banner
banner

जहाजमा नेता, प्राध्यापक र स्कूले केटी

पदम हमाल -
यसपटक एउटा लघुकथा– आकाशमा उडिरहेको एउटा जहाजमा तीन जना यात्रुहरु क्रमशः राजनीतिज्ञ, प्राध्यापक र एउटा स्कुले केटीले यात्रा गरिरहेका बेला अचानक जहाजमा खराबी आयो । के गर्ने, के नगर्ने ? यात्रुहरु अन्योलमा थिए,  यात्रु तीनजना र जहाजमा दुईवटा मात्र प्यारासुट सुरक्षित थिए ।
राजनीतिज्ञ बढो चलाखिपूर्ण पाराले बोल्यो– देश र समाजको लागि म नभै हुँदैन र तिमी दुईको भन्दा मेरो आबश्यक्ता र खाँचो बढी छ देश र समाजलाई, किनकी डुब्न लागेको देश र समाजलाई उतार्ने म नै हुँ र तिमीहरु केही होइनौ त्यसैले एउटा प्यारासुट मलाई भन्दै राजनीतिज्ञले जहाजबाट हामफाल्यो । 
त्यसपछि प्राध्यापकले स्कुले केटीलाई भन्यो– देश र समाजको भबिष्य भनेकै तिमी हौ र मैले त देश र समाजलाई दिनसक्ने ज्ञान, सीप र कला दिइसकेको हुनाले अब म जमिनमा सकुशल उत्रे पनि कति दिन बँचुला र ? त्यसैले बाँकी रहेको प्यारासुट लिएर तिमी जहाजबाट हामफाल । 
अन्त्यमा स्कुले केटीले भनी– प्राध्यापक महोदय, चिन्ता लिनु पर्दैन किनकी प्यारासुट दुइवटा छन् र हामीलाई पुग्छ । 
अनि प्राध्यापकले आश्चर्य मान्दै सोध्यो– अघि त्यो राजनीतिज्ञले लगेको ? 
स्कुले केटीले भनी– त्यो राजनीतिज्ञ अति बाठो भएर हतारिदै मेरो स्कुल लाने झोला लिएर पो हामफाल्यो महोदय । 
प्राध्यापक– त्यो नेता त ज्ञानी र गुणीहरुका वीचमा आफै उदारता देखाउने महामुर्ख पो रहेछ । मूर्खहरुले गर्दा समाज बिग्रदै गएको हो ।
निश्कर्षः समुद्रमा हुरी आउँदा मूसाहरु उफ्रेर भाग्छन र समुन्द्रमा डुब्छन् भने जस्तै त्यो राजनीतिज्ञले राम्रोसँग कुरै नबुझी जहाजबाट हामफल्दा उल्टै आफै खस्यो र समाप्त भयो । यस्तै मनस्थिति भएका राजनीतिज्ञले गर्दा देश र समाज भड्खारामा पुग्ने हो । हामी यस्तै दुषित वातावरणमा बाँचेका छौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper