banner
banner

एक महिलाको ८ पति ?

अधिवक्ता गंगा दाहाल -
जति पनि हिमाली जिल्ला छन्, बहुपति प्रथा कायमै छ । बोक्सी, झारफुकदेखि छाउप्रथालाई समेत अमानवीय र महिला हितविपरित ठान्ने सरकार र संसदले बहुपति प्रथाबारे सोच पु¥याएको देखिन्न ।
गोरखाको उत्तरी भागदेखि माथिका नेपाली भूभागमा चौंरीको घ्यू खान दिएर, मनपरेकीलाई तानेर श्रीमती बनाउनले चलन पनि कायमै । तरुनी छोरीबेटीहरु घरबाट निस्कनै हुन्न । पानी पधेंरो, मेलापात, जात्रामात्रामा जाादामात्र होइन, रातबिरात घरमै केटाहरुले धावा बोलेर तानेर पनि लान्छन् । अर्काले श्रीमती बनाएपछि अधिकांश महिलाको जीवन त्यसै पनि नर्कमय हुनेगरेको छ ।
मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७२ मा महिला वा पुरुष जो कसैको मञ्जुरी नभई भएको विवाह बदर गर्न सक्ने उल्लेख छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७२ ले मञ्जुरीबिना विवाह गर्न नहुने र कसैले गरे–गराएको छ भने त्यो व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजारसम्म जरिबाना हुन सक्ने व्यवस्था छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ कै दफा ३२ ले मञ्जुरीबिना विवाह गरेमा क्षतिपूर्तिको व्यवस्थासमेत गरेको छ ।
यी कानुन भए । बिकट हिमाली र पहाडी भेगमा कानुन कहाा लागू हुन्छ । कानुन भएरमात्र हुन्न, कानुन महिलाले जान्नुप¥यो, कानुनको संचेतना हुनुप¥यो । कानुन बलियो छ, अपराधीहरु कानुनका छिद्रमा छिरेर लाभ लिइरहेका छन् । अज्ञानी र गरीवीको पहाडले थिचिएका र दूरदराजमा रहेका महिलाहरुका लागि कानुन के हो ? संविधान के हो ? अर्काले तानेर श्रीमती बनाइसकेपछि कसरी कानुनी उपचारमा जाने ? कानुनको लामो युद्ध लड्नु कि युद्धभन्दा गह्रौ जीवन धान्ने ? महिलाहरुको जीवन साह्रै कष्टकर छ, बुझ्नुपर्छ बुझ्नेहरुले ।
महिलालाई मन परेको छ छैन, कसले हेरिरहन्छ ? केटालाई केटी मन परेपछि उसले तान्छ, उसले लान्छ र जबरजस्त श्रीमती बनाउाछ । आफैमा यो कहालीलाग्दो घटनाक्रम हो, जुन हाम्रा दिदीबहिनीहरुले दिनहुा भोगिरहेका छन् । तिनका मन बुझ्ने, तिनको संरक्षण गर्नसक्ने संविधान कहिले जारी हुनसक्छ ? यही संविधान पर्याप्त छ भने यो संविधान सुगमबाट दुर्गमसम्म कहिले पुग्ला ?
बहुपति प्रथा, यो त झन कहालीलाग्दो यथार्थ हो । बढ्दो रोगव्याधदेखि सामाजिक असन्तुलन बढ्दै गएको स्थितिमा यस्ता बिकृति र बिसंगतिलाई परम्पराका नाममा छुट दिइरहनु उचित कि अनुचित ? एउटी महिलामाथि योभन्दा ठूलो सामाजिक अन्याय अरु के हुनसक्ला ? तैपनि समाज रहेका पुरातनवादी संस्कारलाई संस्कृतिका रुपमा कायम राख्नु कति उचित होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper