banner
banner

आइएनजीओले देश बर्बाद

धर्मरत्न श्रेष्ठ -
कागजमा विकास देखाएर, ग्राफमा सुधार देखाएर दाता, एनजीओ, आइएनजीओ र स्थानीय एनजीओ–प्रशासन मिलेर जनताको दानापानी दिनरात लुटिरहेका छन् । यही सब देखेर भारत पाकिस्तानले आइएनजीओलाई फिर्ता गरेका, फिर्ता गर्न थालेका छन् भने नेपालमा यिनले समानान्तर सरकार चलाइरहेका छन् ।
सरकारको भन्दा यिनले बढी बजेट खेलाउँछन् र सरकारकै हाराहारीमा यिनले अनियमितता गर्छन् । यो अनियमितताका कारण जनताले पाउनै पर्ने स्वास्थ्य, शिक्षालगायतका आधारभूत सुविधा केही पनि पाइरहेका छैनन् । बाहिर लोकतन्त्र भनेर लोकतन्त्रको प्रचार गरेर लोकको मुखमा पर्नैपर्ने, हातमा पुग्नैपर्ने र तिनको खाना, नाना र छानाको अधिकारमाथि हुनुसम्मको शोषण भइरहेको छ । सरकार यस्तो चरम शोषण्को अवस्थालाई समृद्धि, शान्ति र सुखी नेपालीको हावादारी प्रचार गरिरहेको छ । यसरी विकास र समुन्नति सम्भव छैन । यो त आधुनिक भ्रष्टाचारको अर्को स्वरुप भयो । यो भ्रष्टाचार रोकिएन भने नेपालको दुर्गति र अनेक जाति, धर्म मान्नेहरको बसोबास थलो रक्तपातपूर्ण हुनसक्छ । जोखिम छ ।
दाता, आइएनजीओ, एनजीओ र स्थानीय एनजीओ र प्रशासनको मिलोमतोमा यो भ्रष्टाचार भइरहेको छ । एकडोको सहयोगको प्रचार गरिन्छ, जनताको मुखसम्म पुग्दा एक थोपोमात्र पुग्छ । यसकारण एनजीओ प्रणाली नै गलत छ । यसका साथै यस्ता दाता, आइएनजीओले गरीव नेपालीलाई उचाल्ने र पछार्ने काम पनि गरिरहेका छन् । एकता भाँडेर कतै बिखण्डन र कतै सुशासनका कुरा गर्न लगाउने, कतै लोकतन्त्र र लोकजागृतिका तमासा देखाउने, कतै सुधार र कतै कल्याणका काम गरेजस्तो गर्ने गर्नाले नेपालको अवनति र अराजकतामात्र बढ्दै गएको छ । यसमा विशेष विश्लेषण जरुरी भइसक्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper