banner
banner

कृष्णराज वर्मा ः मधेश र मधेशी समस्या

प्रा.डा. खेमकोइराला (बन्धु) --
कृष्णराज वर्मा नेपाली राजनीतिका एक शीर्षस्थ व्यक्ति उनको दोस्रो वृहत् कृति हो मधेश र मधेशी समस्या । यस कृतिले नेपालको वर्तमान राजनीति कतातर्फ केन्द्रित छ भन्ने कुरालाई औंल्याएको छ । खास गरेर मधेश अर्थात् तराईमा कसरी दक्षिणतिरबाट आप्रवासीहरु खनिन पुगे भन्ने कुरालाई उजागर गरिएको छ । 
यो कृति कुनै प्रायोजन होइन अन्र्तमनकोृ आवाज हो । उनको भूमि, पुस्तैनी भूमि – आफ्नो मुटु हो त्यस मुटुलाई चुडेपछि के भयो होला ? त्यही भूमिबाट कसैले खेदा एभने के हुन्छ । धन्य उनले ‘उपन्यास’ तयार गरेनन् कल्पनाको सागर । स्वाभिमानमा ठेस लाग्यो पछि या कृति तयार पारी । एउटा महान् उपलब्धि ।
कतै कसैलाई धर्मको नाममा खेदिन्छ । कसैलाई जातिका नाममा, कोही भाषा – भाषीका नाममा । उनीचाँहि रङ्गको नाममा खेदिए । अनि भाषाको नाममा मूलतः क्षत्रको नाममा । उनी आफ्नै जन्मस्थलबाट लगारिए, विवशता कत्रो पीडा आन्तरिक दर्द महशूश गर्न सकिने । हाम्रो अनुमान अनुभव र अनुभूति अझै अनन्त पीडाको अनुभव र अनुभूति । तिनलाई सानो चोट मान्न मिल्दैन पराइ । शब्दको पीडा कठै । वनसाङ्गलोले घर साङ्गलोलाई खेदेछ । टेकनाथ रिजालको भुटानबाट खेदिदाको यस्तै पीडा । यो वा त्यो निहुँमा जातियता, साम्प्रदायिता भाषिकताको पीडादायी घटना । रङ्गको, जातिको, भाषीको नाममा कतैबाट प्रायोजित रुपमा खेदाइएकाहरुको दर्दनाक व्यथालाई सहृदयीले कसरी बोल्न सक्छ ? एउटा विवेकी व्यक्तिले सुधारको लागि प्रस्तावना गर्न सक्छ । यो महत्वपूर्ण कुरा हो । यसबाट नै अकल्पनीय दुर्घटनाबाट बच्न सकिन्छ । ठाउँ–ठाउँबाट विभिन्न ढंगले प्रायोजन गरिदै उचालिएका बाँदरहरु, मालिकको ईशारामा बाँदरहरु नाचिरहेका, कस्तो गजबको अवस्था । 
यो वा त्यो नाममा स्यालहरु, व्वाँसाहरु, बाँदरहरु जताततै छरिएका छन् – जातियता, क्षेत्रीयता, भाषिकता, धार्मिकताका नाममा सोझा साझा मानिसको आँखामा छारो हाल्नेहरु निरक्षर पीछडिएका गरिबी जनतालाई ध्वस्त पारिरहेका छन् । यो वा त्यो नाममा । विभिन्न प्रकारले ।
वर्माको प्रस्तुत कृति देश नै खोक्रो बनाउने र डुबाउने, सके सिक्किम बनाउने नसके भुटानै बनाउने यो वैजनाश सेडपाइकोको चन्द्रमयूख भन्नु चन्द्र चन्द्रिका होइन । शासकको प्रशंशाको यो देश जाति र राष्ट्रको दर्पण हो । जस्तो छ त्यस्तै देखिने यसलाई कसैले धमिलो नपारोस् ।
× लेखक वर्माले इतिहास मार्न चाहेका छैनन् यथार्थलाई अघि सारेका छन्, सत्यताको पक्षमा उनी दृढ पनि नेपाललाई इशाइहरुको गिद्धे दृष्टि आज सम्म पनि कायमै छ । पश्चिमाहरु यसैक्रममा उत्साहित । अभिप्रेरित । उनीहरुको व्यापारिक, सामरिक, राजनीतिक, स्वार्थसिद्धि उत्प्रेरक छ इतिहास छ । साक्षी छ । विदेशीहरु साम, दाम, दण्ड, भेद जस्ताकुराले अर्को देशमा फैलाउने घृणा उत्पन्न गराउने जस्ता विध्वंश कार्य गर्छन् । झूटलाई सत्य बनाउन गोवेल्स शैलीमा प्रचार गर्छन् । यद्यपि सत्य लुक्दैन तर समय लाग्छ, त्यो खुलुन्जेलमा धेरै दुर्घटना भैसक्छ । संसारहरु यस्तै भएको तथ्य छ । 
× अहिलेको नेपाल भूमि महाकालीपूर्व मेची नदी पश्चिम चीनको दक्षिण भारतको उत्तर करीब छपन्न हजार वर्ग किलोमिटर भएको राष्ट्र हो । पूर्व पश्चिम लम्वाइ करिब ५५६ मिल सरदर १०० मिल उत्तर दक्षिण चौडाई दक्षिण सीमान्त भाग मात्र एक लामो सेतो रुवरुप समतल भूमिमा परिणत भई देशको एक तिहाइ भाग पहाडी क्षेत्रमा विभाजित छन् । यो देशको पूर्वी तराई पश्चिम तराई भित्री मधेस जस्ता समतल भूमि छन् भित्री मधेसमा चिसापानी सिन्धुली, उदयपुर, चितवन, दाङ पर्छन् । यो देश विभिन्न जाति, भाषा, संस्कृति धर्मबाट विविधतापूर्ण छ । हिन्दु र बौद्ध धर्मालम्वीहरुको संख्या उपल्लो छ । यता आएर क्रिश्चियनहरुको संख्या बढ्दो छ । नेपाली, मैथिली, भोजपुरी, अवधि जस्ता भाषाहरुको उल्लेखीय स्थान रहेको छ । 
यो कृति वर्माले किन लेखे ? त्यस्को पृष्ठभूमि लामो छ । विश्व राजनीतिमा घटनाक्रममा सम्पन्न देशले असम्पन्न देशमा शक्तिशाली देशले निर्वलमा एक छिमेक देशले अर्को देशमा थिचोमिचो गर्न अनेकौं हतकण्डा अपनाउँछन् । साम्राज्यवाद, सामाजिक साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद जस्ता कुरा यसै प्रसंगमा आउँछन् दुृई विश्वको लगाइँका पक्ष विपक्ष पनि छन् । विश्वको इतिहास पढेर बुझेका मात्र नभई पचाएका पाका वरिष्ठ नेता वर्मालाई ऐतिहासिक राष्ट्र नेपालको रुपमा रहनु रही असंलग्न भूपरिवेष्ठित देशको सकसले चिन्तित बनाएकै छ । अनि आगो पनि र पानी पनि नेपालको अविकसित अवस्था भूपरिवेष्ठित देश नेपाल गरिबी पछौटेपनको एक कम्युष्टि नेता उनी । निरंकुश राणा शासनसँग जुध्दै प्रजातन्त्रको उधारो स्थापनापछि महेन्द्रको एकतन्त्रीय निरंकुश शासनको कालरात्रीमा उनी राष्ट्रियता पनि नमरोस् प्रजातन्त्र पनि आओस् भन्ने कुरामा दृढ रहे । मूलतः उनको लक्ष्य समाजवाद । यसैका लागि स्वदेशमै बसी निरन्तर संघर्षरत । 
पहाडी राष्ट्रवाद वा मधेसी राष्ट्रवाद फजुल कुरा हो । नेपाल कहिले कसको कहिले कसको अघोषित थिचोमिचोमा रहयो । इतिहासमा नेपालको केन्द्र वा तराईमा इशाई र मुश्लिमकमो आक्रमणको निशानामा परेकै हुन् तिव्वत र चीनसँग पनि लडाई परेकै हो । तर छोटो समय चीनसँग तिव्वतको लडाई तर इसाईहरुले पृथ्वीनारायणको समयदेखि नै हारको बदला विभिन्न प्रपञ्च लिएर गरेकै हुन् । कहिले तराईवालालाई कहिले जनजातिलाई । माओवादीदेखि खाओवादीसम्म लिएर उनीहरुले जाति, भाषा, क्षेत्र, धर्ममा विकृतिपूर्ण विष घोलेका मात्र होइनन् खुल्लेआम लडाएका पनि छन् । जातिय राज्य क्षेत्रीय राज्य बनाएर जसरी पनि कमजोर बनाऊ क्रिश्चियन धर्म प्रचारका निम्ति पश्चिमा राष्ट्रहरुको ज्यादती । शस्त्रास्त्रको होडबाजी गराउने विश्वमा आतंक फैलाउदै आफ्नो हैकम राख्ने मधेसी पहाडीको जाति, जनजातिको नरसंहारकारी पश्चिमा अनि तिनीसँगै कैयौँ कुरामा आत्मसात गर्ने दक्षिणको मुलुक उनले बुझेका छन् । भारतीय जनतासँग चाँहि हाम्रो तादात्म्यता छ । उनलाई थाहा छ– भारतीय सरकार साउथब्लक कहिले हाम्रो पक्षमा छैन । उसको दृष्टि हामी प्रति नकारात्मक छ तर जहाँसम्म तराई मधेसका नेपाली नागरिकलाई उनको उच्च सम्मान हालै तराईमा बसोबास गरेका मधेसीहरुको थिचोमिचो छ । त्यसले यस देशको अखण्डतामा चुनौती थपेको उनी बुझ्छन् । नेपालको मधेसलाई दिल्लीमय बनाउन विहार र उत्तर प्रदेशको जस्तो हैसियत बनाउने सूक्ष्म व्यवस्थापनको घटना । 
वर्माले आजन्म तराई मधेसमा चिताए । जीवनको समस्त उर्जा तराईमा नै सुम्पिए । २००७ सालको सिराहामुक्तिका नायक । २०१० सालका नेकपा केन्द्रीय सदस्य २०१७ का पोलिटाव्यूरो सदस्य । युवा सन्धिकालदेखि नै जनतामा समर्पित सारा जीवनपूर्ण तराई मधेसी नागरिक किसान मजदुर पीछडिएका दलित र सीमान्तकृतहरु प्रति समर्पित ।
एक दिनको कुरा हो उनलाई प्रत्यक्ष भनियो – ‘वौवा आव तु भाग’ थप भनियो – ‘अब हम सब राज कर वौ’ ।
रातविरात खेदियो । यो काम कुनै नेपाली नागरिकबाट भएन । हजारौँ आप्रवासीहरुबाट भयो । साधारण जनता टुलटुल हेरिरहे । कहाँका आयातित गुण्डाहरु वा विना ड्रेसका । कुनै देशका तालिम प्राप्त सेना पुलिसहरुबाट उनलाई खेदियो, निकालियो । कुनै विराउनु कसैलाई पिराउनु त थिएन । यस्तो कार्य उनी एक्लैलाई होइन तराईमा बस्नेहरु जो सेता छालाका थिए जसको मातृभाषा मैथिली वा भोजपुरी थिएन, तिनलाई गरियो । दक्षिणको हावासँगै रक्सीको मात र मासुको उन्मात र छरिएका पैसाका भरमा एक एक गरेर नीरिह जनतालाई उठीवास गराइयो । अत्याचारको सीमाना रहेन अत्याचार र व्यभिचार खप्नै नसक्ने । कस्तो उदण्डता । भनिन्छ लडाईमा जे पनि उपयुक्त हुन्छ तर यहाँ कुनै लडाई थिएन । सुर्ती खेती गर्ने सामान्य पहाडी नागरिकहरु किसान मजदुरलाई खेदाउने एकमात्र उद्देश्य । सिक्किम र भुटानको नियति वा वंगलादेशको उदय । दक्षिणको साम, दाम, दण्ड, भेदको कपटपूर्ण कुनीतिले राष्ट्रवादी सच्चा नेपाली ठूलो संख्यामा खेदिए । अपसोच कुनै नागरिक समाज बोलेन । युरोपियन यूनियन पश्चिमा राष्ट्रहरु कोही बोलेनन् । – हृदयविदारक
खुल्ला सीमाना त छँदै थियो । नागरिकता दिने लिने सजिलो परिपाटीमा हाम्रा नेताहरुको द्वैध चरित्रको सीमाहिन विषपूर्ण नाटकको एक दृश्य । यो थियो मुटु छुने घटना – रंग मोचन 
× वर्माले भारतीय जनता ठीक तर भारत खराब भनेका छन् । भारत भन्नाले दिल्लीको ‘केन्द्रीय प्रशासन’ नेपालका तराईवासीहरु खराब थिएनन् छैनन् पनि तर तिनलाई कुत्सिब मनसायले उचाल्नेहरु खराब हुन् – तराईवासीहरु पहाडिया खसहरुप्रति असहिष्णु थिएनन् । तराईमा मिलेर नै बसे तर छाला र भाषाको आधारमा कसैको उक्साहटमा आप्रवासीहरुले केही नेताको स्वार्थका निम्ति खेद्यो । यसरी खेदनु दक्षिणको मूल नेपाल प्रतिको बडे भाइको अहंकार पनि स्वार्थ नै हो । 
सत्य हो– भारतीयहरु पश्चिमतिर छिरेझैँ यहाँ बीसौँ शताब्दीका जंगल फडानीको क्रममा आए । वंगाल, विहार, यूपीको अनिकाल र रोजगारीको निमित्त भूमिको कर्मले नेपालको तराई तिनै पहाड भन्दा तल भएकोले मधेस भन्न थाले । अझै पनि देश भन्नाले उनीहरुको मूल घर हो । दक्षिण भारतलाई नै उनीहरु औँल्याउछन् । हो, भारतलाई अंग्रेजले लिएर ठूलो गुण लगायो धेरै राज्यमा छरिएको यो देश संगठित बन्न पुग्यो । यहाँ त पृथ्वीनारायणले नै संगठन गरेका थिए सारा जाति जनजातिहरु एक भएर पृथ्वीनारायणले विस्तार गरेका थिएनन् । उनले संगठित गरेको कुरा गोरखाबाट राजधानी काठमाडौं सार्ने र यहाँको धर्म संस्कृतिलाई आत्मसात गर्ने उनी राष्ट्र विभाजन नगर्ने जस्ता कुराबाट कष्ट हुन्छ राणाशासनकै कुरा गरौं । उनीहरुले अंग्रेजको चाकडी गरेरै राष्ट्रको अखण्डतालाई मासिन दिएनन्, न त ब्रिटिसले अहिलेको भारत झै सूक्ष्म व्यवस्थापनमा चासो लिने गथ्र्यो । 
नेपालमा मधेसीहरुको असन्तोष हुनु स्वभाविक हो । कर्णाली वासीहरुको त्यो भन्दा ठूलो असन्तोष छ । ठूलो दुःखको कुरा दुर्गम गरीबि भएका अशिक्षित पहाडी र हिमालीहरुले भोग्नु नै परेको छ । विकासहीनता गरीबि र बेरोजगारी अशिक्षा जस्ता कुराले उनीहरु प्रताडित छन् तर तुलनात्मक रुपमा सरल र सहज जीवन भएको तराईमा भारतीय पश्चिमाहरुको सक्रियता भयंकर दुर्घटना गराउने किसिमको छ । प्रजातन्त्र पछि भारतले चीनसँगको सम्बन्धको आधारमा नेपाल राष्ट्रको स्वाधीनता स्वतन्त्रता अखण्डता र स्वाभिमानमा हस्तक्षेप गरेको छ । भारतको घुसपैठ त छँदैछ । राज्यसंयन्त्रमा हस्तक्षेप पनि चारैतिर यसले घेरको छ । भूपरिवेष्ठित देश नेपाललाई न्याक्न खोजेको छ । कहिले के नाममा अनि कहिले के नाममा रोटी र वेटीको नाममा यत्र सर्वत्र दादागिरी । उसको लागि थारुहरु विश्वसनीय भएनन् कुनै आदिवासी । पनि रोटी वेटी भाषा भाषी जात जातिका नाममा खस पहाडियाको प्रभुत्व छ भन्दै नेपालका राष्ट्रवादी तराईका आदिवासी लगायत राष्ट्रभक्त भारतीय मूलका नेपाली नागरिकहरुलाई समेत उचाली सम्पूर्ण नेपालका राष्ट्रवादी शक्तिलाई ठेगान लगाउने योजनाबद्ध रुपमा कार्य संचालन गरेको हो । 
वरिष्ठ जेष्ठ नागरिक वर्मा यस्तै घट्नाबाट उत्प्रेरित हुँदै उद्वेलित हुँदै आफ्नो कलम अघि बढाउँछन् । उनलाई थाहा छ मधेसी आन्दोलन प्रायोजित हो । उसैले धामी र बोक्सीको काम ग¥यो । खुल्ला सीमाना उताबाट रोजी र रोटीका लागि पठाइएकाहरु अंगीकृतहरु, विवाहितहरु तिनका आफन्तहरु सबै कुनै न कुनै रुपमा प्रायोजित नेपाली नागरिकहरु कति चाँहि साँच्चैका नेपाली नागरिकहरु र एजेन्टहरु पेरोलका व्यक्तिहरु दूतावासबाट संचालित लोभीहरुले हरेक तप्का र तहबाट सघाए नेपालले चाहेको विशुद्ध नागरिकता हो, तर यहाँ त घुसपैठ यति भयो कि मन्त्रिपरिषद्का सदस्य न्यायालयका व्यक्तिहरु सचिवालयका सदस्य सेना अधिकारी प्रशासनिक र प्रहरी अधिकारी जनप्रतिनिधिहरु पनि उसको सूक्ष्म व्यवस्थापन अन्तर्गत किनिए । 
‘खसलाई घृणा गर’ भन्ने कुरा भारत र पश्चिम दुबैको दृष्टिकोण हो । मधेसमा ब्राह्मण, राजपूत, कायस्थकमो संख्या दुई लाख छ । दलितको एघार लाख मूलरुपमा खेतीपातीसँग संलग्न ५४ लाख छन् वर्माको किटान छ तराईमा शोषित पीडित १२ लाख छन् । अनि दलित २५ लाख । ×
यसरी वरिष्ठ वाम राजनीतिज्ञ वर्माको यो कृति नेपाली पाठकको लागि निसन्ध्येय सन्दर्भ सामग्रीका साथै वैचारिक विशिष्ट कृति हुने कुरामा विश्वास लिन सकिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper