banner
banner

चिसोले दैनिक ६ जना मर्दैछन्

अधिवक्ता शिव सिग्देल -
त्यसो त डा.बाबुराम भट्टराई र हिसिला यमिकी छोरी मानुषी यमिले महिला हिंसाका बारेमा चेतना जगाउन कलेज कलेज दौडेकी छिन्, त्यो प्रशंसनीय छ ।
देशमा महिला हिंसा छ, महिला विभेदमा पनि छन्, महिलाका अनेक समस्या छन्, जुन राज्यले बुझ्न सकेको छैन, बुझ्न चाहेको छैन । ती सबै प्रकारका महिला हिंसाविरुद्ध चेतना जगाउने र महिलालाई सशक्तिकरण गर्न बाबुरामपुत्रीले जुन अभियान थालेकी छिन्, त्यसमा सबैले साथ दिन जरुरी छ ।
यद्यपि उनी मुठ्ठी बटारेर र जनवादी विवाह गरेर हुर्केकी चेली हुन् । तर उनको विवाह श्रीपञ्चमीको दिन भयो, हिन्दुसाइत त उनलाई पनि चाहिने रहेछ ।
हिन्दुवाद बाबुराम, हिसिला यमि र तिनका छोर मानुषीले मन पराएनन् । पहिले गाई काटेर खान पाउनुपर्छ भन्ने बाबुराम अहिले गाईलाई किन राष्ट्रिय जनावर मान्ने भनेर अर्को बिबादित बयान दिइरहेका छन् । जेहोस्, बाबुले जे गरुन्, छोरी मानुषी महिला हिंसाको अन्त्यका लागि अगाडि बढेर युवा जमातमा चेतना फैलाएर बिस्तारै राजनीतिमा प्रवेश गर्न खोजेको देखिन्छ ।
मानुषीले भर्खर सरकारलाई झकझक्याएकी छिन् यसरी– चिसोले कठ्यांग्रिएर मर्नुपर्ने अवस्था तुरुन्त रोक । सहरी गरिब र न्यून आय भएका व्यक्तिहरूको निम्ति इचंगु, नागरजुन न.पा.मा बनाइएका आवासहरू दुईवर्ष देखि प्रयोगविहीन छन् । २२७ परिवार बस्न मिल्छ त्यहाँ । ती आवासका ढोकाहरू घरबारविहिन गरिबहरूको निम्ति किन खोल्दैनौं सरकार ??
यसैवीच नेपाल प्रहरीले राजधानीका सडक गल्लीमा बस्न बाध्य घरबारबिहीन अवस्थाका टुहुरा टुहुरीहरु दैनिक ६ जना मर्ने गरेको बताएको छ । नेपाल प्रहरीको कुरा नेपाल सरकारका ठालुहरुको आँखा, कानसम्म पुगेको हो भने मानुषीका आग्रहलाई मनन गर्नु जरुरी छ । सरकारले प्रत्येक नागरिकका लागि सरकार छ भनेर प्रत्याभूति देखाउने यो अवसर पनि हो, कर्तव्य पनि हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper