banner
banner

राष्ट्रभक्ति आजको सन्दर्भ

प्रा.डा. खेमकोइराला (बन्धु) - 
आज सम्झौ – पृथ्वीनारायण शाह एउटा टाकुरी राजका छोरा उनी टाकुरे राजा वि.संं १७९९ को जन्म २० वर्षमै राजा बने । 
नेपाल एकीकृत गर्ने उनको सूर । पटक पटक हारे । नुवाकोट, कीर्तिपुर हरेक ठाउँमा सफलता र असफलता बीचको उनको यात्रा । तर जित्दै गए नुवाकोट कीर्तिपुर अघि अनि पटक पटकको हार पछि कीर्तिपुर वि.सं. १८२१ मा कीर्तिपुर जितेपछि १८२५ मा कान्तिपुर जिते अनि पाटन अनि भक्तपुर । उनी  उपत्यकामा मात्र केन्द्रित भएनन् पूर्वतर्फ पनि लम्किए पूर्वमा चौदण्डी अर्थात् कमलाक्षेत्र कोशी अर्थात् विजयपुर दुवैमा विजय प्राप्त गरे । उनको विजयमा उनका सबै सहयोगीहरु इमान्दारीतापूर्वक लागे । विजय माथि विजय विजयश्रीको माला सामान्य किसिमका हात हतियार तर राष्ट्र निर्माणको दृढ इच्छा कत्ति गा¥हो थियो त्यो बखत उदाहरण हे¥यौँ पुराना हातहतियारबाट देशलाई एकीकृत गर्नु तर त्यसमा मुलतः कुटनीति उनको बलियो थियो । 
बंगालका नहवाव मिरकासिन अंग्रेजहरुको बढ्दो शक्तिबाट बच्न उत्तरतर्फबाट आफूलाई सुरक्षित बनाउन चाहन्थे । उनी मकवानपुरसँग राम्रो सम्बन्ध राख्थे गोरखालीहरुले मकवानपुर विजय प्राप्त गरेपछि मिरकासीमले गुरगिन खानको नेतृत्वमा गोरखालीहरुमाथि आक्रमण गर्न फौज खटाए । गोरखालीहरुको युद्धमा खानको फौज नराम्रोसँग हा¥यो । पृथ्वीनारायणको सेनाले निकै हातहतियार फेला पा¥यो । 
राजनीतिमा राजनीतिज्ञ र कुटनीतिज्ञ दुवै भएकाले पृथ्वीनारायणले बडो कुशलतापूर्वक एकीकरण अभियानलाई अगाडि बढाए । यिनले यस क्षेत्रमा एउटा विशाल स्थिति बाँध्न प्रयास गरेका थिए विदेश नीतिको सन्तुलन र यिनको विशिष्ट पक्ष नै थियो । तिब्बतसँगको सम्बन्ध विस्तार गर्न पण्डित हरिदेव उपाध्यायलाई खटाएका थिए भने भारतसँगको सम्बन्ध विकासमा दीनानाथलाई देशभित्र जनतासँगको आत्मियतामा सांस्कृतिक सामाजिक, आर्थिक हरेक क्षेत्रमा सदभावना पूर्ण समझादारीतापूर्ण यिनको कार्यनीति थियो । धेरै राज्यमा विभाजित नेपाललाई जीवनभर संघर्ष गरी एक सुत्रमा बाँध्ने एकीकृत गर्ने यिनको सतप्रयास आफ्नै ठाउँमा छ । विस वर्षमा राजा भएर बाउन्न वर्षमा वि.सं. १८३१ मा स्वर्गारोहण हुने पृथ्वीनारायण त्यस बेलाका विशिष्ट दुरदर्शि राजा थिए । आज पनि मान्नै पर्छ । 
इतिहासको सन्दर्भमा मल्ल सेन बाइसी राज्यहरु अनि चौबिसी राज्यहरु नेपालमा थिए । वर्तमान नेपालको सुरु नेपालको एकीकरण गर्ने पृथ्वीनारायणबाटै आएको हो । 
इतिहास साक्षी छ । हाम्रो मुलुक नेपालको ेनाम रहेदेखि नै विशाल हिमाली भागमा फैलिएको थियो । हिमालका ५ भाग छन् । कामरुप (असम) नेपाल, कुर्माञ्चल (कुमाउ), केदार (गढवाल), जालन्धर (पञ्जाव) आदि यी देश कहिले कता कहिले कता भइरहेका छन् कुनै समयमा यि सबै ठाउँमा नेपालको आदिपत्य रहेको थियो विश्वमा आफ्नो स्वतन्त्रता नगुमाउने मुलुक नेपाल मात्र हो सबैभन्दा पछिल्लो समयमा नेपालको एकीकरण १८२५ बाट १८४७ वि.सं.को समय सम्म भएको देखिन्छ । १८७३ भन्दा पहिले नेपालले महाकालीबाट पश्चिमको धेरै खण्ड अधिकार गरेको थियो कुमाउ र गढवाल त्यसपछि उसले किल्ला र काँगडा हान्न गएको थियो काँगडाबाट नेपाल पुगेको भए नेपालले सारै सजिलो गरी जम्बु र काश्मिर आफ्नो अधिनमा पार्न सक्थ्यो त्यो कुरा बुझेर भारतमा शासन गर्ने अंग्रेजहरुले नेपाललाई रोक्न वि.सं. १८७१ मा युद्ध गरे । १८७३ सम्म त्यो युद्ध चल्यो र आखिरमा नेपालमा सुगौली सन्धि गरी महाकाली सम्म मात्र सीमित हुन पुग्यो त्यो सन्धि अनुसार महाकाली पश्चिमको र मेची भन्दा पूर्वको जमीन अंग्रेजले लग्यो । पृथ्वीनारायणले अंग्रेजलाई हराउने र देशलाई स्वतन्त्र अभिभाज्य गराउने जुन सतप्रयास गरे त्यो स्वयंमा आज पनि स्मरणीय छ, स्तुत्य छ । 
नेपालका एक मात्र राष्ट्र निर्माता हुन् पृथ्वीनारायण उनी एक ऐतिहासिक अन्तर्राष्ट्रिय व्यक्ति । इतिहास बताउँछ जुन बेला हिमवत्स खण्ड टुक्रिरहेको थियो त्यसबेला उनले अखण्ड राष्ट्रको सपना देखे । सबै एसियाबासीहरु पराधीन हुँदै गईरहेको अवस्थामा उनले आफ्नो स्वतन्त्र अस्तित्वलाई विराट बनाए । विराट हिमालयबाट विराट हुने उनको चाहना उनी हिमाल झैँ उच्च हुन खोजे एउटा युगीन यात्री अविश्रान्त उनको यात्रा उनी हिमाली खण्डको एउटा उदाहरण बने सगरमाथा देखि गंगा सम्मको । 
राष्ट्रको निर्माणको अनन्तता उनले बुझेकै हुन् राष्ट्रिय आत्माको महत्ता उनले बोके राष्ट्रजन जीवित हुन् भनेर राष्ट्रको विखण्डनमा होइन जोडनमा उनी व्यस्त रहे आफ्नै घर परिवारमा पनि राष्ट्र टुक्रयाउने प्रवृत्ति विरुद्ध सोचे राष्ट्रलाई अखण्ड बनाउनु पर्छ यसैले अखण्ड राष्ट्रको उनी श्रष्टा बने जहिले पनि । 
हामी राष्ट्र निर्माता हाम्रा राष्ट्र विभूतलाई महान मान्छौँ पूजा गर्छौं, यी द्रष्टा र श्रष्टा थिए बटवृक्ष यिनकै छत्रछायामा नेपाली जगत र जीवन अनन्तताको यात्रामा अघि बढिरहेको छ । राष्ट्रिय अखण्डता कायम राखेर देशको विकासमा अघि बढनु छ । 
यसै सन्दर्भमा यस धर्तीलाई एक पटक नियाली हेरौं, विश्व सभ्यतामा सबभन्दा अघिल्ला यस अर्थमा वेदको सन्दर्भ हामी लिन सक्छौं । म यहाँ पृथ्वी सूक्तसँग केही परिक्रमा गर्न चाहन्छु । राष्ट्र र राष्ट्रवाद पृथ्वी र पृथ्वी वासीसँग पनि सम्बन्धित हुन्छ त्यसैलाई आधार मानेर हामी हिमवत्स खण्डका आर्यहरु अघि बढेका छाँै । हामी पवित्र छौँ । ऋषिमुनिका सन्तान हामी । 
हामी धर्तीलाई आमा मान्छौं । यसको महत्व ठूलो छ । साथै जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि । 
वडा महाराजा पृथ्वी नारायण तर्फ फर्कौ उनका महावाणी आज पनि हामीलाई उत्तिकै सारगर्भित लाग्छन् – 
दुनिआँ जसदेखि राजि रहन्छन्, उसैलाई कजाइँ दिनु 
चीन वादसाहसित ठूलो घाहा राषनु, दषिनको समुद्रका वादसाहसित घाहा ता राषनु तर त्यो महाँ चतुर छ । जाई कटक नगर्नु, झिकी कटक गर्नु । 
प्रजा मोटा भया दरबार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतान हुन् । 
राजाका सार भन्याको सिपाहि र रैतिहरु हुन्, राजा चतुर भया सिपाहि र रैति हाताहात गरि राख्नु र हुल कुल् हुन पाउँदैन । 
क्या चुनी सिपाहि भया, क्या भइ  भारदार भया, इनलाई दवलथ कमाउन नदिनु, निआँ निसाप बिगान्र्या भन्याका घुस दिन्या र घुस खान्या इन दुईको त धन जीव गरिलियाको पनि पाप छैन, ई राजाका महासतुर हुन् । 
अदालथमा पनि ठकुरी जाँची डिट्ठा राषनु, मगर जाँची विचारी थाप्नु, कचहरी पिछे यक्यक् पण्डित राखी नियाँ शास्त्र बमोजिम अदालथ चलाउनु 
नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो । 
अदालथका पैसा दरबारभित्र न हाल्नु फकीर फकिडा अतित जोगि ब्राह्मणहरु इनैलाई दच्छिना भोजन चलाइदिनु. यस्व भया असत्यको दोष लाग्दैन 
राजाले ठूलो निआ निसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनु ।
पृथ्वीनारायणका बारे तपसिल बमोजिमका सुत्रहरु टिप्न सकिन्छ —
पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो । विजय उनको जीवनको लक्ष्य तथा त्यस लक्ष्यको नियामक शक्ति उनको हृदयमा रहेको देशभक्ति थियो । देशभक्त, साहसी योद्धा, संगठनकर्ता र सेनापतिका सबै गुणहरु एकै साथ उनमा विद्यमान थिए । त्यसैले नयाँ अधिकार गरेको विस्तृत भूभाग एक संगठित केन्द्रीय शासनको अधीन होस् र तिनमा बसोबास गर्ने विभिन्न सम्प्रदाय र जातिका जनसाधारणले निर्भय भएर सुरक्षाको उपभोग गर्न पाऊन् र उनीहरुको दमन नहोस् भन्ने कुरामा उनी सदा प्रयत्नशील रहन्थे । 
पृथ्वीनारायण शाह वास्तवमा अठारौँ शताब्दीको नेपालको निमित्त एक ऐतिहासिक आवश्यकता थिए । हामी उनलाई नेपालको इतिहासमा युग – प्रवर्तकको आसनमा राख्न सक्छौं । पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्ध र विजयको बीच नै बित्यो । त्यस कारण उनले व्यवस्था चातुरी र शासन व्यवस्थाको स्पष्ट स्वरुप देखाउने यथेष्ट अवसर पाउन सकेनन् । केही समय उनी अझै जीवित रहेको भए जीवनको प्रत्येक कठोर परिस्थितिदेखि परिचित स्वयं यसको कुनै खदिलो र व्यवस्थित प्रबन्ध गर्न समर्थ हुने थिए – यसमा शङ्का छैन । 
पृथ्वीनारायण शाहले साना राज्यहरु जितेर एउटै मजबूत र विशाल नेपाल राज्य नपारिदिएका भए, पछि अङ्ग्रेज वा अरु कुनै राजाहरुले सबै जितेर लिन्थे औ आज नेपाल भन्ने नाम रहने थिएन । यो विशाल नेपाल राज्यको जग मजबुत गराउने पृथ्वीनारायण शाह नै हुन्, जसले गर्दा हामी बहादुर गोरखाली औँ नेपालीको नामले संसारभरमा प्रख्यात भएर रहेका छौँ । यसैले पृथ्वीनारायण शाह नै नेपालका भाग्यविधाता औ राष्ट्रनायक हुन् । 
वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा पृथ्वीनारायण शाहको स्वर्गवास हुन्छ । आफ्नो पूर्वस्वरुपलाई बिर्सदै जान लागेको नेपाललाई एकीकरणको अभियानमा डो¥याउँदै गोरखामा जन्मेका पृथ्वीनारायण शाह ५२ वर्षको उमेर सम्म देशको एकीकरणको लागि यसरी नुवाकोटमा आफ्नो इहलीला समाप्त गर्छन् । 
सैन्यशक्तिको भरबाट मात्र विजय गर्न सक्ने अवस्था त्यस बेला गोरखाको थिएन । यसो हुनाले अनेक प्रयोग गरी विजय गर्नुभन्दा पहिले नै तत्तत् ठाउँका जनतालाई हात लिन पृथ्वीनारायण शाहले कोशिश गरेका थिए । यसबाट उनको विजय दिगो हुन निकै मद्दत मिल्यो, कुनै प्रदेश जितिएपछि त्यहाँका जनताले विद्रोह गर्ने सम्भावना ज्यादै कम भएको थियो । यो उनको सफलताको अर्को कारण थियो । 
पृथ्वीनारायण शाहले गरेका छलका युक्तिपूर्ण चतु¥याइँ तथा बुद्धिमतापूर्ण कार्यको फल लामो कालसम्म भोग्न नपाई काठमाडौं उपत्यका र वरपरका क्षेत्रमाथि विजय गरेको तीन वर्ष पनि नहुँदैमा उनी बिते । 
पृथ्वीनारायण शाहले राष्ट्रियताको अवधारणालाई मजबूत पारे र बाह्य मुलुक विजय गर्नेतिर लागे । 
पृथ्वीनारायण शाहले उपत्यकाभित्रका तीन ओटै राज्यलाई जितेर गोरखाबाट राजधानी पनि काठमाडौँमा सारे । वि.सं. १८३१ मा उनको देहावसान हुँदासम्ममा पूर्वी तराई, मध्य र पूर्वी भित्री मधेश, काठमाडौं उपत्यका र पूर्वको सम्पूर्ण पहाड खण्डमा विजय गरी टिष्टा नदीतक पुगी सिक्किमसँग सिमाना बढाए । उनले जाजरकोट जस्ता राज्यलाई सामन्ती बनाई गोरखालाई सानो राज्यबाट विस्तार र एकीकरण गर्दै एउटा विशाल हिमाली साम्राज्यको रुपमा परिणत गरेर देखाइदिएका थिए । 
सोच्छु – पृथ्वीको भलो पृथ्वीवासीको । पृथ्वी, जल, वायु, अग्नि, आकास, यिनै पञ्चतत्व यिनैबाट बनेको मानिस आफूलाई ब्रम्हाण्डमै सवोत्कृष्ट ठह¥याउँछ । प्राणीमा श्रेष्ठ मान्छे, कपटी यहि धर्तिमा पनि फरक छ । तर, यही ज्ञान र बुद्धिलाई सही प्रयोग गर्ने एउटा वृद्ध छ, अर्को बुद्ध । यही पृथ्वी । यही पृथ्वीनारायण । 
 
झरी उगारेर सहस्त्र रश्मि 
हिमाल चुम्छन् जसरी तिलश्मी ्े   नेपाल मेरो त्यसरी म भोग्छु 
हो मन्त्र मेरो–सह नौ भुनक्तु ।
 
— कवि माधव प्रसाद घिमिरे
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि । ॐ शान्ति ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper