banner
banner

राजावादी उत्ताउला हुन सुहाउन्न

स्वयम्भुनाथ कार्की -
नेपालको परिचय भएको संस्कृति, परंपरा इतिहास सबैमा राजमुकुट प्रति आस्था छ । यो नै नेपालको भौगोलिक, सांस्कृतिक, जातीसमुदाय बीचको एकताको सुत्र हो । जो कुरा विगत झण्डै बाह्रबर्षको गणतन्त्रको तितो अनुभवले सावित गरिदिएको छ । यी बर्षहरुमा नेपाली नेपाली बीच वैमनश्यताको बिउ रोपिएको छ । नारायणहिटी छोड्दा भारतले तैयार गरिदएका महल मध्ये कुनैलाई रोजेर यदि राजाले नेपाल छोडेका हुने थिए भने सभवत वर्तमानसम्म आईपुग्दा नेपालीहरु जातीय लडाइमा एक अर्काको रगत बगाई रहेका हुने थिए । भलो गर्छु भनेर गरेको कामलाई विश्वास नगरेर अर्काको लहैलहैमा कालकुट बिष सरहको अपशव्द बोल्ने जनतालाई पनि उनले त्यागेनन् । राजमुकुट बुझाए, राजदण्ड बुझाए, गद्धि छोडे तर जनतालाई माया गर्न छोडेनन् ।
जनताको मनमा राज गर्न राजगद्धि आवश्यक रहेनछ, राजमुकुट, राजदण्ड साथमा नभए पनि हुँदोरहेछ । पाखा लगाईएका यत्राबर्षमा यो कुरा प्रमाणित भएको छ । राजाको कुनै दल छैन, किनभने उनी नेता हैनन । उनले प्रिय हुन जनतालाई मन पर्नेमात्र कुरो बोलेनन् । तितो भए पनि नेपालको र नेपालीको भलो हुने कुरो बोले । मधेश शव्दको दुरुपयोग भएर यसलाई नेपाली नेपाली बीच फाटो ल्याउने हतियार बनाएको उनले बुझे र भने हामी मधेश हैन तराई भन्छौ । यो उनको मधेश शव्द प्रतिको वितृष्णा हैन त्यो शव्द प्रयोग गरेर त्यहाँका रैथाने प्रति गरिएको भावनात्मक शोषणको विरोध हो ।
गणतन्त्रका धेरै अरिंगलहरु अब राजाको त्यो वाक्यलाई लिएर खनिनेछन । मैदानी इलाकाका रैथानेहरुले राजाप्रति देखाएको आस्थालाई यसको गलत अर्थ लगाएर चोट पुर्‍याउन खोज्नेछन् । अनि राजालाई मधेश बिरोधी भनेर चित्रित गर्ने छन । त्यो पनि राजाहरुले तराईमा बनाए महेन्द्र राजमार्गमा गुडेर, गणतन्त्रले समाप्त पारेको तराइका विभिन्न कारखानाका परिसरमा बसेर । उनिहरु भन्नेछन राजाहरुले मधेशलाई हेरेनन् । त्यही राजाहरुको संतुलित र विकेन्द्रिकित विकासको नीतिले संभव भएका सुविधामा बसेर यो कुरो गर्न उनिहरुलाई लाज शरम लाग्ने छैन । यो कुरा सबैले बुझेका छन्, त्यहाँ राजाको एक झलक दर्शनले धन्य भएको ठानेर आउने जनता कुनै पार्टी कार्यकर्ताहरुले हाँकेर ल्याएका होईनन् । उनीहरु आस्थाले आएका हुन राजाले केही देलान भनेर आएका हैनन् ।
यति सबै हुँदा पनि धीर, सभ्य, शौम्य अनि शान्त रहने राजाका पक्षधर राजावादीहरुमा केही किन उत्ताउला ?  एकले अर्कालाई गाली गलौज अनि विपक्षिलाई जे मुखमा आयो त्यही गाली गर्नलाई बहादुरी ठान्ने केहीले सम्पुण राजामा आस्था राख्नेहरुलाई लज्जित वनाएको छ । हालत परिस्थतिले पोलेको रन्कोमा जनताले राजा कुना लगाउनेलाई गरेको गाली सुनेर केही शान्त महशुस गरे होला । तर त्यसको फाईदा उठाएर राजावादीको जमातमा पसेर उग्रकुरा गरेर बदनाम गर्नेहरु पनि परिचालित छन् । वेलावेलामा यस्ताको मकुण्डो खुस्किने गर्दछ, तर त्यसको स्थानमा फेरी अर्को तैयार हुन्छ । यस्तै हुन जो फलाना भए ठिक थियो चिलाना त हुन्न भनेर आस्थामा चोट लगाउन खोज्ने । कतिलाई यस्ताका कुरा सुनेर साँच्चै हो भन्ने लाग्छ र त्यसैको होहारेमा लाग्छन् ।
‘राजा आउ देश बचाउ’ नारा लगाउन जति सजिलो छ राजा आएर देश बचाउन त्यति नै कठिन छ । किन भने राजाको शक्ति भनेको जनताको साथ हो, कसैकसैले फैलाएको प्रायोजित हल्ला जस्तो सेना वार राज्यशक्ति हैन । पहिले पनि देश अफ्ठ्यारोमा छ बचाउनु पर्‍यो भनेर भनियो । जब राजाले कदम चाले साथ दिने कोही भएनन् । त्यसैले राजा आएर देश बचा उनु पर्न हो भने देश बचाउने काममा साथ दिने जनता चाहिन्छ । दर्शनमा जयजयकार गर्नु आस्थाको प्रदर्शन हो । सडकमा नारावाजी गर्नु आस्था तथा चाहानाको प्रदर्शन हो । तर साथ दिन आस्था र चाहानाले पुग्दैन मुलुक प्रति समर्पण र गर्ने सहास अनि ल्याकत पनि चाहिन्छ ।
यस्तो वेलामा राजावादीहरु उत्ताउलो भएको सुहाउन्न । उनिहरुमा त राजाको देश बनाउने सोचलाई साथ दिने गम्भिरता चाहिन्छ। त्यो अनुसार काम गर्ने क्षमता बढाउनु पर्छ । राजाको त्यो सोच कस्तो छ भन्ने कुरा निरन्तर उनको सन्देश र वक्तव्यहरुमा आएका छन् । राजावादीहरुले त्यसको स्वागत गर्न र उत्ताउलो हुन बाहेक त्यसको तैयारी गर्न लागेको देखिएको छैन । मुलुकमा शान्ति कायम होस, आपसी सद्भाव फेरी बनोस्, आफ्नै ठाँउमा रोजगारी पाउन आदि केही राजाबाट वेलावखत लगातार व्यक्त भएका सोच हुन् । राजावादी भए यो पुरा गर्न लाग्नु पर्‍यो अर्का सडकमा उफ्रन आएन भनेर गाली गलौज गर्न भएन । आफ्नो परंपरा संस्कृतिको जगेर्ना गर्न लागि परे धर्मको अनि धर्म परिवर्तनको कुरामा उफ्रनै पर्दैन । राजावादी हो उत्ताउलो भएको सुहाउन्न राजा जस्तै धीर गम्भिर भएर लागे राजा आउछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper