banner
banner

सही ट्य्राकमा शशांक

धर्मरत्न श्रेष्ठ -
नेपाली कांग्रेसको महासमितिको बैठकले समेत पास गर्न नसकेको हिन्दुराष्ट्रको एजेण्डा वीपी पुत्र शशांक कोइरालाले बोक्ने अठोट गरेका छन् । यद्यपि सभापति शेरबहादुर देउवाले को हो शेखर कोइराला भनेर सातो लिन खोजे पनि शशांक निर्वाचित सांसद र निर्वाचित पार्टी महासचिव पनि हुन् । उनले दह्रो खुट्टा टेकेर खरो अभिव्यक्ति दिएका छन्– धर्मको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्छ ।
शशांक कोइरालाले गुल्मी पुगेर फागुन १७ गते महेन्द्र आदर्श माविको हिरक महोत्सव र श्रीमद्भागवत धान्याञ्चल महायज्ञको उद्घाटन गर्दै नेपाललाई हिन्दुराष्ट्र बनाउन आफू लाग्ने र यसका लागि जनमत संग्रह गर्नुपर्ने माँग गरे ।
शशांककै शव्दमा ‘नेपाल सनातन वैदिक धर्मको भूमि हो । नेपाल धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र हुनुपर्छ । धर्मको विषयमा जनमत संग्रह गरिनुपर्छ, र सवैको चाहनामा हिन्दुराष्ट्र घोषणा गरिनुपर्छ । यसको विकल्प छैन ।’
शशांकले प्रधानमन्त्रीलाई व्यङ्ग हान्न पछि परेनन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले होली वाइन पिउँदा समेत धार्मिक गुरुहरु नवोलेको भन्दै नेपालमा धार्मिक अतिक्रम भैरहेको आरोप लगाएका छन् । केही धर्मको नाम लिदै हिन्दुहरु धर्म संरक्षणमा जागरुक हुन जरुरी छ पनि भने । उनले आफू वि.पि.को पद पछ्याइरहेको भन्दै काम गरेर देखाउने उद्घाोष समेत गरेका छन् ।
हो, १ सय १६ जाति भएको मुलुकमा गरिबी बढी छ र पैसाको बलमा धर्मान्तरण व्यापक बन्दै गएको छ । यति हुँदा पनि गुरु पुरोहित, हिन्दुवादीहरु कानमा तेल हालेर सुतिरहेका छन् । ॐकार परिवार ९५ प्रतिशत भएको मुलुकमा क्रिश्चियनहरुको व्यापकता हुनु भनेको हिन्दुवादीहरुको उदासीनताले हो । हिन्दुवादीहरु अनेक खेमामा बिभक्त छन्, कित्ता कित्तामा बाँडिएका हिन्दुहरु क्रिश्चियन चर्च र धर्म परिवर्तनको कहालीलाग्दो जागरुकता देखेर पनि व्यूँझन सकेका छैनन् । केही व्यक्तिहरु नसहने, हिन्दुराष्ट्र हुनुपर्छ भनेर कुर्लिए पनि उनीहरुको कुलाइ पानीको फोका जस्तो बनेको छ । यदि साँच्चै हिन्दुहरु सडकमा निस्कने हो भने सडक जाम हुन्छ, सरकार हलचल गर्न सक्दैन । तत्काल हिन्दुधर्मको जित हुनसक्छ । यो सबै थाहा पाएर पनि हिन्दुहरुलाई बिभाजन गर्न क्रिश्चियनहरु सफल भएकाले नै हिन्दुराष्ट्र चुनावी नारामा सिमित हुनपुगेको छ । इसाइमुखी सरकारले पनि हिन्दुराष्ट्र दिन्छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper