banner
banner

परराष्ट्र नीतिमै प्रहार

रोशन कार्की -
असंलग्न परराष्ट्रनीतिमै प्रहार गरेर फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरियाली प्रायद्विपको शान्ति प्रक्रियाबारे छलफल भएको बताएका छन् । छलफलमा सहभागी हुनु नै राष्ट्रिय अपराध हो । नीति विपरित हो ।
मन्त्री ज्ञवाली भन्छन्– हामीले सुन्यौं, तपाईंहरुको प्रयास सफल होस् भन्यौंर्,ंं  हामीले उत्तरकोरियाका विषयमा बेग्लै छलफल गरेनौं । आफूले जति भनिएको हो त्यति मात्रै बुझ्न आग्रह गरे ।’ अमेरिकी नीति सफल होस् भन्नु नै अपराध होइन र ? यस्ता मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्नेमा प्रम ओली आफै स्पष्टीकरण दिदै हिडेका छन् । हाम्रा मन्त्रीले अमेरिकामा समकक्षी माइकल रिचार्ड पोम्पेओ, सहायक रक्षामन्त्री र्यान्डल स्क्रिभरसँग छलफल गरेका थिए ।
काँचा मान्छेले काँचो काम गर्छन् भनेको यही हो । राजधानीमा युनिभर्सल पिस फाउण्डेशनको समिट हुनु र प्रधानमन्त्री नै सामेल रहनुले एउटा विवाद उव्जाएको छ भने परराष्ट्रमन्त्री अमेरिका पुगेर इण्डो प्यासिफिक स्ट्राटेजिक अलाइन्समा नेपालको भूमिकामा दङ्ग परेर विदेशमन्त्री फर्कनुले यो सरकार नेपालको आन्तरिक र वाह्य दुबै नीतिमा फेल हुनपुगेको छ ।
अव त नेपालको राजनीतिमा स्थिरता आउला, अव त नेपाल प्रगतिपथमा लम्किएला भनेको कि त अपराधमा, कि तस्करीमा, कि हत्या, कि नीतिमै विचलित हुनथालेको छ ओली सरकार । जुन सरकारले नेपालको कतै संलग्न नहुने परराष्ट्रनीतिमै प्रहार गर्छ, त्यस्तो सरकारले के समृद्धि दिनसक्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper