banner
banner

जीवन यात्रा ः ईश्वर शायद सद्गुण हो

खेमकोइराला बन्धु -
जन्म मृत्यु बीचको जीवन संघर्ष हो शिव सत्य र शून्यत्व दुःख र सुख शिशु – किशोर – युवा प्रौढ अनि वृद्धत्व यिनै बिचमा आउने जीवन जिजिविसाको चर्चा प्रकृति जीवन जीवन नै प्रकृति जन्मनु बढ्नु मर्न । रोग प्रकृति जीवन प्रकृति । 
देवकोटाले लेखे मृत्यु शून्य अनि ईश्वरवादी देवकोटा ईश्वर देखे अन्त्यमा ईश्वर हुन् कि नहुन तर मृत्यु छ सर्वसत्य ध्रुवसत्य ईश्वर छैनन् भने किन ईश्वरका कुरा हुन्छन् किन मरे भनिन्छ ईश्वर नित्से सम्झन्छु त्यही मृत्युको क्रममा कृतिहरु निस्किरहन्छन् रोग, वृद्धत्व । मृत्यु महामृत्यु । हामी इतिहासमा बाँचिरहेका छौं । वृद्धत्व सँगै इतिहास कहाँ जान्छ सद्गुण भन्छन्, ईश्वर शायद त्यही सद्गुण हो, सदगुण नै ईश्वर ।
कल्पना गर्छु चराहरुले मृत्युको कस्तो अनुभव गर्छन् अनुभूतिको कुरा उनीहरुको स्वर्ग कति रमणीय होला उडान न कतै छेक, न कतै थुन उनीहरुलाई न भिसा न पासपोर्ट न भरेको चिन्ता अहिले जे भेटयो त्यही खायो मान्छे कति लोभी जोडेको छ जोडेको छ कत्ति नपुगेको उसलाई इष्र्या नै इष्र्या लालच मृग तृष्णा बासना इन्द्रेको सन्त’ष्टि तर सधैँ असन्त’ष्ट कहिले उसमा आएन मानवतावादी चेत जहिले पनि छलकपट र वेइमानी पशुहरु अरुको विरुद्ध कपटको खेल खेल्दैनन् तर मान्छेको कपट षडयन्त्र कति दुष्कर सोच्ने गर्छु जीवन सृष्टिको एउटा आलोकमय सुन्दर फूल हो प्राकृतिक परिवेश पाएर यो ईश्वरीय आलोक झैँ फक्रन्छ फक्रिनु पर्छ तर त्यसो त हुँदैन जीवन यात्राका हरेक विसौनीमा यसका विभिन्न उतार चढाव आउँछन् कति राम्रो हुन्थ्यो होला चरा जस्तो उड्न पाए बाल्यकाल जस्तै आमाको काख र बाबुको काखमा चढ्न पाए तर यो सम्भव ह’ँदो रहेनछ दिन वित्छन् रात वित्छन् पल पल वितिरहन्छन् घात प्रतिघातले मान्छे व्यतित हुन्छ निष्ठासाथ बाँच्न पाउँदैन स’किलो र मैलोको द्वन्द्व शुद्धता र अश’द्धता छ’ट्टयाउन नसक्ने अवस्था कहाँ राष्ट्र कहाँ समाज कहाँ देश कहाँ जनता आफ्नै स्वार्थ सीमित स्वार्थले ढाकेको त्यसका लागि जस्तोसुकै निन्दित कर्म गर्न पनि तयार कस्तो जीवन परावलम्बी अपाङ्ग जस्तै बनेको छ स्वतन्त्रता यो शब्दकोशमा सिमित छ राजनीतिको तुच्छ खेल अनि उपभोगवाद र उपयोगवाद मानौं विज्ञान र ज्ञानको द्वन्द्वको चाकाचुलीमा हामी यसै यसै लर्बराइरहेका छौं । खोइ शिवजीको कल्याणकारीता खोई बुद्धको करुणा खोइ जनकको ज्ञान खोइ न्यायको भावना र समन्वयको प्रसारण । 
किन बुझ्दैन अध्यात्मको शंख किन विणाबाट खुल्दैनन् संगीतका धारहरु किन सरस्वती मौन छिन् कस्तो इष्र्या ढाह र कटुरता दम्भै दम्भ संचेतना किन आउन सक्दैन निःसम्स कालो अपराधी कता ल’केको छ कसले कारवाही गरोस् यो कालो पनलाई काल मात्र एउटा साक्षी छ सबैलाई चपाईदिने निलिदिने दुष्कीर्तिको परिणती त्यही कालबाट हुन्छ लाग्छ प्रकाश शून्य दिवा हुँदैन यस संसारमा अध्यात्ममा ग’न्जिदै भौतिकताको समुचित प्रयोग गरेर हामी किन नबाँच्ने यस्तै सोचिरहन्छु मन भरी अनि तनभरी । 
जीवन जीवनै हो म त प्रकृति प्रेमी जलवाय’ परिवर्तनले हिमालको हिउँ रित्तिदो छ वनस्पति सुक्दै गएका छन् वायु प्रदूषण बढ्दो छ उष्ण तापले हामी घेरिरहेका छौं कति सुन्दर थियो त्यसबेलाको जीवन पचास वर्ष अगाडिको कल्पना गर्छु शहरी जीवन आज सबै कृत्रिम छ मानौं जीवन रोबर्टले चलाएको छ एउटा कृत्रिमताको जीवन । 
देशमा जताततै गणतन्त्रको भाव छ नाम मात्रको गणतन्त्र जनतन्त्र प्रजातन्त्र जनता थिचिएको छ थलिएको छ पिसिएको छ लुटिएको छ देशमा विकृति विसंगति बढ्दो छ अन्याय अत्याचार व्यभिचारको कुरै नगरौ नहुनु पर्ने काम भैरहेका छन् दुष्काम भनौं सत्कर्म शब्दकोशमा खोज्नुपर्छ भ्रष्टााचारको उकालो सगरमाथासम्म पुगेको छ । युद्ध कालको लुट लगनऊ लूट कठै मेरो देश कतै यो असफल राष्ट्र नबनोस् सम्पदामा हासिरहेका छन् प्रकृति लुटिइरहेको छ मौलिकता हराइरहेको छ जिम्मेवार कोही छैन दुई तिहाइको सरकार स्वयंमा रमाइरहेको छ असत्यलाई अर्ध सत्य र सत्यवान् परिणत गर्नु कसरत गरिरहेका छन् जताततै विचौलिया किनबेचको ठूलो शक्तिशाली समूह छ सत्यता बन्धकमा छ कसैले भन्न सक्दैन बोल्न सक्दैन मानौं मुख सिइएको छ मानिस प्रख्यात भएका छन् कुख्यात पनि भएका छन् हिजोको प्रख्यात मान्छे आज कुख्यात भएको छ पत्याउ कि नपत्याउको अवस्थामा जीवनको ठूलो काल संघर्षमा विताउने कसरी कुख्यात बन्न सक्छ भन्ने लाग्छ यो एउटा अनौठो पक्ष डोर बहादुर विष्ट प्राध्यापक हुन् उनले भनिदिए भाग्यवाद एउटा शब्द त्यो शब्दले खसलाई मत्वाली र तागाधारीमा विभाजित गरिदियो मत्वाली भन्नेहरुको पक्षमा पश्चिमेलीहरु कम्मर कसेर फूट गराउन व्यस्त छन् आखिर पश्चिमाहरु नेपालमा क’नै न कुनै रुपमा जातीय धार्मिक, क्षेत्रीय, भाषिक रुपमा लडाइ गराउन चाहन्छन् उनीहरुको खेल चीन सम्म पुगेको छ उनीहरुको झेल विश्व सम्मै छरिएको छ हाल ९२ वर्ष उमेर हुनुपर्ने डोर बहादुर विष्ट पश्चिमाहरुसँग कुनै समय नजिक थिए २२ वर्ष अगाडि कता हराए यो प्रश्न अझै ताजै छ । लोभ, लज्जा नभएपछि केही लाग्दो रहेनछ । हिजो पञ्चायत कालमा सम्म पनि अदालतले एउटा आफूलाई नजरको श्रम राखेको देखिन्थ्यो अहिले त्यो कुरा पनि समाप्त भएको देखा पर्दैछ । अन्तरिम आदेश सेटिङमा भइरहेको अवस्था कसरी विश्वास गर्नु अन्तरिम आदेशले भ्रष्ट तत्वको अन्यायी तत्वको कूशासनको पक्षमा लाग्छ भनेर संवैधानिक वा कानुनी हकको हनन नभई असाधारण अधिकार प्रयोग हुन नसक्ने कार्यमा अन्तरिम आदेश दिन्छ तर यहाँ त एकल इजलासले अन्तरिम आदेशको नाममा देशको आर्थिक स्थिति ध्वस्त गर्ने गरेर आदेश दिन्छ कस्तो दयनीय स्थिति यसलाई केही मात्रामा सुधार्न प्रधानान्याधीशले कोशिस गरेको देखिन्छ तर विश्वास गर्ने कुनै आधार छैन किनभने न्याय परिषद् स्वयं सर्वोच्चका न्यायाधीशहरु अनि उच्च अदालतका न्यायाधीशहरु राजनीति भागवण्डामा छन् उनी कत्ति टिक्छन् यो प्रश्नकै रुपमा खडा भएको छ आशा गरौं उनले चार वर्षको अवधिमा न्यायलयलाई केही सुधार गरुन् । 
कम्प्युटर नजान्नुको पीडा मेरो लागि एउटा असाध्य असह्नीय वेदना हो । कम्प्युटर एउटा प्रविधि हो यसका अनेक पक्षहरु छन् मेरा धेरै साथीहरु कम्प्युटर प्रयोग गर्छन् म अहिले पनि कम्प्युटरमा शून्य नै छु । आँखाले साथ नदिनु हालको बाध्यता हो कम्प्युटर आउनासाथ सिकेको भए पनि अहिले यो कार्य गर्न सक्ने थिइन त्यो अलग्गै पक्ष कम्प्युटरमा कहिले काहिँ कम्प्युटर गर्नेहरुले जानेर वा नजानेर यताको फाइल उता पारिदिने अवस्था हुँदो रहेछ यस्तै मारमा हामी मध्ये धेरै परेका छौं आफ्नो सामाग्री अरु तिर पर्ने अरुको सामाग्री आफुकहाँ आइदिने राजेन्द्र सुवेदीको एउटा कृतिमा त्यस्तै परेको छ नजानीकन यस्तो अवस्था मलाई पनि प¥यो यसको लागि कम्प्युटर जान्नु अनिवार्य आवश्यकता मैले देखेको छु । 
हालै नेपाल एकेडेमीको र अन्य एकेडेमीको गठन भयो त्यसमा कुनै दलका व्यक्तिह?ले आफ्ना दलका त्यसमा पनि आफ्नै गुटका व्यक्तिहरु नपरेकोमा विभिन्न प्रकारका सिकायतहरु गरे । कुण्ठा प्रकट भयो । स्वभाविक पनि हो दलको सरकार हुने अनि दलकै मान्छेले सिफारिश गरेका व्यक्ति नहुने जगमान गुरुङ्ग, योगेन्द्र यादव, दिनेश पन्त उषा ठाकुर, हरिहर शर्मा, धिरेन्द्र प्रेमर्षी जस्ता व्यक्तिहरुलाई सम्म पनि रुचाइएन प्राज्ञ कुनै दलको हुँदैन, कुनै समूहको हुँदैन सबैको हुन्छ त्यसमा विद्वता, विज्ञता, प्राज्ञत्व जस्ता कुरा हुनुपर्छ भन्ने कुरा हेरिएन, प्रतिष्ठानमा जुनिएर व्यक्ति कूलपति भए अथवा कुनै पदाधिकारी वा भन्ने कुरा प्रशस्त आए ंउनीहरुले भोली के गर्छन् त्यो एउटा प्रश्न हो सर्वसम्मत रुपमा दलीय अथवा गूटगत दृष्टि राखिसकेपछि सुयोग्य व्यक्ति आउनुपर्छ भन्नु कस्तो प्रश्न हो विचार गरौं पञ्चायत कालमा व्यथित कूलपति हुँदा सम उपकूलपति थिए बालचन्द्र कूलपति हुँदा देवकोटा सम मात्र होइन लेखनाथ पनि सदस्य थिए तर हो एकेडेमीमा समाविष्ट हुनुपर्ने धेरै व्यक्ति छुटेका छन् र केही व्यक्तिहरुलाई पछि पनि समावेश गर्न सकिनु व्यक्ति त्यहाँ समाविष्ट छन् त्यसमा कसैको कुनै आग्रह होला कसैको पूर्वाग्रह पनि त्यसतर्फ नजाऔं यति मात्र भनौँ एकेडेमीले आफूले पाएको जिम्मेवारी पदाधिकारीले कतिसम्म पूरा गर्छन् र थप एकेडेमीलाई प्रज्ञात्वमा पु¥याउन सक्छन् भन्ने कुरामा सजग हौँ यदि लोक लज्जा नै रहन सकेन भने त्यसको दण्ड उनीहरुले व्यहोर्ने पर्छ । 
आज सबै मिलेर पृथ्वीनारायणको खेदो गर्छन् यो खेदो गर्नुको एउटा कारण हुनसक्छ कि नेपाल राष्ट्र राष्ट्रको रुपमा नरहोस् पृथ्वीनारायणलाई इष्ट इन्डिया कम्पनीले खेदेकै थियो इसाइहरु उनलाई बदनाम गरिरहेका थिए अंग्रजी लेखकहरु पछाडि दौडिरहेका थिए ओरालो लगाउनलाई मेकालेह? त्यसैमा थिए र आज पनि त्यो धन्दा यथावत छ कहिले जातीयताको नाममा कहिले क्षेत्रीयताको नाममा कहिले धार्मिकताको नाममा कहिले भाषिकताको नाममा अझ हुँदा हँुदा ब्राह्मण अलग्गै तराई र पहाडका पहाडियाहरु अलग्गै खस पनि तागाधारी र मत्वाली दलित भिन्दै भनेर त्यही समूह यो वा त्यो नाममा आइरहेको छ त्यसका अन्तर्राष्ट्रिय क्षेत्रीय देशीय प्रान्तीय स्थानीय एकाइहरु कम्मर कसेर लागिरहेका छन् लाजमर्दो स्थिति खेदजनक कुरा अझै पनि पृथ्वीनारायणलाई विस्तारवादी भनेर हल्ला मच्चाइएको छ न्वारानदेखिको बल लगाएर अर्काले गरेको सुकर्मलाई क’र्कम भन्दै वितण्डावादीहरु लुकेर अनि पौखेजोरी खेलेर पनि लागिरहेका छन् एउटा विडम्बना । अन्त्यमा हामी नेपाली हौं । नेपाली जाति नेपालीत्वकै लागि एक हौं । मेची काली हिमाल तराई जुन जात जाति भाषा भाषि सबै एक जुट हुन सकौं भन्ने यो राष्ट्रिय भावना जागृत गराउन सबै संलग्न हौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper