banner
banner

युरोपियनको नेवारीमा विद्यावारिधि

धर्मरत्न श्रेष्ठ -
नेपालो कला संस्कृति र इतिहास यति सवल छ कि युरोपियनहरु लालायित भएर आउँछन् र विद्यावारिधिसमेत गर्न थालेका छन् । नेवारी भाषामा युरोपियन महिलाले विद्यावारिधि गरेको घटनाले नेवारी भाषाको समृद्धिमा बल पुगेको छ ।
युरो अमेरिकन विद्वानहरुले नेपालसम्बन्धी अध्ययन, अनुसन्धान १९औं शताब्दीदेखि नै गर्दै आएको इतिहास छ । उनीहरुको चाख खासगरीे नेपाल भाषा, नेपाल भाषा साहित्य, नेपालका जनजाति, रीतिथिति, कला, संस्कृति, धर्म, राजनीतिक इतिहासको अध्ययन आदिमा बढी पाइन्छ । नेवारी भाषाप्रति युरोपेली विद्वत्वर्गको अभिरुचिको बढ्दो क्रममा नेवारी विषयमा सर्वप्रथम विद्यावारिधि गर्ने प्रथम जर्मनेली हुन्–उल्रिक् कोल्फर । उनको अनुसन्धानलाई जर्मनीको कोलोन विश्वविद्यालयले मान्यता दिएर विद्यावारिधिको उपाधि दिएको हो । उनको विषय थियो ः नेवारीको वाक्य–विन्यास ।
यसपछि स्वस्थानी कथा, अन्य नेपाली भाषा, जातिका विषयमा पनि अनेक अनुसन्धान भएका छन्, कतिले विद्यावारिधि प्राप्त गरेका छन् । नेपालको कला, संस्कृति, धामी झाँक्री, तन्त्रमन्त्रमा विशेष गरी जर्मनको विशेष चासो रहदै आएको छ । यही चासोलाई पूर्ति गर्नका लागि जर्मन सरकारले तन्त्र, धामी विद्यालाई कोर्षमै राखेको छ जबकि नेपालमा अन्धविश्वास भनेर पन्छाउन थालिएको छ । यद्यपि नेपाली विषयमा त्रिविमै पढ्ने विद्यार्थी घटेका छन् भने इतिहासमा जिरो हुने अवस्था छ भनेर इतिहासविद तथा पूर्वप्राध्यापक डा.सुरेन्द्र केसीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
जर्मनले आफ्नो चासोको विषयमा अध्ययन, अनुसन्धान बढाउनका लागि नेपाल–जर्मन हस्तलिपि संरक्षण परियोजना नै सञ्चालन गरेको छ । यो परियोजनाले कृष्ण मन्दिरदेखि अनेकन धार्मिक संरचनाहरुको पुननिर्माण गरेको छ । यो पुननिर्माणको मूल उद्देश्य मठमन्दिरको जगमा कुन तान्त्रिक बिधि छ, के के राखिने रहेछन्, नेपालको धार्मिक सम्पदाको विकासको मूलाधार के रहेछ, जानकारी संकलन गर्नु हो ।
जर्मन जो विज्ञानका ज्ञान हासिल गरेका छन्, ती विद्वानहरु खासमा नेपाली धर्मसंस्कृति बुझ्न नेपाल आइरहेका छन् । नेपालमा नेवारीमा उच्च अध्ययनको सुविधा नहुँदै जर्मनी विज्ञानका अध्येताले नेवारीमा विद्यावारिधि हासिल गर्न थालेका हुन् ।
अर्की महिलाले त स्वस्थानीमा समेत विद्यावारिधि गरेकी छिन् । हामी स्वस्थानीमा ७ वर्षकि गोमा र महादेवको विहेको कुरामा नाक खुम्च्याउँछौं, विदेशी विद्वानहरु आधुनिक आँखाले पुराणहरुका हरफ हरफ केलाइरहेका छन् । जीवनको अमूल्य समय नेपाली कला संष्कृति र धर्मको उत्खनन् र रहस्य खोज्दै रहेका छन् ।
स्मरणीय छ, नेवारीमा विद्यावारिधि पाउने उल्रिक् कोल्फरलाई नेवारी साहित्यिक संस्था च्वसापासाबाट २०३२ सालमै भाषाजवाः (भाषा–गोठालो) को उपाधिद्वारा सम्मान गरेको थियो, जुन उपाधि आजसम्म कुनै नेपालीले समेत पाउन सकेको छैन ।
कोल्फरका अनुसार म जर्मनमा अध्ययनरत छंदा मैले संस्कृत पढें । तदुपरान्त नेपाल–जर्मन हस्तलिपि संरक्षण परियोजनामा काम गर्न म नेपाल आएं । त्यहीबेला नेवारी अध्ययन गर्ने अवसर प्राप्त भयो । अध्ययनकै क्रममा नेपालको इतिहासमा नेवारी र नेवार संस्कृतिको विशिष्ट स्थान रहेको पाए । नेपालको इतिहासमा नेवारीको परम्परामा निकै बलियो सांस्कृतिक शक्ति पनि हो । नेवारीका अर्का विद्वान डेनमार्कका डा. हायन्स जार्गेन्सन् पनि हुन् । उनले पनि नेवारीमा पुस्तक लेखेका छन् ।
नेपालको धर्मकर्म, बाजा, जात्रा, धार्मिक अनुष्ठानदेखि बागमतीलगायत देशभरिका पीठहरुमा जाति र सभ्यतासमेत नेवारहरुले जगेर्ना गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper