखा हुनु पर्दैन र ? 
हिजो राष्ट्रवाद शव्द उच्चारण गर्दा पनि कुल्ला गर्ने बानी भएकाहरुले आज एकाएक मात्र भारत विरोधलाई राष्ट्रवाद परिभाषित गर्दा त्यहि राष्ट्रका अभिन्न भाग मोफसलका जनताप्रति कर्तव्य पुरा गरेका ? संविधानसभाले बनाएको भनिएको संविधान अन्तरगतको पहिलो सरकार प्रमुखको कुर्सीमा अर्जुनदृष्टि लगाएकाहरुले संभवत त्यो वाहेक अरु केही देख्दैनन । मुस्ताङ् म्याक्स विप्पामा विसर्जन भए जस्तै मोदी निन्दा के मा विसर्जन हुन्छ मोदी भजनमा विसर्जन भएको हेर्न धेरै कुर्नु नै परेन । दुइ छिमेकी मध्ये कहिले कसको र कहिले कसको साखुल्ले भएर सत्ता लम्ब्याउनेहरुले नेपालको अस्तित्वमा भने घात गर्दछन् । भारत चीन युद्धको वेला उनीहरुको युद्ध रोकेर शान्ति कायम गराउन भूमिका खेल्ने नेपालको स्तर अहिले छैन । यो जजसको कारणले भयो तिनीहरु नै राष्ट्रवादी कहलिन खोज्नु पिडादायक विडम्वना हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper