banner
banner

चर्को बोलीको प्रख्याती मूतको न्यानो

स्वयम्भुनाथ कार्की - 
बिगत करिव तीन दशकदेखि नेपालमा चर्कोे बोलेर प्रख्यात हुने चलन चल्यो । राजालाई श्रीपेच खोलेर चुनाव मैदानमा आउन भनेका कारणले एमाले महासचिव स्व मदन भण्डारी चर्चाको शिखरमा पुगे । त्यो भन्दा पहिले नानीमैयाँ दहाल यस्तै चर्कोे वोलीले राष्ट्रिय पञ्चायतको चुनाव जित्न पुगेकी थिईन । उनी हमेशा तितो नै बोल्दै रहिन तर मदन भण्डारीले त्योएक भाषण पछि चर्कोे बोलेनन । मोरङका उमेशजंग थापा पनि तात्कालिन अञ्चलाधिश सुर्य बहादुर सेन ओलीलाई गाली गरेर मातृका प्रसाद कोईरालालाई हराउन सफल भए । यही अञ्चलाधिश र थापाको मिलिभगतको नाटक थियो ।
चर्कोे बोलीले नै प्रख्यात हुनेर हुन खोज्नहरुको लामो सुची बन्न सक्छ । गाली शिरोमणी पदवी दिन सुहाउने बेलाको बोलीका स्तम्भकारका प्रस्तुतीमा गाली र चर्को कुरा बाहेक तात्विक कुरा कमै पाईन्छ । तैपनि उनी संभवत लेखको सबैभन्दा धेरै पारिश्रमिक पाउने स्तम्भकार हुन् । चाहे आपैmलाई मुकुन्दे भन्ने व्यक्ति होस वा विकासानन्द , सावित्री सुवेदी हुन वा आङकाजी सबै चर्को र तितो बोलीले निरन्तर चर्चामा रहेका नाम हुन् । यसको आकर्षणले राजावादीहरुलाई पनि छुदै गएको छ । कतै केही व्यक्ति जम्मा हुनु अनि गणतन्त्र वा गणतन्त्रका नेताहरुलाई सकेसम्म गाली गर्नु उनीहरुको नजरमा ठूलो राजसेवा र राष्ट्रसेवा भएको छ ।
एक्लो एकनाथ ढकालले २०७३ मा एकता दिवसको बिदा रोक्न सफल भएका थिए । ७४मा रोक्न नसके पनि ७५मा रोकेरै छोडे । बीचमा भएको ‘मुन’ काण्डले गरेको क्षति घटाउन ७५मा विदा नदिए पनि सरकारले एकता दिवस भने मनायो । तर एकता दिवस लगायतका कुनै पनि दिवस हरेक बर्ष नेपालभरी जनताले जनस्तरबाट मनाई रहे । हो कहिले बाक्लै र कहिले केही पातलो । गद्दी छोड्ने वेलामा शाहवंशको इतिहास मै सबैभन्दा कम करिव करिव ऋणत्मक भएको लोकप्रियता राजाले पुन कमाउँदैछन । यो पनि जुन वेला उनीसंग कुनै राजकीय शक्ति छैन , झर्ला र खाउँला भनेर घेरामा राख्नेहरु कुना पसेका छन् । अनि दरवार र आफुले पालनपोषण गरेकाहरु यो कठिन समयमा साथ दिनुको साटो घुक्याउँदैछन् ।
यो सबै काम सडकमा केही जम्मा भएर नेतालाई चर्का गाली गर्नाले भएको छैन । जम्मा भएर आङ्खनो कुण्ठा पोख्नाले भएको छैन । निरन्तर जनता समक्ष गुण र दोष केलाएर देखाई राख्ने कयौ राष्ट्रवादीको प्रयत्नले यो भएको छ । हिजो श्री ५ लेखेकोमा पक्राउ गर्न ठाडो आदेश दिनेहरुको तेजोहरण गालीले हैन जनतामा त्यो कामको निन्दाले भएको छ । माकुनेले प्रधानमन्त्री भएको वेला भुपु कुमारीहरुको वसन्तपुरमा राजासंगको कार्यक्रम रोक्न खोजे । एक प्लाटुन नै सशस्त्र प्रहरी खटाएर ‘निर्मल निवास’ घेरे । परिणाम के भयो त, वसन्तपुरमा हुने भनेको कार्यक्रम ‘निर्मल निवास’मा भयो । 
वर्तमानमा नेपालको इतिहासको सबैभन्दा शक्तिशाली भनेको सरकार छ । गणतन्त्रको संविधान कार्यान्वयनको सबै चरण पुरा भएको छ । तर त्यस सरकारका मुखियालाई डर लागेको छ, उनको डर धम्की भएर बोल्छ ‘राजसंस्था फकाउने सपना नदेख’ । अनि जनता भन्छन राजाले हाच्छिउँ गर्दा पनि सातो जाने यो गणतन्त्रको उमेर कति ? संसदमा प्रस्तव आउँछ राजालाई थुन्नु पर्छ । नेकपा(नेकपा)का भुपु माके अध्यक्ष थर्कमान हुन्छन् र भन्छन गणतन्त्र उल्टाउने षडयन्त्र हुँदै गरेको सुचना पाएको छु । जनता भन्छन् त्यो शुभसुचना कता पाईयो , हामी पनि सुनौ न । यो परिस्थिति ‘कुकुरले खुट्टो टोक्यो भनेर कुकुरको खुट्टा टोक्ने’ उखान चरितार्थ गरेर भएको हैन । चर्का बोली र आक्रोशले प्राप्त उपलब्धी यस्तै क्षणिक हुन्छ । 
अव जनता बिस्तारै बुभ्mदैछ, कुनै वाद या तन्त्रले पनि केही फरक पर्दैन । शक्तिले चढ्ने मात थाम्न नसक्ने नेतृत्वले जस्तोसुकै तन्त्र वा वाद पनि जनकल्याणकारी बनाउन सक्दैन । अन्तरकन्तर खोजेर त्यसमा आफुलाई सर्दो पर्ने काम शक्तिको मातले गराउने गर्छ । स्वयं शाहवंशमा पनि जवजव रानीहरुले शक्ति हासिल गरे त्यो मात थाम्न सकेनन । मुलुकले क्षति व्यहोर्नु प¥यो । विगत लामो समयदेखि सत्ताको मात थाम्न नसक्नेहरुको हातमा शक्ति छ त्यसैले मुलुक अधोगती तिर लाग्दैछ । सत्ताको मात थाम्न बिषेश क्षमता चाहिन्छ, जनता विस्तारै त्यो क्षमता कता छ जान्दैछ । चर्को बोलीको प्रख्याती मुतको न्यानो हो , यो राष्ट्रवादीहरुले बुभ्mन आवश्यक छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper