banner
banner

दानवराज्यजस्तो किन ?

राकेशकुमार शर्मा, हटौंडा -
पूर्वराजा ज्ञानेन्द्र नाचेको देख्ने नेताहरु तस्कर, कमिशनखोर, भ्रष्टाचारी किन देख्दैनन् ?
अन्य मुलुकहरूमा राजनीतिज्ञ नेताहरू छन् र शासन तिनै नेताहरूले गरेका छन् । तर तिनमा लोकलज्जा छ, लोकले के भन्छन् भनेर भयभित भएर शासन छन् । नेपाल त्यस्तो देश हो, जहाँ लोकको काम मतदान गर्नुमात्र हो । त्यसपछि नेताहरुको दानवी स्वरुप देखिन्छ । हाम्रो मुलुक नेपालमा दानवहरुले शासन गरेको अनुभूत गर्न सकिन्छ । खासमा महाभियोग, जो सत्तामा बसेका छन्, जसले भ्रष्ट, तस्कर, असामाजिक तत्वहरुलाई नियुक्त गरिरहेका छन्, तिनलाई लगाउनु पर्ने हो । जो चोर उसैको ठूलो स्वर भनेझैं सत्ताधारीहरु न्यायाधीश, प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु, राजदूत सबैतिर खेलिरहेका छन् । यथार्थमा मुलुकमाथि खेलबाड गरिरहेका छन् । यहीकारण नेपाल दानवीय हुँदै गयो, दानव राज्य भइरहेको छ भन्दा हुन्छ ।
०४६ सालसम्म कुन नेताको कति सम्पत्ति थियो । ०६३ सालमा जनआन्दोलन सफल हुँदा कति नेताको हैसियत के थियो ? आज तिनीहरुको हैसियत के देखिन्छ । राजनीति व्यवसाय, व्यापार, तस्करी, माफियातन्त्र होइन भने तिनले आजको अरवी शेखको जीवनशैली हासिल गर्ने स्रोत के हो ? यत्ति खोज्ने हो भने नेपाल दानवी शासन हो कि होइन भन्ने सबैका सामु प्रष्ट हुनेछ ।
हत्या, हिंसा, अपराधिकरण राजनीतिमा छ । सर्वहाराको शासन ल्याउँछु भन्नेले सत्र हजार सर्वसाधारण नागरिकहरुको ज्यान लिए, कम्युनिजम नै ल्याउँछौं भनेर नक्सलाइट बिद्रोह गर्नेले १३ जना मारेकै हुन् । लोकतन्त्र आएपछि सयौं नागरिक मारिएका छन् । प्रश्न के छ भने यी नेता र यिनका नातेदार को मारियो ? जो मारिए जनताका छोराछोरी मारिए । जो बलात्कृत भएर मारिए, जो लुटिए, जो अन्यायमा परेका छन्, ती सबै जनताका छोराछोरी हुन् । आफ्नो स्वार्थका लागि राष्ट्रिय संरचना ध्वस्त पार्नेहरु विध्वंश नगरी नयाँ नेपाल बन्दैन भन्ने थेगो अहिले पनि बोलिरहेका छन् । नयाँ के आयो, नयाँ के बन्यो । नयाँ भनेको हिजोका टाट नेताहरु आज सम्पन्न भएका छन्, तिनका वरिपरिका महासामन्त बनेका छन् । गरीव हिजो थिए, गरीव आज छन् र गरीव लुटिनेक्रम जारी छ ।
दुई थान जहाज किन्दा ४ अर्व ३५ करोड भ्रष्टाचार । अहिले दूरसञ्चार प्राधिकरणले फोर जीका टावर र अन्य कामको ठेकेदार नियुक्ती गर्दा १२ अर्व भ्रष्टाचारको कुरा सार्वजनिक भएको छ । छानबिन गर्ने कसले ? ३३ के जी सुन र पुरानो वाइडबोडी विमान बेच्ने क्रम आदि आदि जस्ता काण्डहरुमा सबै ठूला दलको मिलोमतो र भागबण्डा छ । नेपालमा जे भइरहेको छ, राजनीति र अपराधीवीचको मिलोमतोमा भइरहेको छ भने यो दानवतन्त्र नभए के हो ?
पर्यटनमन्त्री थिए रविन्द्र अधिकारी । उनी निजी हेलिकोप्टर दुर्घटना बितेपछि प्रधानमन्त्रीले बोले– वाइडबडी भ्रष्टाचारमा उनको संलग्नता छैन । प्रधानमन्त्रीलाई यत्ति थाहा छ भने संलग्नता कसको छ, त्यो पनि थाहा छ । भ्रष्टाचार काखी च्यापेर दुई तिहाइको सरकार चलाउने व्यक्ति कसरी सुशासक बन्न सक्छ ? प्रश्न फेरि पनि उठिरहेको छ– प्रधानमन्त्री के पी शर्मा ओलीले रवीन्द्र अधिकारी जीवित हुँदै भन्न सकेनन् किन ? वाइडबोडी विमानमा रवीन्द्र अधिकारीले भ्रष्टाचार गरेनन भने भ्रष्टाचार गर्ने को हो ? हुनसक्छ प्रधानमन्त्री आफै संलग्न छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुनः, राम बहादुर थापा,कृष्ण बहादुर महरा, सुभाष नेम्वाङ, वर्षमान पुन, प्रचण्ड र प्रधानमन्त्री ओलीले एकै श्वरमा विशेष अनुन्धान गराउनु पर्ने विषय थिए– मदन भण्डारीको हत्या, दरवार हत्याकाण्ड, सुनकाण्ड र वाइडबोडी विमानमा भ्रष्टाचार र्। यी सबै विषय वस्तुहरुमा सर्बोच्च अदालतमा मुद्दा हाल्नुपर्ने हो । तैं चूप मै चूप किन ?
दुई तिहाइको सरकार हो भने जनविरोधी भ्रष्टाचारी, बलात्कारी, हत्यारालाई नाङ्गेझार पारोस् । सुखी नेपाली, समृद्ध नेपाल भनेर केही हुन्न । सुशासन दिन्छु भन्ने भ्रष्टाचारी जोगाउँदै हिड्ने हो भने कसरी विश्वास गर्न सकिन्छ ?
पूर्वराजा ज्ञानेन्द्र नाचेको देख्ने नेताहरु भ्रष्टाचारी किन देख्दैनन् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper