banner
banner

सुरो जनतामा जान्छ कातर सडकमा

स्वयम्भुनाथ कार्की -
संसारको इतिहासमा शासनबाट पाखा लगाईएको प्रणाली तथा पात्रलाई छिटै भुलेको देखिन्छ । केही बर्ष पछि त इतिहासको पानामा मात्र सिमित, त्यो कालखण्डमा वा त्यो पात्रबाट भएका केही उज्याला आध्यारा योगदानको चर्चामा । यसमा नेपाल पनि अपवाद थिएन, राणा शासन भुल्न केही समय नै लागेन । ७ देखि १७ का धेरै पात्र पनि परिवर्तन पछि ओझेल नै परे । प्रजातन्त्र निर्दलिय हुदैन भनेर पढाउन प्रतिवन्धित दलहरुलाई आङ्खना भातृसंगठनहरुद्वारा एक पिंढी नै मेहेनत गर्नु प¥यो । तर ती प्र्रशिक्षित पुस्ताहरुले पनि प्रजातन्त्र भनेको दलतन्त्र हो भन्ने मान्न सकेनन र लोकतन्त्र नाम दिनु प¥यो ।
लामो समय भयो राजालाई काईते पाराले पाखा लगाएको । काइते किन भनियो भने आङ्खनो बलजोर चल्ने अवस्थाको दुरुपयोग गरेर पाखा लगाइएको हो । राजा प्रतिको आस्थाको मात्रा मनमा केही तलमाथी भए पनि जनताको मनमा कहिल्यै निमिट्यान्न भएन । पुर्व नलगाई राजा उच्चारण गर्ने माथी बर्षौ प्रशासनको डण्डा चल्यो, श्री ५ भने लेखे वापत त पक्राउ परेर आईन्दा गर्दिन भनेर गराईएको कागजले प्रहरी कार्यालयहरुका दराज भरिएका होलान । मनको बाघले खाएर राजाका गैर कानुनी नभएका कार्यक्रमहरुमा पनि सरकारले बल प्रयोग ग¥यो । एक अवस्थामा त बसन्तपुरको कार्यक्रमा जान रोक्न निर्मल निवासको मुलढोकामा सयौको सशस्त्रको पहरा नै राख्यो । तर वसन्तपुरको त्यो कार्यक्रम नै राजा खोज्दै निर्मल निवाश आयो ।
जनताले राजा पाखा लगाउने कुरामा असहमत भएको कुरा राजामाथी निरन्तर आस्था व्यक्त गरेर देखाएकै छ । त्यसैले जनताको नाम लिएर यो काम गरियो भन्नु नै काईते कुरा हो । एक प्रयोजनको निमित्त भएको निर्वाचनमा भएको सहभागितालाई अर्को कुराको अनुमोदन भन्ने काम काइते नभए के हो ? एक कार्यक्रम देखाएर मागिएको मतको उपयोग आङ्खनो मनमा लागेको कुरा गर्नलाई प्रयोग गरेर जनसमर्थन भन्ने काम काइते नभएर के हो ? भोली यी प्रश्नहरु कालो झण्डाको स्थानमा सत्ता सञ्चालक अनि सत्ता दावेदारहरुको उपस्थितिमा आउन लागे जुन अवस्था  हुन्छ त्यो कल्पना भयवाह छ ।
भुलवश आङ्खनो गाडीमा ढुंगाा हान्ने किशोरलाई त्यसवापत दोशल्ला ओढाएर सम्मान गर्ने श्रीमती विद्यादेवी भण्डारीको छोरीको विवाहको निम्तोमा उपस्थिति भए तिनै राजा । आङ्खनो नातीको वर्तवन्धको भोजमा स्वागत गरेर त्यही व्यक्तिलाई राष्ट्रपतिको रुपमा स्वागत गरेर सत्ता निमित्त किचोलो नगर्ने जनताको चहाना खोज्ने भद्रता देखाए राजाले । यहासम्म कि नेपालगंजमा आङ्खनो लगानीको होटल प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट उद्घाटन गराएर आफु संग हैन जनता संग तर्सन पर्ने सन्देश दिए । आफु र आङ्खना अग्रवर्ति राजाहरुले आङ्खनो स्वास्थ्र्य हैन मुलुक तथा जनता अर्थात समग्रमा राष्ट्रको स्वाथ्र्य हेरेको प्रमाणित गरिदिए । 
हो कुनै कालखण्डमा दलहरुको उपस्थितिमा जनता दलहरुमा विभाजन भएर एकतामा खतरा देखेको थियो होला राजसंस्थाले । राजा त्रिभुवनको भन्दा ज्यादा राष्ट्र चिन्ता र चिन्तन राजा महेन्द्रको थियो भन्न हिचकिचाउनु पर्दैन । त्यस्तै राजा वीरेन्द्रमा काम नगरी मानमात्र खाने वेलाइती राजतन्त्र प्रति केही आकर्षण नदेखिएको हैन । कामगर्ने भन्दा अलंकारिक राजा हुने ललकले आफु विरुद्धको त्यत्रो षड्यन्त्र जसले त्यो कहाली लाग्दो अवस्था ल्यायो त्यसको छनक पनि पाएनन । यसलाई राजधर्मबाट केही विचलन आएको रुपमा लिदैमा कसैको राजभक्तिमा आाच आउन्न । जे होस् उनको पालामा जनताहरु नेपाली भन्दा फलाना दल र चिलाना दलका हौ भनेर कलह बढेको हो । त्यसैले राजाले दलतन्त्र त निमोठेको हुनसक्छ तर प्रजातन्त्रका भने संरक्षक नै भएका हुन् ।
तर अव कोही चाहे त्यो आफुलाई राष्ट्रवादी भनोस् वा राजावादी, जनवादी भनोस वा लोकतन्त्रवादी कोही जनतामा जाने सुरो बाटो खोज्दैन । आसन भाषण , सडक संघर्ष , नारा जुलुस, घेराउ, ढुंगा वा लाठी चार्ज आदिको काआतर बाटो मात्र अपनाउन खोज्छ । संञ्चारजगतमा आङ्खनो चर्चाको निमित्त संचारकर्मीको चाकरीको स्तर लाजमर्नु छ । राजावादीहरु सडकबाट, भाषणबँट, जुलुस बन्द आदिबाट राजा फर्काउने सपना देख्छन । कोही कोही त सशस्त्र विद्रोह भन्न पनि पछि पर्दैनन । यी सबै गरेर त्यत्रो लामो बन्द गरेर मदेशवादी भनिने दलहरुले के पाए ? बम पड्काए, गाडी जलाएर सशस्त्र विद्रोह गर्नेहरुले के पाए ? राजालाई जनताको माया थियो र त्यस्ता विद्रोह विरोधहरु सफल भएका थिए । तर बलिदान भन्दै जनताको रगतको आहालमा पौडिएर आएको यो व्यवस्था यस्ता कुराले हल्लिने पनि छैन ।
यो व्यवस्था हल्लिन जनताको आागनमा हलचल हुनु पर्छ । त्यसको निमित्त विदेशवाट बाकसमा फर्कनेहरु आङ्खनै आागनमा हुनु पर्छ । आङ्खनै करबाट पाउने अधिकार कुनै नेताको वा दलको कृपा पाए सरह लिनलाई जनता घिनाउनु पछलिनलाई जनता घिनाउनु पर्छ । यो सबै सडकमा कागज जलाएर हुन्न । सरकारसंग झगडा अनि वार्ता गरेर हुन्न । जनताको घर दैलोमा आफन्त वनेर , आफन्तको अभिनय गरेर हैन, जाने सुरो पन चाहिन्छ । यो आन्दोलनको कातरपनले सम्झौता हुन्छ , पद पाईन्छ तर राष्ट्रको भलो हुन्न । त्यसैले राजावादी हो सुरो जनतामा जान्छ काातर सडकमा  भन्ने बुझौं । अव आपैm पैmसला गरुन् राजावादी सुरा कि कातर ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper