banner
banner

भ्रमणले नै थुरहुरी, गतिविधि भए के होला ?

स्वयम्भुनाथ कार्की -
जवजव धोका गरेर पाखा लगाईएका राजा सार्वजनिक रुपमा देखा पर्छन एकथरी थर्कमान हुन्छन् । प्राविधिक रुपले ठूला भएका राजनैतिक दलका नेताहरुको सातोपुत्लो उड्छ । अनि आङ्खनो ल्याकत वर्कतले भन्दा नेताको चाकरी बजाएर राजनैतिक नियुक्ति पाउने लोभ भएका बुद्धिकर्मीहरु राजालाई धारेहात लगाएर गाली गर्न सराप्न शुरु गर्दछन् । त्यसपछि शुरु हुन्छ अरौटे भरौटेहरुको को भन्दा को कम शैलीमा गाली महापर्व । मानौ जसले जति गाली गर्न सक्यो त्यति नै गणतन्त्र भक्त भयो र त्यसको मिठो फल साथीले भन्दा धेरै पाउने भयो । गणतन्त्रमा यसको मात्रा बढेको भए पनि २९ बर्ष साढे ३ महिना भोग गरेको पञ्चायतको नेतृत्व सम्हाले वापत राजसंस्थालाई गालीमात्र गर्न थालेको ७५ साल चैत्रमा २९ बर्ष भयो ।
वर्तमानमा ‘न्याय नपाए गोर्खा जानु’ भनाईले आङ्खनो सार छोडेको छ । स्वावलम्वन, आत्मसम्मान आदिलाई चाकरी शिरोमणी वन्ने होडले धुकधुकी मात्र बाँकी राखेको छ । जनता रिझाएर जो कोही पनि राजा वाहेकको पदमा व्यवहारिक रुपमा नै पुग्न सक्ने कथित निरंकुश व्यवस्थाले जति नै समयमा पाएको स्थिरताको बदला नेपालीले के पाए ? यो प्रश्न ती चाकरी शिरोमणीहरुलाई वर्तमान संविधान विपरित हुन्छ । अष्ट्रिचले भैm टाउको वालुवामा लुकाएर आफुलाई कसैले देखेको छैन भन्ने भ्रम विस्तारै निवारण हुँदैछ । नदेखेजस्तो गरेपनि डर त्रास र श्री ५ सम्वोधन गरिएकोमा चलाईएको प्रशासनिक दमनचक्रले धेरै खुल्न नसके पनि राजा रातपारेर नागार्ज‘न सर्दा पनि रुने नागरिक थिए । अब नदेखेजस्तो गर्न सम्भव छैन ।
अवधारणामा राजा अभिभावक हुन्छ, जनताको दुखभञ्जक हुन्छ, कमजोरलाई बलियाको अत्याचारबाट बचाउने तारणहार हुन्छ । नेपालको राजसंस्था कुनै अल्पसमयको अपवाद बाहेक यो अवधारणामा खरो उत्रेको छ । नेतालाई अरुले संरक्षण गरिदिनु पर्छ तर राजाले अरुलाई संरक्षण गर्छन । त्यसैले राजामान्ने जमात सडकमा नारा लगाउन आउदैन । ऊ राजा कमजोर भएकोमा पिडामा हुन्छ । राजासँग प्रत्यक्ष सम्पर्क नभएको अवस्थामा त्यो जमात देखिन्न । जव सम्पर्क हुन्छ त्यसपछि त्यो जमात थामीनसक्नु हुन्छ । विस्तारै हिजो कुनामा वसेर राजा नभएकोमा शोक मनाउने त्यो जमात राजा देख्न पाउदैछ त्यो पनि आङ्खनो आँगनमा । राजा पुकार्ने स्वर ठूलो हुँदैछ । ज्यान जोगाउन विभिन्न दलमा पसेर वसेका हुन वा चुपचाप बसेका जनता राजालाई आङ्खनो आँगनमा देख्दा जयकारको नारा लगाउनबाट आफुलाई रोक्न नै सक्दैन ।
हो यो राजा जनता मिलनलाई नेताहरु र नेताहरुको भजन गायकहरु राजसंस्था फर्काउन गरेको चलखेल सम्झन पुग्छन् । जनताले राजालाई दिएको मायाले उनीहरुलाई थर्कमान बनाउँछ । अनि डरले काम्दै डर भगाउन ‘म डराएको छैन’ भनेर लगातार कराए जस्तै राजतन्त्र फर्कन्न भनेर लगातार कराउँछन् । कोही संविधान नाघेको भन्दै जेल हाल्नु पर्ने भन्न थाल्छन । कोही भए नभएको फत्तुर लगाएर आत्मरतीको आनन्द लिन्छन । तर सबै अंग पुरा गरेको गणतन्त्र जति संस्थागत हुँदै जान्छ त्यति नै राजा फर्कन्न भन्ने उनीहरुको स्वर पनि ठूलो हुँदै जान्छ । घण्टाकर्णले भगवानको नाम नसुनियोस् भनेर दुवै कानमा घण्टा झुण्ड्याएको थियो अरे । तै पनि हरेक पल मनमा भगवान भज्दै थियो अरे । त्यसै गरेर गणतन्त्रका पक्षधरहरुले राजा फर्कने माला जपिरहेका छन् ।
यस्तो थरहरी, छटपटी राजाले सिमित मन्दिर दर्शनमा निक्लदा छ । कसैले अनुमान नै नगरेको भिड राजाको दर्शनमा आईपुग्छ । अनि प्राविधिक दुई तिहाईको सरकारको नेतृत्वमा छटपटी हुन्छ । एकतिहाई बोक्ने दलका नेताहरुमा छटपटी हुन्छ । यता धरातलमा राजाको दर्शनमा लागेका भिडमा तिनै दलले आङ्खना जनता भनेकाहरु पनि सामेल हुन्छन् । केवल देख्न मात्र सम्भव, अभिवादन मात्र गर्न सम्भव यस्ता भ्रमणले त यो हालत छ । यदि राजाले महिनामा एक दुई दिन नियमित भेटघाट गर्न थालेमा के हुन्छ ? मन्दिर दर्शनमात्र नगरेर सामाजिक उपस्थिति पनि देखाउन थाले के हुन्छ ? चाहे सर्वसाधारणको हैसियतले होस वा पुर्व राष्ट्राध्यक्षको यो काम गर्न संसारको कुनै कानुनले बन्देज गरेको छैन । तर राजाले त्यसो गर्ने छैनन्, किनभने गणतन्त्र आत्तिन्छ । आत्तिएर कुनै मुर्खता हुनसक्छ, त्यो मुर्खताको जवाफ दिन जनता उत्रे भने त्यसले मुलुक क्षतविक्षत हन्छ । शान्तिको निमित्त सबैथोक त्याग गरेका राजाले पक्कै त्यो अशान्ति चाहेको नहोला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper