banner
banner

रातो र चन्द्र सूर्य अंकित झण्डा

प्रा.डा. खेमकोइराला (बन्धु) -
नेपाल राष्ट्रको सीमा पूर्वमा अरुण पार पश्चिममा चेपे नदीसम्म अझ काली गण्डकी सम्म पुगेको बेला पृथ्वीनारायणसँग उनका भाई दलमर्दन राज्य बाँड्ने विचार प्रकट गर्छन् त्यसैका लागि उनी दाजुसँग मतभिन्नता प्रकट गर्छन् तर अझै विसहज र अखण्ड नेपालको स्वप्न द्रष्टा पृथ्वीनारायणलाई यो कुरा मान्य हुँदैन अनि उनी विशाल नेपालको निर्माणमा निरन्तर जुटी रहन्छन् पूर्ववर्ती शासकहरुको एकीकरणको सदिक्षालाई पुरा गर्ने सन्दर्भमा ।
यसै सन्दर्भमा पृथ्वीनारायणको २५७ जन्म जयन्तीको सन्दर्भ यहाँ अग्रसारित छ । सुन्दर शान्त विशाल निर्माणसँग सन्दर्भित । 
हरेक दिन एउटा न एउटा नयाँ किताब प्राप्त हुन्छ ।
उपहारको रुपमा पुस्तक परिचय लेख्ने क्रममा अथवा भूमिका लेख्न पुस्तक प्रकाशित हुनु राम्रो कुरा हो । कमसेकम आफ्नो अनुभव पाठकसम्म पुग्न जान्छन् यसबाट बाङ्मयको पनि विकास हुन्छ । 
हालै दुर्गा सुवेदीको विमान विद्रोह नामक एक कृति हात प¥यो । शुभशंकर कँडेलले सो कृति पढ्न उपलब्ध गराईदिए । यस्ता अवस्था पनि आउँछन् । 
यस अघि नै सुशिला कार्कीको न्याय कृति डा. सुरेन्द्र भण्डारीले उपलब्ध गराएका थिए । सो पूर्व नै आइ.जी.पी.का अनुभूति नामक कृति हरिभक्त सिग्देलबाट प्राप्त भएको थियो । 
नयाँ किताब सामान्यतया सरसर्ती हेर्ने गर्छु चिन्ह लगाउने एउटा मेरो बानी छ त्यसले मलाई टिपोट गर्न सजिलो पर्छ कतिले अत्यन्त सफा रुपमा किताबहरु पढ्ने नोट गर्ने गरेका हुन्छन् म चाहिँ किताब मै नोट गर्छु कहिलेकाहिँ किताब लेखकले मैले पढेको किताबमा नोट गरेको वा कमेन्ट लेखेको देख्दा अनौठो मान्ने पनि गर्छन् उनलाई कति अप्ठ्यारो पर्ला मलाई चाहिँ काहीँ केही लज्जा बोध हुन्छ । अवतरण कृतिका लेखक शुभशंकर कँडेलका बारेमा धेरै लेख्नु छ । केही अघि राजन कार्की बैगुनीले एउटा किताब दिए ‘राजा नव बास्सा’ त्यस किताबको प्रतिक्रिया लेखिसकेको छु । मेरो रिमरिमे सम्झना नामक कृतिको पुस्तक परिचय लेखेर पठाईसकेको छु गोरखापत्रमा लेखकहरु आफ्नो चर्चा भइयोस् भन्ने ठान्छन्, स्वभाविक हो मलाई लाग्छ लेखकको होइन कृतिको चर्चा हुनुपर्छ कृतिको सन्देश जानुपर्छ । 
सन्ध्या रेग्मीले तीनवटा कृति एकैचोटी पठाइन् कविको रुपमा कमलराज रेग्मीको कविता संग्रह अनि कमलको सुवास नामक लेख संग्रह यस्तै कमलराजको बारेमा लेखेको स्मृति ग्रन्थ पनि हरेक लेखकले अथवा हरेक व्यक्तिको बारेमा लेखिएका कुरा सधैँ एउटै रुपमा महत्वपूर्ण हुँदैनन् बुझ्नुपर्छ । नयाँ किताब नयाँ किताबै हुनुपर्छ एउटा सुनौलो विहान त्यसले पाठकलाई केही दिनुपर्छ यही प्रश्न हो । 
नेपालको आन्दोलनहरुका विभिन्न घटनाहरु भारतीय भूमिमा बसेर गरिएका देखिन्छन् त्यहाँ भारतीय नेताहरु गुप्तचरहरुको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग देखिन्छ । यसैलाई ७३ बर्षीय दुर्गा सुवेदीले आफ्नो कृति विमान विद्रोहमा उल्लेख गरेका छन् । कुनै कुरा पनि परफेक्ट हुँदैन त्यसलाई मूल्यांकन गर्न सक्नुपर्छ । समय देखिदैन समयको गति आफै प्रवाहित हुन्छ हावा पनि देखिदैन नेपालको इतिहासमा २००७ देखि २०१८ र यसपछि पनि वीपीले सशस्त्र क्रान्ति गर्न खोजेकै हुन् २०३१ पनि झापालीहरुको क्रान्ति नै भनौं यस्तै माओवादी सशस्त्र युद्ध यिनलाई जे नाम दिऊ यि कुराले निश्चित रुपमा नेपाली जनताको मनलाई अवश्य आन्दोलित गरायो कतिपय सन्दर्भमा परिवर्तन पनि भयो त्यो परिवर्तन के कस्तो भयो त्यो अहिले छर्लङ्ग छ तर भविष्यको प्रतिक्षा पनि गर्नुपर्ला वीपी हुन् अथवा प्रचण्ड भारतमा बस्दा सुरक्षाको व्यवस्था भारतको प्रत्यक्ष वा अप्रत्यक्ष हुन्थ्यो भन्ने कुरा दुर्गाले लेख्न पुगेका छन्, त्यतातिर म जान्न । एउटा चाहिं कुरा अवश्य हो हिंसामा अडेको अप्रजातन्त्रको विरुद्ध सशस्त्र संघर्ष नै आवश्यक हुन्छ कि मैले २०१७ सालको तानाशाही निरङ्कुश अप्रजातान्त्रिक चरित्रको कुरा गरेको हुँ जो बारम्बार आलोचित छ त्यसका अन्तर्यतर्फ म जान लागिन । 
दुर्गाले लेखेका छन् वीपी जस्तो संयमित राजनेताले उनलाई गालामा चड्काएको उनी वीपीसँग चित्त दुखाउँछन् वीपीको राजनीतिक जीवनका उतारचढाव जे जस्ता छन् त्यो आफ्नै ठाउँमा छन् तर वीपीले सत्ता स्वार्थलाई मात्र लिएर अघि बढेको भए यसरी जेलमा बस्नुपर्ने अथवा भारतमा भड्किएर हिडिरहनुपर्ने चाहिँ अवश्य थिएन । वीपीले केही अवसर पाएका पनि हुन् केही गुमाएका पनि २०१६ सालमा उनी प्रधानमन्त्री हुँदा ४५ वर्षका उनी दुई तिहाइको सरकार राजा महेन्द्रले सैन्य बलको भरमा उनलाई अपदस्थ गरी शासन सत्ता आफ्नो हातमा लिएकै हुन् । त्यसपछि मृत्यु पर्यन्तै वीपी नेपालमा प्रजातन्त्रको लागि संघर्ष गरिरहे । ८ वर्षसम्म लगातार काराबास लामो समय प्रवास दुःखै दुःख बेहोरेकै हुन् जेसुकै कारणले भए पनि उनको स्वास्थ्योपचारमा समस्या परेकै हो । निर्दलीय निरंकुश पंचायती व्यवस्था यसको विरुद्ध कांग्रेस र वीपीले सुरु गरेको आन्दोलन यो इतिहासले भुल्नै नसक्ने कुरा । 
वि.सं. १९०३ मा जंगबहादुरले सत्ता हत्याएपछि सुरु भएको जहानिय राणा शासन २००७ सालमा ढल्यो । त्यसमा नेहरुले सम्झौतामा कांग्रेसको सहयोग लिएनन् बुझ्नु पर्ने कुरा के हो भने नेपाली चेतनाको उध्र्वगामी पनि वीपीमा थियो पछि केही मात्रामा भलै असफल होस् प्रचण्डहरुमा सन् १९७७ मा वीपीले वंगलादेशको मुक्ति बाहिनीलाई हतियार पठाउँदाको प्रसंग अहिले म संझन्छु, अर्को तर्फ सिक्किम भारतमा विलय भएको एउटा टुक्रिएको एउटा जोडिएको घटना यसरी नै अघि चल्छ आफ्नो स्वार्थ अनुकुल र प्रतिकुल स्कुलिङ्ग र त्यसलाई दृढताको प्रतिपालन सित युद्धकालमा रुसले विभिन्न देशमा आफ्ना प्राविधिक र शिक्षकहरु पठाएर त्यहाँको समाजमा घुलमिल गर्न थालेपछि अमेरिकाले सन् १९६१ देखि पिसकोर सुरु ग¥यो । भियतनाम युद्ध चलेका बेला पिसकोरमा सहभागी भएर आउने युवाहरुले युद्धमा जानु परेन नेपालमा सन् १९६५ देखि पिसकोर आउन थालेका हुन् माओवादी युद्ध बढेपछि पिसकोर बन्द भयो । यसरी कांग्रेसले तीन पटक हतियार उठाएको हो पहिलो पटक राणा विरुद्ध दोस्रो पटक सुवर्णको नेतृत्वमा २०१८ मा पंचायत विरुद्ध र तेस्रो पटक वीपीको नेतृत्वमा २०२७ मा । 
गिरिजा कोइराला पंचायत कालभरि यसका विरुद्ध संघर्षमा लागे वीपीका मुख्य सहयोगी र आन्दोलनका संचालक सशस्त्र क्रान्तिका कमाण्डर उनी । २००७ मा चाहिँ उनका दाजु मातृका राणा विरोधी आन्दोलनका मुख्य कमाण्डर र डिक्टेटर थिए । जो २००८ र २०१० मा प्रधानमन्त्री बन्न पुगे नेपालमा राजनीतिको प्रारम्भ संगठनात्मक रुपमा प्रजापरिषद्बाट भएकै हो शहीद काण्ड यसको प्रमुख उदाहरण पछि सबै कांग्रेस बने कम्युनिष्ट पार्टी आएपछि मुलतः तीन वा चार खेमा मधेशी आन्दोलन भारतबाट प्रवर्तित एउटा आन्दोलन हो भन्ने धेरैले ठह¥याउँछन् प्रत्येक व्यक्तिको व्यक्तित्व फरक हुन्छ वीपीका जेठा छोरा प्रकाश हेरौँ अथवा विजय गच्छदार अथवा जे.पि. गुप्ता समयक्रममा कोही कता कोही कता शैलाजाको एउटा विशिष्ट चरित्र यहाँ सम्झिन पुग्छु भारतीय नेता जे.पि.को नेपालको स्वतन्त्रतामा महत्वपूर्ण योगदान थियो उनी १९७९ मा विते । जे.पि.कै नेतृत्वमा इन्दिरा गान्धीको संकटकाल विरुद्ध भारतमा आन्दोलन भयो यसका एक मुख्य नेता चन्द्रशेखर भाजपाका प्रधानमन्त्री बने र २०४६ सालको जनआन्दोलनको घोषणा सभामा सहभागी हुन आएका उनी नेपालको प्रजातन्त्र स्थापना गर्न सहयोग गर्ने भारतीय प्रमुख नेतामा पर्छन् । 
एउटा कुरा सम्झौं इन्दिरा गान्धी दुई पटक विवादित भइन् । उनी पाकिस्तानलाई बंगलादेश विभाजन गर्ने नेता थिइन् । सन् १९७१ मा पाकिस्तान युद्ध भएको थियो । १९७५ मा उनले संकटकाल लगाइन् अनि अलोकप्रिय बन्न पुगिन् । शिखरको छुट्टै राज्य माँगेर पञ्जावमा भएको खालीस्थान विद्रोह दबाउँदा निर्मम भएको आरोप लागेकी उनलाई उनका आफ्नै अंगरक्षक दुइ शिखले गोली हानी हत्या गरे विडम्बना हत्यापछि उनकै छोरा राजीव गान्धी प्रधानमन्त्री बने । राजीवको हत्यापछि उनकी पत्नी सोनिया गान्धी र छोरा राहुल गान्धी नेतृत्वमा आए । हत्या अत्यन्त अप्रिय कुरा हो । 
२०२७ सालमा घोषित सशस्त्र आन्दोलन ओखलढुङ्गा काण्डको कटाक्षे सँगै असफल भएपछि वीपी राजासँग मेलमिलापको नीति लिएर २०३३ पुष १६ गते नेपाल फर्किए भारतमा बसेर राजासँग कलह बढाउँदा सिक्किम जस्तै नेपाल पनि भारतले लिन सक्ने आशंका समेत थियो । कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले देशबाट राजा नै फाल्यो यसको सन्दर्भ इतिहासले मूल्यांकन गर्ला । 
इन्धिरा गान्धीले १९७५ मा संकटकाल घोषणा गर्दा २१ महिना सम्मको संकटकाल लागू भयो र उनी सांसद र प्रधानमन्त्रीबाट पदच्युत गरिन् राजनारायणले दर्ता गरेको धाँधलीको मुद्दाबाट । यस्ता कुरा राजनीतिमा स्वभाविक भएपनि नैतिकताको दृष्टिले प्रश्न उठाउन सकिन्छ । 
संकटकाल घोषणा गर्नु भन्दा केही अघि इन्दिरा गान्धीको सरकारले स्वतन्त्र राज्य सिक्किमलाई भारतमा विलय गरायो एउटा स्वतन्त्र राज्य विभिन्न जाल झेल कपट राजा र जनताबीचको प्रजातन्त्रको लागि संघर्ष चलिरहेको स्थितिमा पेट्रोलमा आगो लगाएर कर बल छल सबैको आधारमा भारतले नेपाली भाषी बाहुल्य भएको सिक्किमलाई १९७५ अप्रिल २६ मा आफूमा गाभ्यो । नेपाली कांग्रेस कहिले तल कहिले माथि यो छँदैछ । १९७७ को संकटकाल अन्त्य भएपछि इन्दिरा गान्धीको पार्टी पराजित भयो । ५४२ सिटका लागि भएको निर्वाचनमा जनता पार्टीले २९८ स्थानमा विजय पायो कांग्रेसले १५३ सिट जनता पार्टीका नेता मुरारजी देशाइ पहिलो गैर कांग्रेसी प्रधानमन्त्री बने । 
राजनीति जतापनि फर्कन्छ पक्का कुरा हो । कांग्रेसका वा कम्युनिष्टका नेताहरु पनि पंचायतमा प्रवेश गरे– डा.गिरी विश्वबन्धु, परशुनारायण, अच्युतराजहरु शैलेन्द्र, खुमलराज, डिपी राजप्रसाद आदि दल बदलु त चलिरहन्छ २०४६ देखि यताको पार्टी जीवन हेर्दा स्पष्ट देखिन्छ । 
प्रचण्ड र मोहन वैद्य लगायतका नेताहरु सहित बाबुरामले नेतृत्व गरेको जनयुद्ध १० वर्षसम्म चल्यो, करिब १७ हजारको मृत्यु भयो । यो जनयुद्ध २०६३ मंसिर ५ गते वृहत् शान्ति सम्झौतासँग टुंगियो । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले गरेको कु विरुद्ध आन्दोलनरत सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतिको जगमा भएको १९ दिने जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा लोकतन्त्र बहाल ग¥यो । संसद पुनस्थापना भएपछि माओवादी अन्तरिम संसदमा सहभागी भए । 
चरण सिंहले १९७८, २०३५ पुषमा इन्दिरा गान्धीलाई गिरफ्तार गरे । संकटकालमा नाम इन्दिराको भएपनि खास शासन संजयको चल्छ भनिन्थ्यो । जहाज दुर्घटनामा विते उनी । उनका छोरा बरुण गान्धी भाजपामा छन् । 
२०३५ साल माघ २६ गते पञ्चायतले मृत्युदण्ड दिएका क्याप्टेन यज्ञ बहादुर र भीम नारायण श्रेष्ठलाई सरकारले २०७२ फागुन १९ गते शहीद घोषणा ग¥यो । उनीहरुसँगै भीमदत्त पन्त, दुर्गानन्द झा, रत्न बहादुर बान्ध्वा सहित क्याप्टेन यज्ञ बहादुर थापाको नेपाली प्रजातन्त्रको इतिहासमा ठूलो योगदान छ । २०१८ सालमा भारतबाट नेपाली कांग्रेसले संचालन गरेको सशस्त्र संघर्षलाई गुप्त रुपले सघाएका उनी कोट मार्सलमा परी ६ महिना थुनामा परी विना पेन्सन मुक्त भएका थिए । 
१९७७ मा सैनिक जनरल जिआउल हकले कु मार्फत् सत्ता कब्जा गरे । एक नेता अहमद राजाखान कसुरीको हत्या अभियोगमा भुट्टोलाई पाकिस्तानको सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएका थिए । रामराजा सप्तरी जिल्ला कोइलाडीका थिए जो राणा कालमा बडा हाकिम जंगली बाबु । गजेन्द्र नारायणले कांग्रेस पार्टीबाट राजनीति सुरु गरे र सदभावना परिषद हुँदै सद्भावना पार्टी । मोर्चाको मानार्थ अध्यक्ष तुलसीलाल अमात्य थिए सात सदस्य सेक्रेटरियट । 
गणेशमान सिंह लौह पुरुष २००७ सालमा राणा शासन विरुद्ध क्रान्तिमा सक्रिय २०४६ सालको आन्दोलनका सर्वोच्च कमान्डर, २०५४ असोज २ मा मृत्यु, जुझारु र त्यागी नेता । 
किसुनजी राणा विरोधी क्रान्तिका नेता, पहिलो निर्वाचित सांसद सभामुख २६ बर्षमा कार्यवाहक सभापति, २०४९ देखि २०५३ सम्म सभापति २०४७ सालको संविधान जारी कर्ता, २०५६ मा पर्साबाट विजयी भएर प्रधानमन्त्री बने । २०६७ सालमा उनको मृत्यु । 
सुशिला कार्की २००९ मा जन्मिन् र २०६५ सालमा सर्वोच्चको न्यायाधीश, २०७४ जेठमा निवृत्त लोकमानसिंह कार्की जनआन्दोलन दबाउने कामका मुख्य दोषी, खिलाराज प्रधानमन्त्री भएको बेला ०६९ फागु्न ३० गते अख्तियार प्रमुख । 
जय प्रकाश गुप्ता गिरिजा प्रधानमन्त्री भएपछि २०४८ मा प्रेस सल्लाहकार २०५४ मा संचार राज्यमन्त्री अनि पटक पटक मन्त्री । २०६३ को मधेश आन्दोलन पछि मधेशी जनअधिकार फोरममा लागेका गुप्ता फोरम फुटेर बनेको गणतान्त्रिक फोरमबाट बाबुराम भट्टराईको सरकारमा मन्त्री भएका बेला सर्वोच्चकी न्यायाधीश सुशिलाको इजलासले २०६८ फागुन ९ मा भ्रष्टाचारी सावित गरिदिएको थियो । 
गोविन्द के.सी. एउटा सामाजिक अभियन्ता भ्रष्टाचार विरोधी लोकमानलाई अभियोग लगाउनु पर्छ भन्ने माघमा अनसन बसेका उनी गोपाल पराजुलीलाई बर्खास्त गर्नुपर्ने मागमा अनसन बसे, ०७४ वैशाख १७ मा कांग्रेस र माओवादीका सांसदहरुले सुशिला विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे त्यसको विरुद्ध सर्वोच्चमा परेको रिटमा न्यायाधीश चोलेन्द्र शमशेरले खारेज गरिदिए । 
यसरी हेर्दा जीवन एउटा उडान जस्तो लाग्छ । इतिहास कहिल्यै सत्य तथ्य हुन्छ जस्तो लाग्दैन । गिरिजा प्रसाद यस्ता व्यक्ति हुन् जसको पालामा राजा विरेन्द्रको हत्या हुन पुग्यो र जसले ग्रान्ड डिजाइन भन्न पुग्यो त्यसपछाडि मौन । 
कुरा नगरुन्जेल हरेक काम लगभग असम्भव नै देखिन्छ नेलसन मन्डेला भन्थे – तिम्रो सोच निकै सानो चिज हो तर यसले निकै ठूलो अन्तर भने ल्याउँछ । रिस्टन चर्चितको भनाई तिमी आज जे गर्छौ त्यसले तिम्रो भोली सपार्छ । 
युरिपाइडिज भन्थे – असल साथीले खुशीको समयमा होइन दुःखको समयमा साथ दिन्छ । कसरी चिन्नु आज जनजातीय संगठन राष्ट्रवाद र फाँसीवादको कुरुप टाउकाको पतनसँगै गिर्दै गइरहेको छ । जतापनि राजनीतिको धब्बा कहाँ कला कहाँ साहित्य, कहाँ संस्कृति कहाँ धर्म, कहाँ नीति कता नियम, कसैको तालमेल छैन, कसैको संगति छैन । 
जाडोको जीवन एउटा हुन्छ तातोको अर्को । जताततै अव्यवस्थै अव्यवस्था नीतिको प्रमुख राजनीति ध्वस्त भएपछि अरुको के कुरा गर्न सकिन्छ । 
भ्रष्टाचारै भ्रष्टाचार सुशासनको अभाव स्वेच्छाचारिता हेर्छु मान्छेमा कलह र द्वैष किन यस्तो हुन्छ किन मान्छे मान्छे बन्न सक्दैन, किन स्वार्थमा मात्र मान्छे निर्लिप्त हुन्छ ? यो निर्लिप्तताको कारण के होला सत्यता कहाँनेर पुगेर चिनिएला ? अर्ध सत्य हाम्रो अगाडि । 
२०६९ मा कमलमणि दीक्षितको घात नहोस् कृतिको भूमिका मैले लेखे जसको विस्तृत विवरण विस्तारित भूमिकामा छ । यसैसाल आशिर्वाद नामक कृतिको हिमाम्शु थापाले भूमिका लेख्नुभयो त्यसमा कदिले मेरो बारेमा लेखेको अरु के भन्ने शीर्षकका कुराहरु संकलित छन् । पृष्ठ ४ देखि ८ सम्म लेखको शीर्षक छ नौलो नेपाली र खेम कोइराला यसैमा फर्कौ हिमांशु लेख्छन् यसमा नौलो नेपाली र खेम कोइराला बन्धु पर्यायवाची भएको र विभिन्न रुपमा पत्रिका १५–१६ बर्ष प्रकाशित गरेको पृष्ठभूमिमा कमल दीक्षित र बन्धुका बीचमा ४१ वर्षदेखिको लामो सम्बन्धको उल्लेख भएको पाइन्छ ..... 
माथ्ला घरे कान्छाको नाममा दीक्षितलाई आलोचना गरेको चर्चा छ, कोइरालाले लेखमा महाकवि देवकोटाको कवितालाई सच्याइ छापेको ...
मोदनाथ प्रश्रितले मानव महाकाव्यमा र पारिजातले सिरिसको फूलको बारेमा बोलेका मदन पुरस्कार विरोधी मन्तव्यहरु छपाएको तर रिमालले चाहिं आमाको सपना उत्कृष्ट कृति मानेको बारे अन्तर्वातामा चर्चा गरेको पाइन्छ । निबन्धमा खेम कोइरालाका ३५ भन्दा बढी किताब प्रकाशित भएपनि दीक्षितले नौलो नेपालीलाई मात्र आधार मानेको उल्लेख गरिएको पाइन्छ । अहिले कतै पनि विशुद्धता भन्ने चीज पाइदैन । यही अविशुद्धता अर्थात् कृत्रिमता दोहोरो चेहरा हामीमा छ यो दोहोरो चेहराको एउटा उदाहरण म पनि हुन सक्छु अरु पनि ।
ठूल ठूला अखबारहरुले वा अनलाइनहरुले पत्रकारिताको नाममा दोहोरो चेहराको काम गरेका छन् । समाजको सुशिक्षित अंग हुनुपर्ने पत्रकारिता आफैं धर्म निर्वाह गर्दैन । 
न्यायाधीशहरु पनि गर्दैनन्, जन प्रतिनिधि गर्दैनन्, प्रहरी गर्दैन, वकीलहरु गर्दैनन्, असत्यलाई सत्य मान्छौं । हामी अर्ध सत्य हो शायद त्यो अनि त्यसलाई पूर्ण सत्य भन्दै सत्यलाई दबाउन खोज्छौं । आज यति भनौैं सूर्य र चन्द्र अंकित झण्डा फहराउने यस विशाल स्वतन्त्र राष्ट्रलाई छायाँमा राखेर हामी विभिन्न नौटंकी गर्दै पृथ्वीनारायणको तेजोवध गरिरहेका छौं । विदेशीहरुको बुइ चढेर । जय राष्ट्रवाद । जय पृथ्वीनारायण ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper