banner
banner

‘वन साङ्लोले घर साङ्लोलाई खेद्छ’

बुद्धिनारायण श्रेष्ठ -
संसदमा प्रस्तुत विधेयक जस्ताको तस्तै पारित हुने हो भने खाँटी नेपाली अल्पसंख्यामा पर्ने र नक्कली नागरिकताधारी वहुसंख्या हुने भएपछि ‘वन साङ्लोले घर साङ्लोलाई खेद्छ’ भने जस्तै हुन्छ । देशको सिमाना त ठाउँ ठाउँमा अतिक्रमण भएकै छ । अब जनसांख्यिक अतिक्रमण भएपछि देशको पहिचान र अस्तित्व खतम हुनसक्छ । त्यसैले नागरिकता वितरण भनेको राहतमा दाल चामल वितरण गरेजस्तो गर्नुहुन्न । प्रमाणपत्र चाहिने खाँटी नागरिकलेचाहिँ अविलम्व पाउने व्यवस्था हुनुपर्छ । सीपी मैनालीदेखि चित्रबहादुर केसीसम्मले पनि संसदमा विचाराधीन विधेयकमा विशेष ध्यान दिन जरुरी रहेको बताए । उनीहरुका अनुसार यो विधेयक पारित भयो भने नेपाली नेपालमा अल्पमतमा पर्नेछन्, अंगीकृतका सन्तानले बंशजको नागरिकता पाएपछि नेपालमा नयाँ नागरिकको बर्चस्व कायम हुनजानेछ र हतियारविहीन जनसंख्याकै आधारमा नेपालमा पराइको तन्त्र चल्नेछ ।
एकनाथ आचार्यको टिप्पणी यस्तो छ– र भारतीय मिडिया भन्छ– नेपालसँग जोडिएका भारतका जिल्लाका २० हजार भारतीयले नेपाली नागरिकता लिएका छन । अब ती सबै नेपाली नागरिकता धारिका सन्तानले बङ्सजका आधारमा नागरिकता पाएमा एकलाख पच्चीस हजारका हाराहारी हुन्छ । भारत्.तका २० जिल्ला नेपालसँग जोडिदा २५ लाख हुन्छ । मैले यो सर्दर ५ जना मानेर उदाहरण प्रस्तुत गरेको हो । मोरङ्मा मात्रै हिजो ३० जना त्यस्ता ब्यक्तिले नागरिकता लिएको खबर छ । अब नेपाल मोरिसस हुने भयो ? फिजी हुनेभयो । तराइ मुलका नेपाली साथीहरुले सोच्नु हुने छ । संसदको यो बिधेयक पास भए अबको ५ चौ चुनाबमा बिहार, उत्तर प्रदेशका भारतीय नेपालको प्रधानमन्त्री र प्रदेशको मन्त्री मुख्यमन्त्री हुनेछन । नेपाली अल्प मतमा पर्छन ।
नोट ः काग कराउँदै छ पिना सुक्दैछ । संसदमा विचाराधीन विधेयकभन्दा माथि उठेर सरकारले अंगीकृतका सन्तानलाई नागरिकता वितरण सुरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper