banner
banner

पूर्वीय सभ्यताको यथार्थता के हो र?

वेद भनेको ज्ञान हो । ज्ञान कहिल्यै मर्दैन । विश्वब्रह्माण्डको विनाश भए पनि ज्ञान परमात्मामा लय हुन्छ । त्यसैले अक्षर भनिएको हो । वेदले भन्छ – पृथ्वी लगायत जब विश्वब्रह्माण्ड पनि थिएन त्यस बेला सत थिएन, असत पनि थिएन । रात थिएन दिन पनि थिएन । आकाश थिएन, अन्तरिक्ष पनि थिएन । जल थिएन, वायु पनि थिएन । अतल अटल थिएन । आज जे सादृश छ त्यसको कर्ता वा अकर्ता को हो कसैलाई थाहा छैन । केही थिएन, शून्य थियो, वेदज्ञानमात्र थियो । त्यो शून्य थियो । शून्यमा ब्रह्माण्ड रचियो, तिनम अनेक प्राणी रचियो । प्राणीको पद्धति रचियो । त्यो पद्धतिबाट प्राणी सञ्चालन पद्धति बनाइयो । त्यो पद्धति वेद हो, वेद प्राणीमात्रको साझा संविधान हो । विश्वब्रह्माण्डको रचनाकारले वेदका सूत्र अन्तरिक्षमा राखिदियो । ब्रह्मज्ञाता ऋषिमहर्षिहरुले एक एक गरेर टिपे, नियाले, सङ्कलन गरे र वाङ्मय ठेली बनाए । त्यही वेद हो धर्मको आधार ।
२. हामी बसेको ब्रह्माण्डको सृष्टि भएपछि कति प्रलय भए कति रचिए थाहा छैन । त्यो नै नेतिनेति हो । हामी बसेको पृथ्वीको पछिल्लो विकासक्रम र यहा“ सृजिएका प्राणीको पछिल्लो विकासक्रम र पछिल्लो सभ्यतामा हामी बा“चिरहेका छौँ । यो सृष्टि भएको विक्रम संवत् २०७५ सालमा १ अर्ब ९५ करोड ५९ लाख ८५ हजार ११९ पृथ्वीवर्ष भएको छ । यसमा चार युग सत्य, त्रेता, द्वापर र कली भए । १४ मनु र मन्वन्तर भए । हामी चार कालमध्ये कलियुगको पछिल्लो सभ्यतामा बाचिरहेका छौं । कलिको पनि ५११९ पृथ्वीवर्ष बितिसकेको छ । उक्त चारै युगका ज्ञान विज्ञानका विकासका चिह्नहरु आज पनि कायम छन् । यी कालमा हामीले बनाएका केही तथ्य यहा“ प्रस्तुत गरिन्छ । सत्यमा श्रीविष्णुको नेतृत्वमा भएका घटना र विकास, त्रेतामा श्रीरामको नेतृत्वमा भएका कुरा, द्वापरमा श्रीकृष्ण र कलियुगमा आम मानिसले ज्ञान विज्ञानको लोभलाग्दा विकास भएका छन् । यसपूर्व पनि प्रलयमहाप्रलय भएका हुन सक्छन्, अनेक खाले सभ्यताको निर्माण र विनाश भएका हुन सक्छन् । तर यी सबैको ज्ञान हामीमा छैन । परब्रह्म परमेश्वर, वेद, धर्म दर्शनले त्यसको सम्भावनालाई झझल्काएको पाइन्छ ।
३. हामी कति महान् थियौं भन्ने कुरा हामीले भनिरहनु पर्दैन । हाम्रो धर्म संस्कृति मास्न आएको बेलायती शिक्षाविद् लर्ड मेकालेले भनेको कुरानै पर्याप्त छ । लर्ड मेकालेको फेब्रुअरी २, सन् १८३५ मा बेलायती संसद्मा प्रस्तुत र पारित नीतिअनुसारज्ञ आज पनि यो काम भएको छ । मेकालेले पारित गराएको प्रस्तावमा भनिएको छ ः – 
‘‘मैले भारत देशको कुनाकुना चहारेको छु । मैले कहीँ पनि एउटा माग्ने मानिस पनि भेटिनँ । मैले यस देशको नैतिकताको मूल्य (मोरल भ्यालू) यति माथि उठेको पाए“ कि त्योभन्दा माथि उठ्नै सक्दैन । जनतामा यति धेरै आत्मशक्ति छ (क्यालिबर) छ, काबिल छन्् कि हामी यो देशलाई उपनिवेश बनाउन सफल हुनेछौं भनेर कल्पना नै नगरे पनि हुन्छ । अँ, एउटा उपाय छ, यदि उनीहरूको अध्यात्म चिन्तन र संस्कार संस्कृति सम्पदाको ढाड भा“च्न सक्ने हो भने त्यो सम्भव छ । त्यस कारण म यस सम्माननीय सदनमा के प्रस्ताव राख्दछु भने ः 
– त्यहा“को पौरस्त्य शिक्षा पद्धतिलाई बदलिदिउ“, 
– त्यहा“को धर्म संस्कृतिलाई भत्काइदिउ“, 
– त्यहा“का जनतालाई बेलायती वा विदेशीका सबै कुरा उनीहरूका आफ्नाभन्दा राम्रा छन् भनेर मानसिक परिवर्तन गराइदिऊँ । 
त्यसपछि उनीहरूले ः
– ममत्व र स्वाभिमानलाई गुमाउनेछन्,
– आफ्ना पद्धति, संस्कार र संस्कृति गुमाउनेछन्,
– अनि हामीले जे अह्राउँदछौं त्यही–त्यही मान्नेछन्, र–
– सदा हाम्रा औपनिवेशिक, अधीनस्थ जनता हुनेछन् ।’’
नेपालमा यतिखेर भएको धर्म निरपेक्षताको घोषणा त्यसैको परिणति हो । सम्प्रदायहीन यो धर्मलाई बचाएर मानवत्व बचाउनुको साटो विश्वका १८० करोड हिन्दुलाई पनि विभाजन गर र शासन गर सिद्धान्तमा अल्झाइएको पाइन्छ । 
४. राजसंस्था बारेकोे विकासवादी मत पश्चिमी हो । त्यस अनुसार मानिस बाँदरको सन्तान हो । त्यो विकसित हुँदै झुन्ड, चरन कबिला आदि हु“दै आजको अवस्थामा आएको भनिन्छ । झुन्डनाइके, मुखिया, राजा, महाराजा, सम्राट्, वादशाह, भगवान्को दूत आदिमा गनिएको हो । वैदिक धर्मले यो दर्शनलाई गलत मान्दछ । पश्चिमाको डार्बिनवाद र भौतिक उपभोक्तावादी सोच वैदिक समाजवादी तथा आध्यात्मिक ज्ञानको प्रतिकूल छ । औपनिवेशिक बलको आधारमा पश्चिमाले वैदिक गुरुकुलीय, ज्ञानयुक्त पि“ढी शिक्षा उन्मूलन गरेर भौतिक उपभोक्तावादी मेकाउलियन पद्धति थोपरे । नेपाल र भारतका सबै विद्वान््, नेता आज पनि त्यही शिक्षाले ग्रसित छन्, त्यसकै अन्धभक्त छन् ।
 
 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper