banner
banner

राजा र लोकतन्त्र परिपूरक हुन्

स्वयम्भुनाथ कार्की -
लोकतन्त्र र राजतन्त्रलाई एक अर्काको विरोधीको रुपमा चित्रित गरिदै आएको छ । नेपालको परिपेक्षमा यो सर्वथा झुटो कुरा हो । चाहे बडामहाराजा पृथ्वी नारायण शाहले विराज वखेतीलाई मन पराए पनि जनताको इच्छाको सम्मान गर्दै कालु पाण्डेलाई सुम्पको  कज्याई (सो वेलाको प्रधानमन्त्री) होस् । चारहजार भन्दा ज्यादा इकाइ र प्रत्येक एकाइबाट कम्तीमा ११ जनताबाट निर्वाचित प्रतिनिधीलाई शासन व्यवस्थामा भागिदारी गराउनु लोकतन्त्र नभए के थियो ? कुल जनसंख्या ५६ लाख भएको अवस्थामा मुलकको कुना कुनाबाट ४४हजार भन्दा धेरैको शासनमा प्रत्यक्ष भागिदारीलाई राजाका आसेपासे मान्ने हो केही अपवाद बाहेक मुलुक नै राजाको आसेपासे भएको मान्नु पर्दछ ।
आजको परिभाषा अनुसार जित्ने ४४ हजार भन्दा धेरै हार्ने पनि २ मात्र उम्मेदवार मान्दा त्यति नै अर्थात ५६ करोडमा झण्डै एक करोड त राजाका आसेपासे कार्यकर्ता नै मान्नु पर्छ । कुल जनसंख्याको झण्डै २ प्रतिशत जनताले पदमा बसेर चलाउने व्यवस्था भन्दा ठूलो लोकतन्त्र अरु कुन होला ? र यीनीहरु कसैको ह्विपको अधिन थिएनन । यो मतदाता संख्या हैन कूल जनसंख्या हो, पछि त प्रत्येक इकाईमा कम्ती ५४ जना जनप्रतिनिधि पुगे । जव यति विशाल जनसहभागिता ठूलो लोकतन्त्र कि टाउको गनेर नेताहरुले बहुमत, या दुईतीहाईको दम्भ देखाउन पाउने ठूलो । तर अफशोच राजावादीहरु नै राजालाई लोकतन्त्रको विकल्पको रुपमा व्याख्या गर्दछन ।
आफु अनुकुल हुँदा संसदको सर्वोच्चता र आफु प्रतिकुल हुँदा संसदको अधिकार केवल सुझव दिनेमात्र हो भन्ने पिपलपाते नेताहरु आफै लोकतन्त्रको परिभाषा जान्दैनन भन्न हिचकिचाउनु पर्ने अवस्था छैन । जनताको रगत पसिना निचोरेर जम्मा गरेको राजश्व आफुखुशी वक्सिस दिने, योग्यताले भन्दा चाकरीले नियुक्ति दिने वर्तमान परिपाटी छ । त्यस कृपाको सुचीमा पर्न हुन्छ हजुर, हस हजुर, हजुर त संसारमा सबैभन्दा ठूलो भनेर विरुदावली गाउनेहरुको जमातले भने यो कुरा मान्दैन । भित्र मनले मानेपनि प्रकटमा वफादारी देखाएर लाभ लिनु उनिहरुको लक्ष हो । तर राजावादी भनाउनेहरुलाई कुन कुराले लोकतन्त्रको परिपुरक तथा संरक्षक नेपालको राजसंस्थालाई लोकतन्त्रको विपरित तानाशाह देख्ने बनाएको छ ?
नेपालको राजसंस्थाका प्रतिनिधिहरु सनातनी हुन, चल्तीको भाषामा हिन्दुधर्मालम्वी हुन् । तर नेपालको राजसंस्थाले नेपाललाई कहिले हिन्दुमात्रको भनेन र त्यस अनुसार व्यवहार पनि गरेन । छिमेकमा मुगलहरुले धमाधम मन्दिरलाई मस्जिदमा परिवर्तन गरे, जजिया कर लगाए । तर नेपालमा भने राजदरवारको दृष्यपटलमा नै मस्जिद छ । विभिन्न स्थानमा चर्चहरु पनि खोल्न दिईएका छन । यो राजाको सकृय शासनकालको कुरा हो, तर त्यसवेला हरेक धर्म, सम्प्रदायलाई सामाजिक सदरभावमा खलल पार्न दिईएको थिएन । राजाद्वारा प्रदत्त संविधानमा भनिएको हिन्दु राष्ट्रको व्यवहारिक रुप यही थियो । जो अझैपनि घेरैको स्मृतिपटलमा ताजै छ । 
जातीय, क्षेत्रिय सन्तुलन कुनै रडाको नै नगरी र आपसी वैमनश्यता हुन नै नदिई कायम गरिएको थियो । त्यसवेलाका नियुक्ति, प्रतिनिधित्व आदिको सुची हेर्ने हो भने यो प्रष्ट हुन्छ । लोकतन्त्रको अर्कौ विषेशता समानुपनतिक र सहभागितामुलक प्रतिनिधित्व हो । त्यसको वर्तमान अवस्था र पहिलेको अवस्था तुलना गर्दा पनि यो विषेशतामा वर्तमान भन्दा कम थिएन बरु वेसी नै थियो । बरु वर्तमानमा रडाको नगरी यो प्राप्त नभएका कयौ उदाहरणहरु पाईन्छ । के राजावादीहरुले यो देखेका वा महशुस गरेका छैनन र ? छन भने किन विरोधीले लगाएको राजा लोकतन्त्रका विरोधीको आरोप जस्ताको तस्तै स्विकार गर्छन् ।
विगतका बाह्रवर्ष देखि विभिन्न सानासाना समूहमा राजावादीहरु सडकमा नाटक देखाउँछन । त्यसवेला देखि अहिलेसम्म तीनको भाषण उही नै छ, सबै कण्ठै हुने गरेर । केही जनता जम्मा गर्‍यो अनि आसन र भाषणको रासन पस्कियो  चर्का कुरा गर्‍यो । एकले अर्कालाई पानी पिउँदै गाली गर्‍यो अनि ठूलो काम गरेको दम्भ पाल्यो । यो ती राजावादीको चरित्र भएको छ । अनि गुनासो गर्छन, विभिन्न माध्यममा देखा पर्नेहरु किन आफ्नो कार्यक्रममा समावेश भएनन ? ती हिम्मतहारा, हुतिहारा अवसरवादी हुन नक्र हाम्रो कार्यत्रममा आई हाल्थे नी । बाह्रवर्ष देखिको यो घृणापुराण सुन्न को आउने, र किन आउने ? पहिले ती राजावादीहरुले यो प्रश्नको उत्तर दिनु पर्दछ । राजसंस्था लोकतन्त्र विरोधी हैन एकअर्काका परिपुरक हुन भन्न राजावादी हिचकिचाउनु हुन्न । अनि हिन्दुराष्ट्रको नाममा यो मुलुक र राजा केवल हिन्दुको हो भन्ने गलत भावना फैलाउन बन्द गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper