banner
banner

दलपूजा, नेतापूजा हैन राष्ट्रपूजा

स्वयम्भुनाथ कार्की -
वर्तमानमा व्याप्त असन्तुष्टीको फाईदा लिदै अनेक नामले अनेकौ समुहहरु निर्माण गर्ने प्रवृत्ति हावी हँुदै गएको छ । राष्ट्रवाद आकर्षक भावना भएको राम्रो त हो तर त्यसले भावनात्मक शोषण गरेर सत्ता र शक्तिमा पुग्ने अनि म नै राष्ट्र हुँ भनेजस्तो व्यवहार गर्नेहरुको पसल पनि खुव चलेको छ । तर कुनै पनि राष्ट्रको नभई नहुने तत्व भनेको जनता हो । हरेक क्षेत्रमा जनताको प्रतिनिधित्व गरेको भन्दै जनताका मालिक बन्ने प्रवृत्ति बढदो छ । नयाँ शक्ति, उन्नतशिल नेपाल, मातृभँमि सेना, रैथाने , जरो , रामराज्य आदि पहिले भएका वा जे जस्तो शव्द आकर्षक लाग्छ त्यस्ता नामले राजनैतिक, सामाजिक, धार्मािक आदि संघ संगठन निर्माणको मौसम आएको छ । 
कुन्ठा निराशाले व्याप्त भएका जनता तारणहारको खोजीमा रहेका छन । उनिहरु यस्ता संगठनहरुमा बल्छीमा जस्तो एकएक गरेर हैन दुवालीमा ह्वार्ह्वारती माछा फसे सरह फस्ने गर्दछन् । अझ यस्ता नामको पछाडी केही नाम सुनिएका व्यक्तिहरु छन् भने त ओईरो नै लाग्ने गर्दछ । वारंवार परिक्षित र असफल भएकाहरु पनि अनेक परिस्थितिलाई आङ्खनो असफलताको कारक देखाउँदै एक अर्को असफल अभियानको निमित्त समिधाको रुपमा सर्वसाधारणको तन मन धन बटुल्न सफल हुनछन । 
विचार पु¥याएर हेर्ने हो भने यो असफलता उनिहरुले नचाहेर आएको भने हैन । गरेर देखाउने प्रसस्त पाईएको मौकामा राष्ट्र, जनताहो भलो गर्नु भन्दा आङ्खनो निहित स्वाथ्र्य पुरा गर्नु तथा केवल आङ्खनो नेतृत्व स्थापित गर्न मात्र खोलिएका हुन्छन् । त्यो प्राप्त भए पछि असफल गराईन्छ नत्र समिकरण बदलिने गर्दछ । यसले आफु स्थापित भईसकेपछि पुरा गर्नुपर्ने जिम्मेवारीबाट पन्छन पाइन्छ । अनि फेरी अर्को पटक आवश्यक हुँदा अर्को संगठनको विउ जोगिन्छ । 
सर्वसाधारणको निमित्त कठिन हुने शैलीमा लेखिएका अवधारणा पत्र, तुरन्त ंसंचारमध्यममा छाउन सक्ने कार्यक्रमहरु । अनि भविष्यमा आङ्खनो निमित्त ज्यान अर्पण गर्नसक्ने कार्यकर्ताको चयन सिवाय यस्ता प्रयत्नहरुले सर्वसाधारणलाई न विगतमा केहि दिएको थियो न भविष्यमा नै दिनेछ । कार्यक्रमको नाममा गोष्टि, पत्रकार सम्मेलन, धर्ना घेराउ, नारा लेखिएको गन्जी वितरण, कुनै खेलको आयोजन गरेर काम हुँदैछ भन्ने देखाउने प्रवृत्ति हावी छ । 
सर्वसाधारणलाई के चाहिएको छ, उनिहरुको के भनाई छ त्यो संग खासै चासो देखिदैन । पुराण वाचकले पुराण सुनाए सरह ईच्छुकहरुलाई बोलाएर आङ्खनो कुरा सुनाउनुलाई अन्तरक्रियाको नाम दिईन्छ । यो एक किसिमको वैचारिक थिचोमिचो हो । यस्ता कुराले समस्याको हल हुने भएको भए विगतका करिव तीसबर्ष असन्तोष र त्यसको सम्वोधनको नाममा विरोध, विरोधको विजय अनि फेरी असन्तोषको चक्रमात्र चल्ने थिएन । 
यस्तोमा जनताले परमुखापेक्षि भएर अरुलाई मात्र पर्खिने हो भने यो क्रम अझ कयौ पिंढीसम्म निर्वाध चल्नेछ । त्यसैले नेताले हैन जनताले निर्णय गर्ने, निरन्तर ज्ञान र शिप हस्तन्तरण गर्ने एक हैन लाखौ सानासाना एकाईहरुको आवश्यकता छ । यस्तो एक संरचना कायम होस जसमा अघिल्लो पिंडीले पछिल्लो पिंडीलाई सवल बनाओस र पछिल्लो पिंडीले अधिल्लोबाट अनुभव ज्ञान दोहन गरोस र त्यसलाई सम्मान गरोस । 
आङ्खनो समस्या के हो र त्यसको कस्तो समाधान चाहिन्छ आपैmले स्वतन्त्रतापुर्वक निर्णय गर्ने यस्ता इकाईहरु र यसका सबै सदस्यहरु समान, स्वतन्त्र हुन । तर आपसमा सहकार्यले जोडिएका पनि हुन । सामुहिक निर्णय र यसको महत्व बुझुन र त्यसलाई अपनाउन । आङ्खनो छिमेकी नागरिक हो कि हैन भन्ने कुरा सरकारी कर्मचारीको हस्तक्षर भएको कागजले हैन उसको व्यवहार र क्रियाकलापले छुट्याउन् । 
एक अर्कासंग समन्वय कायम गर्न तलका आधारभँत मान्यताहरुलाई अपविर्तनिय राखेर अन्य सबै कुरा आपसी छलफलले तय गर्ने यस्ता इकाईहरुले मात्र समस्याको समाधान गर्न सक्छ । ५–१० जनाको एक ईकाइ नै प्रयाप्त हुन्छ । यस्ता ईकाइहरुमा कम्तीमा हप्तामा एक घण्टा समस्या र सामधानको विषयमा छलफल भयो भने चमत्कारिक नतिजा निस्कन्छ । 
· नेपालको हित सदैव पहिलो स्थानमा रहनु पर्दछ ।
· नेपाली नेपाली बीच कुनै प्रकारको विभेद हुनुहुँदैन ।
· पहिलो र मुख्य परिचय नेपाली हुनुपर्छ ।
· व्यक्तिपुजा हैन सामुहिक निर्णय अपनाउनु पर्छ ।
· शिप, कौशल, ज्ञान र नेतृत्व निरन्तर हस्तान्तरण गरिनु पर्छ ।
· नेतृत्वका सकेसम्म धेरै उत्तराधिकारी तैयार गरिनु पर्छ ।
· यी मान्यताहरु आङ्खनो दैनिक जीवनमा समाहित गरिनु पर्छ ।
· राष्ट्रसेवा भनेको आङ्खनो सेवा हो त्यसैले अरुले गरे गरेनन् भन्दा पनि आपैmले गर्ने बानी विकास गरिनु पर्दछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper